मेगा बैंकको स्वतन्त्र संचालकमा शिवादेवी काफ्ले पुनः नियुक्त
काठमाडौं । मेगा बैंक लिमिटेडको स्वतन्त्र संचालकमा शिवादेवी काफ्ले पुनः नियुक्त भएकी छिन् । हालै सम्पन्न बैंक सञ्चालक समितिको बैठकले काफ्लेलाई आगामी चार वर्षसम्मको लागि स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो । साथै, काफ्लेले गत पुस १२ गते आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरी पदवहाली गरिसकेकी छिन् । यसअघि बैंकले गत भदौ १० गते कम्पनीको स्वतन्त्र संचालकको पदमा काफ्लेलाई नियुक्त गरेको थियो । सो अवधिमा काफ्ले देश बाहिर रहेकाले निर्धारित समयावधि भित्र पद तथा गोपनियताको सपथ ग्रहण गर्न असमर्थ रहेकी थिइन् । सोही कारणले बैंकले गत पुस ४ गते कम्पनीको स्वतन्त्र संचालक पदमा काफ्लेलाई पुनः नियुक्त गरेको हो ।
नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सीईओमा राजनप्रसाद खनाल
काठमाडौं । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा राजनप्रसाद खनाल नियुक्त भएका छन् । संस्थाले पुस ९ गतेदेखि लागू हुने गरी खनाललाई डेभलपमेन्ट बैंकको सीईओ पदमा नियुक्त गरेको हो । डेभलपमेन्ट बैंक सञ्चालक समितिको बैठकले खनाललाई एक वर्षको लागि संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । साथै, नवनियुक्त सीईओ खनालले नियुक्त भएकै दिनदेखि पदभार ग्रहण गरेका थिए ।
कैलाश विकास बैंकको डेपुटी सीईओमा तारा मानन्धर, वित्तीय क्षेत्रमा १८ वर्षको अनुभव
काठमाडौं । कैलाश विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत( डेपुटी सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन् । बैंकले पुस ६ गते(आज)देखि लागु हुने गरी मानन्धरलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नवनियुक्त नायब सीईओ मानन्धरले नियुक्त भएदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका मानन्धर यसअघि मुक्तीनाथ विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । नेपाल बङ्गलादेश बैंकबाट बैंकिङ् करियर शुरु गरेका मानन्धरले विभिन्न वाणिज्य बैंकहरुमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । उनको वित्तीय क्षेत्रमा करिब १८ वर्षभन्दा बढीको कार्य अनुभव छ ।