इजराइलमा स्वास्थ्यकर्मीमाथि गरिएको क्रूर दमनको विरोधमा नेपाली चिकित्सकले गरे प्रदर्शन (फोटो फिचर)

काठमाडौं । इजराइल सरकारले प्यालेस्टाइनमा गरेको मानबसंहार, मानवता विरुद्दको अपराध र युद्धको समय त्यहाँ कार्यरत स्वास्थ्यकर्मी माथि गरेको क्रूर दमनको विरोधमा नेपाली चिकित्सक र स्वास्थ्यकर्मीले‌ शान्तिपूर्ण प्रदर्शन गरेका छन् । शुक्रबार टिचिङ अस्पतालबाट मार्च पास गर्दै उनीहरुले इजरायल दूतावास अगाडि प्रदर्शन गरेका छन् । ‘हामी नेपाली चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी र अन्य विभिन्न स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै नेपाली तर्फबाट इजराइल सरकारले प्यालेस्टाइनका नागरिक माथि देखाएको कुर बर्बरताको घोर भर्त्सना गर्दछौँ ।’ उनीहरूले विज्ञप्तीमा मा उल्लेख गरेका छन् । अक्टोबर ७ देखि गाजामा सुरु भएको इजरायली कारवाहीमा ६८५ स्वास्थ्यकर्मीको मृत्यु भएको छ र हजारौं घाइते भएका छन् । इजरायलको युद्धको परिणाम स्वरूप, गत पाँच महिनामा ३१,००० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन्, जसमध्ये अधिकांश महिला र बालबालिका छन् ।        

सुरु भयो एसईई (फोटो फिचर)

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्यांकअनुसार यस वर्ष ५ लाख ४ हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् ।

रंगहरुसँग रमाउँदै मनाइयो होली (फोटो फिचर)

काठमाडौं । काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार फागुपूर्णिमा मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागुपूर्णिमा मनाइन्छ । फागुपूर्णिमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एकापसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मीठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ ।