विज्ञापन संघको प्रदेश संयोजकमा शोभा

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को गण्डकी प्रदेश संयोजकमा शोभा गौतम चयन भएकी छन् । विहीबार पोखरामा एक कार्यक्रमका बीच संघको कार्यसमितिको निर्णय अनुसार गौतमलाई सो पदमा नियुक्त गरिएको हो । संघका अध्यक्ष रविन्द्र कुमार रिजालले विज्ञापन संघ गण्डकी प्रदेश संयोजकको रूपमा घोषणा गरेका हुन् । विज्ञापनका नीति र नियमलाई विस्तृत कार्यान्वयनका निम्ति आनले प्रदेश संरचनालाई अगाडि बढाएको संघका अध्यक्ष रिजालले जानकारी दिए । नव नियुक्त प्रदेश संयोजक गौतम पोखरा स्थिति सफल एड्भटाइजिङ्गकी प्रवन्ध निर्देशक हुन् । उनी विगत ५ वर्षदेखि विज्ञापन, संचार र इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा कार्यरत छिन् ।  

महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रवक्तामा श्रेष्ठ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जीवन कुमार श्रेष्ठलाई प्रवक्तामा नियुक्त गरेको छ । महाशाखाले मंगलबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई प्रवक्तामा नियुक्त गरेको जनाएको हो । प्रवक्तामा नियुक्त भएसँगै श्रेष्ठले जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूलाई सम्प्रेषण गर्नका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।

एनबीआईको सीईओमा लम्साल नियुक्त, बैंकिङ क्षेत्रमा दुई दशक भन्दा लामो अनुभव

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्यूट(एनबीआई) लिमिटेडको प्रमूख कार्यकारी अधिकृतमा कुमार लम्साल नियुक्त भएका छन् । इन्टिच्यूटको सञ्चालक समितिले मंसिर ३० गतेदेखि लागु हुने गरी लम्साललाई एनबीआईको सीईओको पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ लम्साल बैंकिङ्ग क्षेत्रका चीरपरिचित व्यक्तित्व हुन् । उनले यसअघि सानिमा बैंक, प्रभु बैंक, जनता बैंक नेपाल लि. लगायतका बैंकको प्रमूख कार्यकारी अधिकृतको रुपमा कार्य गरी दुई दशक भन्दा लामो बैंकिङ्ग अनुभव प्राप्त गरेका छन् । पछिल्लो समय जनता बैंक नेपालको सीईओ कार्यकाल पश्चात उनले बैंकिङ्ग क्षेत्रमा विशेषगरी क्रेडिट विषयको प्रशिक्षकको रुपमा योगदान पुर्याउँदै आएका थिए । नवनियुक्त सीईओको नियुक्तीसँगै ईन्स्टिच्यूटले बैंकिङ्ग जगतको मानव संशाधनको क्षमता विकासमा टेवा पुर्याउने किसिमका बस्तु तथा सेवाको विविधीकरण मार्फत अझ बढी योगदान पुर्याउन सफल हुने अपेक्षा गरीएको छ ।