एभरेष्ट र अल्काबीच नगद रहित सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र अल्का हस्पिटलबीच नगद रहित स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अल्का हस्पिटलका कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा र एभरेष्ट इन्स्योरेन्सका सहायक महाप्रबन्धक मनोजसिंह भण्डारीले हस्ताक्षर गरे । सम्झौता अन्तर्गत एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट एभरेष्ट हेल्थ केयर स्वास्थ्य बीमालेख लिएका ग्राहकहरुले अल्का हस्पिटलमा भर्ना भई उपचार गराउँदा उक्त हस्पिटलबाट नगद रहित उपचार सेवा उपयोग गर्न पाउने छन् र उपचार पूर्व नगद जुटाउने झन्झटबाट मुक्त हुने छन् ।

एनसीसी बैंक र ब्लु क्रस अस्पतालबीच शुल्क सहुलियत सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ब्लु क्रस अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ब्लु क्रस अस्पताल तर्फवाट कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार, नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरmले ब्लु क्रस अस्पतालका सेवाहरूमा विशेष छुट पाउनेछन् । बैंकका ग्राहकले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

२४ दिनपछि डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । प्रा. डा. गोविन्द केसीले २४ दिन लामो आमरण अनसन तोडेका छन् । उनले चिकित्सा शिक्षा विधेयक सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धता गर्दै अनसन तोडेका हुन् । केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर शुक्रबारबाट अनसन तोडेका हुन् । सरकारले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् । साथै, प्रतिनिधिसभा र राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरिसकेकाले अनसन बस्नुको कुनै औचित्य नरहेको केसीले बताए ।