४५ हजारकाे स्वाब संकलन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४५ हजारकाे नमुना संकलन सुरु गरेकाे छ । ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सरकारले असार २५ गतेदेखि  ४५ हजार जनाकाे नमुना संकलन सुरु गरिसकेकाे बताएका छन् । उक्त ४५ हजार नमुनामा पाँच हजार उपत्यकाबाट लिईने उनले बताए । विशेष गरेर बै‌ंक, तरकारी-फलफुल बजार, कर कार्यलय, स्वास्थ्यकर्मी, फिभर किल्निकमा काम गर्नहरुकाे नमुना संकलन गरिने पाण्डेले बताए ।  

काठमाडाैं उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित

काठमाडाैं ।  काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ५ जना र ललितपुरका १ जना रहेकाे गाैतमले बताए । आईतबार नेपालमा ८२ जना काेराेना संक्रमित थपिएका छन् भने १ सय ४७ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १६ हजार ८ सय १ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ८ हजार ५ सय ८९ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३८ जको मृत्यु भइसकेकाे छ ।

नेपालमा थप ८२ जनामा कोरोना पुष्टि

काठमाडौं । आईतबार पछिल्लो २४ घण्टा यता थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ८२ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १६ हजार ८ सय १ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ८ हजार ५ सय ८९ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३८ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ८३ हजार ५ सय १५ काे पिसिआर विधि र ३ लाख १२ हजार ४ सय २ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । हाल देशभर २३ हजार ७ सय ८४ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार १ सय ७४ जना आईसाेलेसनमा रहेका छन् ।