युवराजका रेकर्ड नै रेकर्ड: कुन राम्रा, कुन नराम्रा ?

काठमाडौं । अर्थमन्त्रीमा दोस्रो पटक पदवहाली गर्दै गर्दा डा. युवराज खतिवडाको नाममा रेकर्ड नै रेकर्ड कायम भएको छ । जिन्दगीभर राजनीति नगरेका खतिवडा सरकारी सेवाबाट अवकास पाएदेखि रोजीछानी राजनीतिक लाभको पद पाउने भाग्यमानी थोरै नेपालीभित्र पर्छन् । डा. खतिवडा २ पटक अर्थमन्त्री भएपनि दुबै पटक सांसद छैनन् । पहिलो पटक मन्त्री बन्दा पनि उनी सांसद थिएनन् । मन्त्री भएको एक सातापछि मात्रै उनी राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए । सांसद नभई २ पटक मन्त्री बन्ने रेकर्ड डा. खतिवडाको नाममा रहेको छ । यस्तै, डा. खतिवडा २० फागुनमा पनि मन्त्रालय गएर काम गरे । र, अपरान्ह पदबाट राजीनामा गरे । उनले राजीनामा गरेको २४ घण्टा पनि नवित्दै मन्त्री पदमा पुनः नियुक्ति पाए । पदबाट राजीनामा गरेर पुनः मन्त्री बन्दा एक दिन पनि मन्त्रालय गयल हुनुनपरेको रेकर्ड पनि डा. खतिवडाको नाममा रह्यो । डा. खतिवडाले २१ फागुन अपरान्ह मन्त्री पदको सपथ सकेर मन्त्रालय पुगी कार्यभार सम्हाले । प्रधानमन्त्रीले आफ्नो उपचारको लागि आईसीयुमा छिर्नुअघि कसैलाई मन्त्रीमा सिफारिस गरेको व्यक्तिका रुपमा पनि डा. खतिवडाकै नाममा रेकर्ड रह्यो । डा. खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गाैला पुनः प्रत्यारोपणका लागि अस्पतालको आईसीयु कक्षमा प्रवेश गर्नु ठीक अघि मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरे । प्रधानमन्त्रीले आफ्नो उपचारको लागि आईसीयुमा छिर्नुअघि कसैलाई मन्त्रीमा सिफारिस गरेको व्यक्तिका रुपमा पनि डा. खतिवडाकै नाममा रेकर्ड रह्यो । सत्तारुढ नेकपाको सचिवालयका अधिकांश निर्णयहरु सहमतिका आधारमा हुने गरेका छन् । तर, नेकपाको इतिहासमै पहिलो पटक डा. खतिवडाकै कारण तीब्र तनाब उत्पन्न भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रियसभा सदस्यमा डा. खतिवडालाई नै पठाउँन चाहन्छन् । तर, सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा पठाउने निर्णय गरेको छ । सचिवालयको यो निर्णयप्रति प्रधानमन्त्री ओलीको असहमति रहेको बताइन्छ । पार्टी सचिवालयको सर्वसम्मत निर्णय पार्टी अध्यक्षले नै मान्दिन भन्ने परिस्थितिको सिर्जना डा. खतिवडाकै कारण उत्पन्न भयो । आफ्नो पद लामो समय जोगिने आशमा पहिला पाएकोभन्दा तल्लो दर्जाको पदमा जागिर खान जाने रेकर्ड पनि डा. खतिवडाकै नाममा छ । डा. खतिवडा राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष र नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर पनि हुन् । आयोगको उपाध्यक्ष पद नेपाल राष्ट्र बैंकको गभर्नरभन्दा माथिको हो । राष्ट्र बैंकको गभर्नर भएपछि ५ वर्षसम्म सो पदबाट हटाउन गाह्रो हुन्छ भने आयोगको उपाध्यक्ष पद सरकार परिवर्तन हुने वित्तिकै जान्छ । आफ्नो पद लामो समय जोगिने आशमा पहिला पाएकोभन्दा तल्लो दर्जाको पदमा जागिर खान जाने रेकर्ड पनि डा. खतिवडाकै नाममा छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पद सम्हालिसकेका व्यक्ति अर्थमन्त्री भएका अरु उदाहरण पनि छन् । तर, आयोग उपाध्यक्ष, नेपाल राष्ट्र बैंकको गभर्नर र अर्थमन्त्री एउटै व्यक्ति बनेका उदाहरण सायदै छन् । तर, डा. खतिवडाले यी तीनवटै महत्वपूर्ण पद प्राप्त गरिसकेका छन् । डा. खतिवडा अर्थमन्त्री बन्ने वित्तिकै अर्थतन्त्रको बारेमा श्वेतपत्र जारी गरे । सो श्वेतपत्रमा देशको ढुकुटी करिब रित्तो रहेको उल्लेख गरे । डा. खतिवडाले संसदमा पेश गरेको सो श्वेतपत्र आजसम्म पनि विवादित छ । सरकारले जारी गरेको श्वेतपत्र सबैभन्दा धेरै विवादमा परेको सम्भवतः डा. खतिवडाले तयार पारेको श्वेतपत्र नै हो । अर्थमन्त्रीको पद जान लाग्यो भन्ने समाचार सार्वजनिक हुँदा पुँजी बजार मापक एकै दिन ५ प्रतिशतले बढ्ने र कारोबार रकम ७ गुणाले बढ्ने गरेको रेकर्ड पनि डा. खतिवडाकै पालामा देखियो । डा. खतिवडाको सकिन लागेको राष्ट्रियसभा सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने नेकपाको निर्णयपछि सेयर बजारमा दैनिक औसत ३ अर्बभन्दा माथिको सेयर कारोबार हुन थाल्यो । सोभन्दा अघि दैनिक औसत ५० करोड रुपैयाँको हाराहारीमा कारोबार हुने गरेको थियो । सो निर्णय भएको समाचार आएकै दिन सेयर बजार परिसूचक नेप्से करिब ५ प्रतिशतले बढ्यो । अर्थमन्त्रीको पद जान लाग्यो भन्ने समाचार सार्वजनिक हुँदा पुँजी बजार मापक एकै दिन ५ प्रतिशतले बढ्ने र कारोबार रकम ७ गुणाले बढ्ने गरेको रेकर्ड पनि डा. खतिवडाकै पालामा देखियो । उनी मन्त्रीमा पुनः नियुक्त भएको दिन भने सेयर बजार ६८ अंकले घटेको छ ।

कोरोना भाइरसको असरले आपूर्ति प्रणाली बिग्रन सक्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनो भाइरसका कारण नेपाली अर्थतन्त्रमा पनि असर पर्ने बताएका छन् । अर्थमन्त्रीको रुपमा पुनः पदबहाली गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् । नेपालको अर्थव्यवस्था आयातमुखी छ, विश्वभर फैलिएको कोरोना भाइरसको कारण आपूर्ति प्रणालीमा असर पर्न सक्छ, हामी त्यतातिर सचेत हुनुपर्छ,’ मन्त्री खतिवडाले भने । कोरोना भाइरसको असर नेपाली अर्थतन्त्रमा पनि पर्ने भन्दै मन्त्री खतिवडाले त्यसको कति असर पर्छ भनेर अहिले नै यकिन गर्न नसकिने पनि बताए । पछिल्लो समय विश्व अर्थतन्त्रमा नै नयाँ नयाँ प्रकारका चुनौति थपिदै गएको मन्त्री खतिवडाको भनाइ छ । डा. खतिवडाको सांसद पद सकिएको दिन उनले राजीनामा दिएका थिए भने राजीनामा दिएको भोलिपल्ट नै उनलाई मन्त्रीमा नियुक्त गरिएको थियो । मंगलबार (२० फागुन) मन्त्रालयमा गएर काम गरेका मन्त्री खतिवडाले अपरान्ह मन्त्रीपदबाट राजीनामा दिएका थिए । उनले राजीनामा गरेको भोलिपल्ट (२१ फागुन) नै प्रधानमन्त्रीको सिफारिसमा भन्दै उनलाई मन्त्री बनाइएको छ । प्रधानमन्त्री ओली मिर्गाैला पुनः प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका छन् । बुधबार विहान प्रधानमन्त्रीले गरेको सिफारिसका आधारमा खतिवडालाई मन्त्री बनाइएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । सो दिन विहान करिब ९ बजेतिर प्रधानमन्त्री मिर्गाैला प्रत्यारोपणका लागि अस्पतालको आईसीयू लगिएको थियो । प्रधानमन्त्रीलाई आइसीयू लगिनु अघि डा. खतिवडालाई मन्त्री पदमा सिफारिस गरिएको हो । डा. खतिवडा पहिलो पटक मन्त्रीमा नियुक्त हुँदा पनि सांसद थिएनन् । उनी २ वर्ष अघि १४ फागुनमा अर्थमन्त्रीमा नियुक्त भएका थिए । उनी नियुक्त भएपछि २१ फागुनमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा सांसदमा मनोनित भएका थिए । उनको सांसद पदको कार्याकाल २० फागुनमा सकिएको छ । दोस्रो पटक अर्थमन्त्रीमा नियुक्त हुँदा पनि डा. खतिवडा सांसद बन्ने सौभाग्यबाट भने बन्चित छन् । सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संविधानको व्यवस्था अनुसार डा. खतिवडाले २ पटक यस्तो सुविधा पाएका छन् ।

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला, आजै लिए सपथ ग्रहण

काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक निरौलालाई बुधबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा नियुक्त गरेको हो । नियुक्त भएकै दिन उनले नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा गर्भनर डा. चिरिञ्जीवी नेपालबाट कृषि विकास बैंकको अध्यक्षको पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई फागुन २१ गते बिहान बैंकको सञ्चालक समितिमा नियुक्त गरिएको थियो । त्यसपछि बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष निरौलाले नेपाल राष्ट्र बैंकमा लामो समयसम्म सेवामा रहि कार्यकारी निर्देशक पदबाट अवकास प्राप्त गरेका थिए । साथै, यसअघि विभिन्न बैंक तथा वित्तीय संस्थाको उच्चतहमा रही काम गरेका उनीसँग बैंकिङ्ग क्षेत्रको लामो अनुभव रहेको छ । पद तथा गोपनियताको सपथ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी शर्मा र शिवराज श्रेष्ठ, बैंक नियमन विभागका निर्देशक मिना पाण्डे र कृषि विकास बैंकका संचालक समिति सदस्यहरु संजिव पौडेल, हरिप्रसाद पराजुली, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिती थियो ।