सानिमा रिलायन्स लाइफको सञ्चालकमा ६ जना निर्वाचित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा ६ जना निर्वाचित भएका छन् । माघ ११ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६ जना निर्विरोध निर्वाचित भएका हुन् । संस्थापक समूहबाट प्रतिनिधित्व गर्नेमा रतनलाल केडिया, कुमारप्रसाद कोइराला, भरतकुमार तोली र डा. सुवर्णदास श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समूहतर्फबाट केशवराज के.सी. र परिक्षित खेम्का निर्वाचित भएका छन् । यससँगै माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले नवनिर्वाचित सञ्चालकहरुबाट रतन लाल केडियालाई अध्यक्ष पदमा नियुक्त गरेको छ । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसँग समक्ष शपथ ग्रहण समेत गरेका छन् ।

सानिमा रिलायन्स लाईफको अध्यक्षमा रतन लाल केडिया नियुक्त

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् । माघ ११ गते बसेको इन्स्योरेन्सको छैटौँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरु  रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्का मध्येबाट माघ १२ को सञ्चालक समिति बैठकले रतन लाल केडियालाई सञ्चालक समितिको अध्यक्षको रुपमा नियुक्त गरेको हो । आईतबार अध्यक्ष केडियाले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी अध्यक्षको पदभार ग्रहण गरेका छन् । साथै अन्य सञ्चालकहरुले सञ्चालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी सञ्चालकको पदभार ग्रहण गरे ।

अभियान लघुवित्तको सीईओमा लम्साल नियुक्त

काठमाडौं । अभियान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तेजेन्द्र शर्मा लम्साल नियुक्त भएका छन् । माघ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लम्साललाई सीईओ पदमा नियुक्त गरेको हो । उनले माघ १२ गतेदेखि लागू हुने गरी सीईओको कार्यभार सम्हाल्ने छन् । बैठकले उनलाई एक कार्यकाल अर्थात ४ वर्षको लागि सीईआको जिम्मेवारी दिएको हो ।