काठमाडौंमा सफा तरकारीको फोहोर बजार (फोटो फिचर)
काठमाडौं । सफा र राम्रो तरकारी खान मन कसलाई नलाग्ला ? त्यसैले हामी उपभोक्ता टाढैको भएपनि राम्रो र सफा स्थानमा गएर नै तरकारी किन्ने गर्दछौँ । तरकारी मात्रै होइन, अन्य सामग्री किन्नको लागि पनि हामी सफा र राम्रो ठाउँ रोज्दछौँ । काठमाडौं देशको संघीय राजधानी त हो तर व्यवस्थापन नहुँदा कुरुप बन्दै गएको छ । यसकै एउटा उदाहरण उपत्यकाका तरकारी बजारहरुलाई लिन सकिन्छ । काठमाडौं उपत्यकाका अधिकांश तरकारी बजारहरु अस्तव्यस्त छन् । फोहोरको व्यवस्थापन हुन नसक्दा पछिल्लो समय कुरुप बन्दै गएका छन् । फोहोरको उचित व्यवस्था नहुँदा तरकारी बजारमा दुर्गन्ध फैलिएको छ । जसका कारण बजार पुग्ने उपभोक्ताहरु मुख छोपेर तरकारी किन्नुपर्ने बाध्यतामा छन् । तरकारी बजारमात्रै होइन, उपत्यकाका तरकारी बजारमा जाने बाटो व्यवस्थित नहुँदा हिलाम्मे देखिन्छन् । हिउँद याममा त बन्न नसकेको बाटो अब वर्षा याममा पानीले भिजाएसँगै कस्तो होला, आफैँ कल्पना गरौँ । अव्यवस्थित तरकारी बजारलाई व्यवस्थित बनाउने बारेमा सरोकारवाला निकायहरु मौन देखिन्छन् । फोहोरका कारण फैलिनसक्ने महामारीलाई मध्यनजर गरी सरोकारवाला निकायहरुले स्वच्छ र सफा ठाउँ र खानेकुराको ग्यारेन्टी गर्न आवश्यक छ । नभए आगमी दिनमा यही दुर्गन्धका कारण अर्को महामारी नफैलेला भन्न सकिँदैन । तस्बिर स्रोत : न्यूज एजेन्सी नेपाल ।
पहिले जस्तो छैन व्यापार होलीको (तस्बिरहरु)
काठमाडौं । होली आउन केहि दिन मात्र बाकी रहदा बजारमा होलीको सामान किन्न आउने निकै न्युन छ । पहिले भिडभाड हुने स्थानमा अहिले सामान किन्न आउने निकै कम छ्न् । यस वर्ष टिसर्टको बिक्री कम भएको छ । त्यस्तै यस वर्ष रङको कारोबारसमेत कम भएको व्यवसायीहरु बताउँछन् ।
काठमाडौंमा सफा नदी, सपनामै सीमित (तस्विरहरू)
काठमाडौं । मानवको जीवन पानीमै भर परेको हुन्छ । विश्वमा मानव इतिहास पनि खोला नदिको किनारबाटै सुरु भएको पाइन्छ । जनसंख्या वृद्धि, औद्योकिकीकरण, सहरहरूको बस्ती विकासले पानी तथा जलस्तरहरुमा असर गरिरहेको छ । काठमाडौं उपत्यका भएर बग्ने सबै खोला, नदीहरु नभइ ढल, नाली जस्तो देखिन्छन । ब्राहै महिना कालो, पहेलो पानी बाहेक बगेको कहिल्यै देखिँदैन । उपत्यका भएर बग्ने मुख्य नदी बागमती, विष्णुमती, धोविखोला, टुकुचे लगायत मुहानबाट निस्केको केहि बेरमै सफा पानीबाट कालो ढल बनेर बग्ने गर्दछ । उपत्यका भएर बग्ने नदी सफा देखिएको कथामा मात्र सीमित रहने भयो । बागमती, बिष्णुमती, धोबी खोलामा मिसाइएको ढलको दीर्घकालीन व्यवस्थापन नहुँदासम्म पानी कालो हैन, सफा निलो बग्छ भनेर अब आउने पुस्तालाई कसरी बुझाउन सकिएला ? (सन्दर्भ विश्व पानी दिवस)