पहिले जस्तो छैन व्यापार होलीको (तस्बिरहरु)
काठमाडौं । होली आउन केहि दिन मात्र बाकी रहदा बजारमा होलीको सामान किन्न आउने निकै न्युन छ । पहिले भिडभाड हुने स्थानमा अहिले सामान किन्न आउने निकै कम छ्न् । यस वर्ष टिसर्टको बिक्री कम भएको छ । त्यस्तै यस वर्ष रङको कारोबारसमेत कम भएको व्यवसायीहरु बताउँछन् ।
काठमाडौंमा सफा नदी, सपनामै सीमित (तस्विरहरू)
काठमाडौं । मानवको जीवन पानीमै भर परेको हुन्छ । विश्वमा मानव इतिहास पनि खोला नदिको किनारबाटै सुरु भएको पाइन्छ । जनसंख्या वृद्धि, औद्योकिकीकरण, सहरहरूको बस्ती विकासले पानी तथा जलस्तरहरुमा असर गरिरहेको छ । काठमाडौं उपत्यका भएर बग्ने सबै खोला, नदीहरु नभइ ढल, नाली जस्तो देखिन्छन । ब्राहै महिना कालो, पहेलो पानी बाहेक बगेको कहिल्यै देखिँदैन । उपत्यका भएर बग्ने मुख्य नदी बागमती, विष्णुमती, धोविखोला, टुकुचे लगायत मुहानबाट निस्केको केहि बेरमै सफा पानीबाट कालो ढल बनेर बग्ने गर्दछ । उपत्यका भएर बग्ने नदी सफा देखिएको कथामा मात्र सीमित रहने भयो । बागमती, बिष्णुमती, धोबी खोलामा मिसाइएको ढलको दीर्घकालीन व्यवस्थापन नहुँदासम्म पानी कालो हैन, सफा निलो बग्छ भनेर अब आउने पुस्तालाई कसरी बुझाउन सकिएला ? (सन्दर्भ विश्व पानी दिवस)