तस्वीरमा हिमालय शमशेर राणाको दाहसंस्कार (फोटोफिचर)
काठमाडौं । आइतबार बिहान मृत्यु भएका हिमालय शमशेर जवराको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर राणाको पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको हो । ९५ वर्षको उमेरमा निधन भएका उनको दाहसंस्कारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायत उच्च सरकारी अधिकारी उपस्थित भएका छन् । दाहसंस्कार अघि नेपाली सेनाको एक टुकुडीले उनलाई अन्तिम सलामी अर्पण गरेको थियो ।
जिम्मेवार निकायको बेवास्ताले बिग्रिएका सडक पूर्वाधार (फोटोफिचर)
ललितपुरको नःटोलमा बीच सडबाट बनाइएको साइकल लेन । ललितपुरको झम्सिखेललगायतका सडकमा यस्तै संरचना देख सकिन्छ । काठमाडौं । सडकमा ट्राफिक व्यवस्थापन हुन नसक्नु त काठमाडौं उपत्यकाका लागि आम कुरा नै भइसक्यो । सडकका खाल्डाखुल्डी त नागकिरले वास्तै गर्न छोडिसके, रहरले होइन, सरकारको अटेरीपनले । घरबाट बाहिर निस्किएर सवारीसाधन चढ्ने बित्तिकै कुनबेला कुन चोकमा जाम पर्ने हो पत्तै हुँदैन । त्यसैले पनि विद्यालय र क्याम्पस जाने विद्यार्थी र कार्यालय जाने कर्मचारीहरुले निर्धारित समयमै गन्तव्य स्थल पुग्न वास्तविक लाग्ने समय भन्दा आधा घण्टा अघि नै घरबाट निस्किनुपर्ने बाध्यता छ । काठमाडौं उपत्यकाको हालत त यस्तो छ भने अन्य शहरको अवस्था कस्तो होला, कल्पना गर्न योग्य हुँदैन नै । कोटेश्वर सडकमा निकालेर फ्याकेपछि ट्राफिक संकेत राखिएको पोल र सडक बत्ती निकालेपछिको पोल । यी सबैको पछाडिको मुख्य कारण सडकमा ट्रफिक पूर्वाधारको कमी र हेलचेक्र्याइँ नै हो । सडकैपिच्छे ट्राफिक पूर्वाधारहरुको अस्तव्यस्त स्वरुप प्रशस्तै देखिन्छन् र भेटिन्छन् । ट्राफिक पूर्वाधारहरुको अस्तव्यस्तताले दिनप्रतिदिन सडक दुर्घटना बढीरहेका छन् । ग्वोर्को फुटपाथमा फ्याकिएको डिभाडर । कतै सडकमा लाइट नै राखिएको छैन भने कतै सडक सुरक्षाका सामग्रीहरु जथाभावी फालिएको छ । नो पार्किङ लेखिएका बोर्डहरु सडकको कुनामा भाँचिएर फालिएको छ भने सडकको बीचमै अस्तव्यस्त रुपमा सडक सुरक्षासम्बन्धी सामग्रीहरु फालिएका हुन्छन् । सडक छेउको बारहरु भत्किएपछि मर्मतसम्भार नै वर्षौंसम्म हुँदैन । खरिबोट सडकमा दुर्घटनापछि भाँचिएको सडकको रेलिङ । ट्राफिक लाइट छ तर प्रयोगमा आएका छैन, वा बिग्रिएको ट्राफिक लाइट छ । यस्ता समस्या काठमाडौं उपत्यकाका अधिकांश सडकमा देख्न पाइन्छ । पूर्ण जोमिख मोलेर आम सर्वसाधारणहरु दिनहुँ यात्रा गरिरहेका हुन्छन् । तर सरकार भने यस्ता कुरामा बेखबर बनेको छ । ललितपुरका सिद्धिपुर सडकमा मन्दिर र कोरिएको ट्राफिक रेखा । फोटो :न्युज एजेन्सी नेपाल ।
काठमाडौंमा भिखारीहरुको कमाइ २४ हजार रुपैयाँसम्म (फोटोफिचर)
काठमाडौं । पछिल्लो समय काठमाडौंका विभिन्न सडकमा भिख माग्नेहरुको जमात नै भेटिन्छ । मानसिक तथा शारीरिक रूपमा अशक्त भई जीवन चलाउनका लागि भनेर विभिन्न सडकमा हात थापेर भिख माग्नेहरुको जमात नै भेटिन्छ । सडक किनार, पाटीपौवा तथा मन्दिर आसपास उनीहरूले मागेर गुजारा चलाउँछन् । मागेर भएपनि उनीहरुले दैनिक ६ सय रुपैयाँदेखि ८ सय रुपैयाँसम्म संकलन गर्ने गरेको बताएका छन् । उनीहरुले मासिक रुपमा २४ हजार रुपैयाँ कमाउने गरेको बताउँछन् । यसअघि काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा भिख माग्न रोक लगाएको थियो । गत असारमा महानगरले एक सूचना जारी गर्दै भिख माग्न रोक लगाएको थियो । महानगरले रोक लगाएपनि काठमाडौंमा मगन्तेहरु भने कम भएका छैनन् ।