नेपालमा थप ३ सय ६० जनामा कोरोना पुष्टि, २३३ जना निकाे भए
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ३ सय ६० जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २१ हजार ७ सय ५० जना पुगेकाे छ । हाल क्वारेन्टिनमा ९ हजार ४ सय ७० जना रहेका छन् भने आजसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १५ हजार ३ सय ९९ पुगेको छ । बिहिबार थप ५ जनाकाे मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।
प्रचण्डकाे सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीलाई काेराेना देखियाे
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षामा खटिएका ६ जना प्रहरीलाई कोरोना भाइरस देखिएकाे छ । प्रचण्ड प्रचण्ड सचिवालय स्रोतका अनुसार उनीहरु गेटमा खटिने जवान हुन् । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरीलाई काेराेना देखिएको हो ।
नेपालमै पहिलोपटक प्लाज्मा थेरापीबाट उपचार भएका पुरुष निकाे भएर डिस्चार्ज हुँदै
काठमाडाैं । नेपालमै पहिलाेपल्ट प्लाजमा थेरापीबाट उपचार भएका पुरुष निकाे भएका छन् । विराटनगर निवासी ६० वर्षिय ति पुरुष निकाे भई आज डिस्चार्ज हुन लागेका हुन् । धापासी स्थित ग्रान्डी ईन्टरनेसनल अस्पतालमा उपचार गराईरहेकाे उनलाई आज डिस्चार्ज गर्न लागिएकाे अस्पतालले जनाएकाे छ । निमोनिया र श्वासप्रश्वासको समस्या भएका उनी साउन १० गते टिचिङ अस्पतालमा भर्ना भएका थिए । उनकाे उपचार त्यहीँ भएकाे थियाे भने ३ दिनअघि मात्र उनलाई ग्रान्डी रिफर गरिएकाे अस्पतालका काेभिड व्यवस्थापन समितीकाे संयाेजक डा. सन्तकुमार दासले बताए । प्लाज्मा थेरापी कुनै पनि रोगविरुद्धको प्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीलाई रोगविरुद्ध लड्न सक्ने बनाउने विधि हो ।