मानवीय क्रुरताले नाङ्गिएको वन र बस्ती (फोटोफिचर)
काठमाडौं । प्रकृतिमाथि जति आक्रमण ग¥यो त्यति नै आक्रमण हामीलाई प्रकृतिले गर्छ । हामी जति प्रकृतिको दोहन गर्छौं, सजायस्वरुप प्राकृतिक विपद्का घटनाहरु बढ्दै जान्छन् । अर्थात् जब मानवता हराउँछ, तब प्रकृतिको स्वरुप पनि बदलिन्छ । प्राकृतिक श्रोतमाथिका दोहनले प्रकृति त कुरुप बन्छ नै साथमा हाम्रो समाज र समाजमा रहेका प्राणीहरुको पनि अस्तित्व सकिन्छ । किनभने प्रकृति नै नरहे मानिस र मानवताको अर्थ रहँदैन । मानिसले आफ्नो शारीरिक लाज छोप्न कपडा त लगाएका छन् तर प्रकृतिको अलौकिक गहना उतारेर प्रकृतिलाई नङ्गाइरहेका छन् । प्रकृतिमा रहेका मानिसले नै प्रकृतिलाई नष्ट गरिरहेका छन् । महादेव खोलामा युनाइटेड सिमेन्टले सञ्चालनमा ल्याएको खानी । चुरे, नदीनाला, वन, वातावरणको दोहनका कारण अहिलेको समाज रङ हराएको समाजमा परिणत भएको छ । देशका मुख्य शहरको त कुरै छोडौं गाउँका वन, जंगलहरु पनि उजाड छन् । प्राकृतिक श्रोतको दोहनका कारण नै देशले अहिले जलवायु परिवर्तनजन्य विपद्को सामना गरिरहेको छ । समग्रमा भन्दा प्राकृतिक श्रोतहरु मासिँदै छन् । काठमाडौं उपत्यकाको त कुरा नै गर्नु पर्दैन । हराभरा त छैन नै टाढा डाँडाकाँडा र वनजंगलहरुको समेत दोहन भइरहेको छ । ललितपुरको टिकाभैरव, नल्लु, देविचौर र लेले क्षेत्रलाई यसको नमूनाका रुपमा लिन सकिन्छ । यहाँस्थित वनजंगल भित्र पनि ढुंगा खानी र क्रसर उद्योगले वन फँडानी हुँदा उजाड छन् । यहाँबाट उभिएर हेर्दा डाँडापाखा पहिरोले बगाएझँै विरक्त देखिन्छन् । महादेव खोला । बस्ती बाढीले बगाएको बगरजस्तो छ । वर्षौं अघिदेखि चल्दै आएका ढुंगा खानी र क्रसर उद्योगले यहाँको यस्तो हालत भएको हो । नीजि जग्गामा सञ्चालित खानी र क्रसरले पछिल्लो समय सीमा मिचेर खोला र जंगल मासेका छन् । ढुंगा खानी निजी जग्गा छोडेर जंगल पसेपछि अवस्था विकराल बनेको छ । ललितपुरको देविचौर । खानीले खोतलेको पहाडमा पछिल्लो समय अनगिन्ती पहिरो जाँदा जंगल मासिएको छ । तरपनि स्थानीय सरकार भने मौन छ । सरकारको मौनताले नै बुझ्न सकिन्छ, कि देशका विभिन्न स्थानमा प्रकृतिमाथि कस्तो हस्तक्षेप भइरहेको होला ? सरकार, समाज र सरोकारवाला निकाय सबै मिलेर प्रकृतिको संरक्षण नगर्ने हो भने भावी दिनमा हराभरा भूमि बाँझो र कंक्रीट बन्ने अवस्था सिर्जना नहोला भन्न सकिँदैन । त्यसैले प्रकृति केवल मानव जातीको लागि बनेको हो भन्ने भ्रम छोडेर जगतका सबै प्राणीको लागि यसको संरक्षण गर्नेतर्फ लाग्नुपर्छ । नल्लु खोला । खानीका कारण धमिलो बनेको पानी । टिकाभैरव खोलामा सञ्चालनमा ल्याइएको क्रसरहरु । टिकाभैरवको खानी । टिकाभैरवमा सञ्चालित क्रसरले उढाएको धुलो र बस्ती ।
सशस्त्र प्रहरी महानिरीक्षकले यसरी निरीक्षण गरे अस्पताल (फोटोफिचर)
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालको असार १९ गते निरीक्षण गरेका छन् । उनले उक्त अस्पतालको निरीक्षण गर्दै त्यहाँको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका छन् । महानिरीक्षक अर्यालले सो अस्पताल निरीक्षण तथा अनुगमनको क्रममा अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुसँग अन्तरक्रिया गर्नुका साथै सो अस्पतालले प्रवाह गरिरहेको स्वास्थ्य उपचार सेवा, थप गर्नुपर्ने आवश्यक संरचना तथा श्रोत साधन र व्यवस्थापकीय लगायतका विविध पक्षबारे जानकारी लिएका हुन् । त्यसअवसरमा उनले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा सशस्त्र प्रहरी कर्मचारीहरुलाई सो अस्पतालबाट प्रवाह हुने उपचार सेवामा कुनै पनि कमिकमजोरी हुन नदिई संवेशनशील रहँदै उच्चस्तरीय सेवा प्रवाहमा क्रियाशिल रहन निर्देशन दिए । महानिरीक्षक अर्यालले त्यसअवसरमा ओपीडी, प्याथोलोजी, आईसीयू, अपरेशन कक्ष, बाल रोग विभाग, बिरामी वार्ड, फिजियोथेरापी, फार्मेसी तथा मेश लगायतको निरीक्षण र अनुगमन गरि जनरल वार्ड, आईसीयू, एचडीयू र भेन्टिलेटरमा रहेका बिरामीहरुको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिएका हुन् ।