इनासको शाखा नेपालमा पनि विस्तार, अध्यक्षमा दयाराम पाण्डे नियुक्त
काठमाडाैं ।अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै इनासले नेपालमा पनि शाखा विस्तार गरेको हो । नेपाली संस्कृतिलाई विश्वभर चिनाउने उदेश्यका साथ स्थापित यो संस्था गैर नाफामुलक भएको जनाइएको छ । सन् २०१२ अगस्ट २६ मा पोल्याण्डको राजधानीबाट शुरु भएको इनासले हाल विश्वका ७३ वटा देशमा शाखाम विस्तार गरि सकेको छ । नेपालमा नयाँ शाखाको विस्तार सँगै गठन भएको कार्य समितिमा दयाराम पाण्डे संयोजकमा नियुक्त भएका छन् । संस्थाको वरिष्ठ संयोजकमा शुसिल पोखरेल,, प्रथम सह–संयोजक सुदीप कुमार रेग्मी, द्धितिय सह–संयोजक देव कुमार श्रेष्ठ, सदस्य सचिव गोपाल ढकाल, (छन्दे) र कोषाध्यक्ष्यमा कृपा भक्त महर्जन चयन भएका छन् । कार्यसमितिको सदस्यमा दिपीका प्रसाई, सलोन बस्नेत, सिन्धु मल्ल, श्री देव भट्टराई, कविराज गहतराज, उद्धव प्रसाद भट्टराई, भुमिका शाह, शैलेस डंगोल चयन भएका छन् । यस्तै, कृपा के.सी., सुदीप बराल, माधवराज खरेल, किशोर चिपाल, रामेश्वर बुर्लाकोटी, विजय अगवाज, एनराज शिवाकोटी, प्रमोद खरेल, मिरा दाहाल, अर्जुन खरेल, शंकर पाण्डे, प्रविधा अधिकारी, पुष्पा खनाल, रुपेन कोइराला, कल्पना श्रेष्ठ पनि सदस्यमा चयन भएका छन् ।
पर्यटन बोर्डका सीईओ रेग्मीले गरे पदबहाली
काठमाडौं । नेपाल पर्यटन बोर्डको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीले पदबहाली गरेका छन् । बोर्ड सचिवालयमा विहीबार सिईओ रेग्मीले जिम्मेवारी सम्हालेका हुन् । पदबहालीसँगै रेग्मीले बोर्डलाई चुस्त र प्रभावकारी बनाएर परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले निजी क्षेत्रको साझेदारितालाई अझ फराकिलो बनाएर पर्यटन प्रवद्र्धनका कामलाई गति दिने उल्लेख गरे । बोर्डको कार्यकारिणी समितिको यही माघ १४ गते बसेको बैठकले रेग्मीलाई सो पदमा नियुक्त गरेको थियो । सीईओको कार्यकाल चार वर्ष हुनेछ । जलवायु परिवर्तनमा विद्यावारिधि गरेका रेग्मी हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्राध्यापक र नेपाल भूगोल समाजका अध्यक्ष छन् । उनी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष पनि हुन् ।
कान्तिपुर टेलिभिजनको स्टेशन म्यानेजरमा दिनेश डिसी नियुक्त
काठमाडौं । रेडियो कान्तिपुरको स्टेशन म्यानेजरमा संचारकर्मी दिनेश डिसी नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुप व्यवस्थापनले माघ १४ गते देखि लागु हुने गरी डिसीलाई उक्त पदमा नियुक्त गरेको हो । भुषण दाहाललाई स्टेप डाऊन गरेपछि डिसीको लागि स्थान खाली भएको थियो । स्थापना कालदेखि नै रेडियो कान्तिपुरमा आबद्ध डिसी ‘आवाजको दुनियाको साथी’ नामले चर्चित छन् । पछिल्लो समय उनले रेडियोमा ‘घुम्ने मेच’ कार्यक्रम सञ्चालन गर्दै आएका छन् । कलाकार, लेखक,निर्माता, निर्देशक डिसी बहुमुखी प्रतिभाको धनी हुन् । केही वर्ष चलचित्र निर्देशन र टेलिभिजनमा सक्रिय डिसी विगत अढाई वर्षदेखि रेडियो कान्तिपुरमा कार्यरत थिए । उनी चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष तथा नेपाल चलचित्र कलाकार संघका सल्लाहाकार समेत छन् । कान्तिपुरलाई पहिलो स्थानमा कायमै राख्ने चुनौती बढेको भन्दै स्टेसन म्यानेजर डिसीले मानवीय संवेदना छुने खालका कार्यक्रमलाई पहिलो प्राथमिकता दिने बताए । रेडियोको दुनियाँमा कान्तिपुरलाई पहिलो स्थानमा अडाइराखेका डिसीले दर्शकको चाहना र प्रविधिको गुणस्तरमा सम्झौता नगर्ने डिसीको भनाई छ ।