कोरोना अपडेट: विश्वभर ५ लाख ३६ हजारभन्दा बढीको मृत्यु
काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ५ लाख ३६ हजार ४ सय ३६ जनाको मृत्यु भइसकेको छ । नेपाली समयअनुसार सोमबार विहान साढे ६ बजेसम्म संसारभरीका १ करोड १५ लाख ४९ हजार ३ सय ४२ जना मानिसमा कोरोना पुष्टि भएको छ । कोरोनाको उपचार पछि ६५ लाख २७ हजारभन्दा बढी मानिस निको भएका छन् । सबैभन्दा बढी अमेरिकामा २९ लाख ८१ हजार ७ सयभन्दा बढी कोरोना संक्रमित छन् । अमेरिकामा १ लाख ३२ हजार ५ सयभन्दा बढीको कोरोनाकै कारण मृत्यु भइसकेको छ । उपचारपछि १२ लाख ८५ हजारभन्दा बढी निको भइ घर फर्किएका छन् । उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ६ लाख ९७ हजार ८ सय ३६ जना संक्रमित पुगेका छन् । १९ हजार ७ सय जनाको मृत्यु भइसकेको छ भने ४ लाख २४ हजार उपचार पछि निको भएका छन् । त्यस्तै नेपालमा हालसम्म १५ हजार ७ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३४ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ६ हजार ५ सय ४७ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)
काठमाडाैं उपत्यकामा थपिए ३० जना कोरोना संक्रमित
काठमाडाैं । आईतबार काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जना संक्रमित रहेकाे गाैतमले बताए । हालसम्म उपत्यकाका काठमाडौंमा १३० जना, ललितपुरमा १९ र भक्तपुरमा २९ जना संक्रमित देखिएका छन्। पछिल्लो २४ घण्टामा देशभर २९३ जना संक्रमित थपिएका छन्। यो संगै कूल संक्रमितको संख्या १५ हजार७ सय ८४ पुगेको छ।
आइतबार थप २ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७ सय ८४
काठमाडौं । आइतवार थप २ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप २ सय ९३ जना कोरोना संक्रमित भेटिएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १५ हजार ७ सय ८४ पुगेकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । हाल ९ हजार २ सय ३ जना आइसोलेसनमा उपचाररत छन् । हालसम्म उपचार पछि निकाे हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ ।