गोधुली साँझमा मनमोहक काठमाडौं (फोटो फिचर)
काठमाडौं । भीडभाड, भागदौड अनि व्यस्त जिन्दगी, यो काठमाडौंको दिनचर्याको छोटो परिभाषा हो आरामका लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीका लागि दुर्लभ छ । जहिल्यै र जताततै कामै कामको चाप । त्यसैले होला एक शहरीयाले अर्कोलाई चिन्दैन र वास्ता गर्दैन । तर यही व्यस्त शहरमा समय निकाल्ने हो भने मस्त हुन सकिन्छ । साँझपख कौसीमा टहलिने मात्र हो भने पनि गोधुली साँझको भरपुर मज्जा टाढा गइरहनु पर्दैन । भरियाको दिनभरको थकान मेटाउने बेला, सबै पेशा व्यवसायीको विश्राम लिने बेला, बालबालिकाहरु खेल्दै र रमाउँदै गल्लीहरूमा हसिलो अनुहार देखिने बेला, मठमन्दिरमा आरती, पूजापाठ र दियोको उज्यालो र गोधुली साँझको मज्जा भरपुर लिन सकिन्छ । यो बेला केही समय निकालेर टहलिने हो भने छुट्टै आनन्द हुन्छ । जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रंगीन बन्छन् । नीलो आकाशमा रातो अनि पहेँलो रङ भरिन्छ । चराचुरुङ्गीका मधुर आवाज पनि कहीँकतै सुन्न सकिन्छ, सडक छेउका बस्तीबाहेक । हिजोआज सूर्यास्तसँगै राजधानीका गोधुली साँझ रंगीन देखिन्छन् । दिउँसोको उज्यालो त सबैले हेर्छन् तर साँझको गोधुली उज्यालोमा पनि काठमाडौं उपत्यका त्यत्तिकै सुन्दर र रोचक छ । तस्बिर स्रोत : न्युज एजेन्सी नेपाल ।
सलिको : विश्वासको सम्बन्ध, एकताको प्रतिक (फोटोफिचर)
सलिकोको सञ्चालक समितिलाई ‘मायाको चिनो’
व्यवसायीले घेरे राष्ट्र बैंक (फोटोफिचर)
काठमाडौं । उद्योगी तथा व्यवसायीहरुले सोमबार नेपाल राष्ट्र बैंक घेरेका छन् । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजबारे सम्बोधन नगरेको भन्दै उनीहरुले राषट्र बैंक घेरेका हुन् । उद्योगी व्यवसायीमाथि बैंकहरुले देखाइरहेका दादागिरी राष्ट्र बैंकले वास्ता नगरेको उनीहरुको आरोप छ । मौद्रिक नीति परिमार्जन गर्नुपर्ने, ब्याज दरमा स्थिरता कायम गर्नुपर्ने, चालु पुँजी निर्देशिका स्थगित गर्नुपर्ने जस्ता उनीहरुको माग छ ।