क्यान्सर राेगी, ईमर्जेन्सीका बिरामी तथा स्वास्थ्यकर्मीकाे काेराेना परीक्षण हुने

काठमाडाैं । सरकाराले सबै क्यान्सर राेगी, ईमर्जेन्सीका बिरामी तथा स्वास्थ्यकर्मीकाे काेराेना परीक्षण गर्ने भएकाे छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालका प्रवक्ता जागेश्वर गौतमले सबै क्यान्सर, मधुमेहका बिरामी, ईमर्जेन्सीका बिरामी तथा स्वास्थ्यकर्मीकाे काेराेना परीक्षण गर्ने तयारी भएकाे बताएका हुन् । शुक्रबार मन्त्रालकाे प्रेस ब्रिफिङ गाैतमले यस्ताे बताएका हुन् । यसका साथै सरकारले संक्रमितहरुलाई राख्न थप सरकारी, सामुदायिक र निजि अस्पतालहरु थप्ने तयारी भईरहेकाे जानकारी दिए ।

कोरोनाको कारण काठमाडौंमा पनि एक जनाको मृत्यु

काठमाडाै‌ं । काेरोनाको कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ८५ वर्षीय वृद्धको मृत्यु भएको पुष्टि गरेका हुन् । काठमाडौंमा कोराेनाको कारण मृत्यु भएको यो पहिलो केस हो । उनी काठमाडौंको बानेश्वरका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो । उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

नेपालमा थप ७ सय ४० जनामा कोरोना पुष्टि, अहिलेसम्मकै उच्च

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ७ सय ४० जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १५ हजार २ सय ५९ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ६१ सय ४३ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३२ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ४२ हजार २ सय ४७ काे पिसिआर विधि र ३ लाख ६ सय २९ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ३५ हजार ४ सय ७२ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार ८४ जना आईसाेलेसनमा रहेका छन् ।