एफएनसीसीआईका पूर्व अध्यक्ष कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा, भन्छन्ः ठूलो गल्ती गरेँ
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका कोरोना भाइरसको कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । आफ्नो व्यक्तिगत कारणले विराटनगर पुगेका उनी कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै आफु कोरोना भाइरसको कन्ट्याक्ट ट्रेसिङमा परेकाे जानकारी दिएका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘गल्ती गरेँ, ठूलो पाठ सिकेँ, अत्यन्त जरुरी कामले पूरै सर्तक र सुरक्षित भएर विराटनगर गएको कन्ट्याक्ट ट्रेसिङमा परियो । तुरुन्त सबै सम्पर्कमा आएकालाई खबर गरी टेष्ट गराएँ, नतिजा नेगेटिभ आयो । स्वास्थ्यभन्दा जरुरी केही छैन र अरुको जिम्मेवारी पनि आफुसँगै छ भन्ने सिकेँ । सर्तक रहौं, सुरक्षित रहौं ।’
सभापति देउवाले प्रधानमन्त्री ओलीलाई दिए यी ७ सुझाव
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७ सुझाव दिएका छन् । उनले कोरोना नियन्त्रणका क्रममा हालसम्म भएका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्दै ७ सुझाव दिएका हुन् । यी हुन् ७ सुझाव १. हालसम्मका कमजोरी र प्रगतिको गहिरो समिक्षा गरियोस् । स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कार्वाही गरियोस् । २. नेपाली कांग्रेसले विगत देखिनै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न बिषय सम्बोधन गरेर युद्धस्तरमा कार्य गर्न बिशेष ध्यानाकर्षण गराउंदछु—— – आरडीटी परिक्षण स्थायी रुपले अन्त्य । – सम्पूर्ण रुपले पीसिआर परिक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परिक्षण तत्काल प्रारम्भ गर्ने गरि आवश्यक बन्दोबस्त । – स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध । अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता । आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध । – मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र ब्यवस्थापन । – विदेशमा अप्ठ््यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरि क्वारेन्टाइन र परिक्षण पश्चात् घर पु¥याउने ब्यवस्था । – नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सिमा नाका सिल । – सुरक्षाका लागि मास्क लगाउने अनिवार्यता संगै चेतनामूलक अभियानमा आम संचारका माध्यमको व्यापक प्रयोग । ३. परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न बिज्ञहरुसंग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस् । ४. विभिन्न दल, संघसंस्था र आम संचार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस् । ५. उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस् । ६. विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस् । ७. बर्ग, क्षेत्र र परिस्थिति हेरि राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन ब्यवस्थित ढंगले गरियोस् ।
दुई साता लकडाउन गर्नुपर्ने विज्ञहरुकाे सुझाव, प्रधानमन्त्रीले जनाए सहमति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले दुई साता लकडाउन गर्न सुझाव दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कम्तिमा २ साता लकडाउन गर्न सुझाव दिएका हुन् । स्राेतका अनुसार विज्ञहरुले ओलीलाई दुई हप्ता लकडाउन गर्न सुझाएका हुन् । यही तरिकाले अघि बढे झन ठूलाे जाेखिम हुने भन्दै उनीहरुले लकडाउन गर्न बाहेकाे विकल्प नभएकाे बताएका हुन् । स्राेतका अनुसार विज्ञहरुकाे याे सुझावमा ओली सहमत भएका छन् । ओलीले काेराेनाकाे जाेखिम झन बढ्दै गएकाेले सबैले मिलेर यसकाे न्यूनिकरण गर्नु पर्ने बताएका छन् । उनले विज्ञहरुकाे सुझावलाई सकारात्मक रुपमा लिएकाे स्राेतकाे भनाई छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमितको पहिचान गर्न प्रत्येक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्न सरकारलाई आग्रह गरेका छन् । यस्तै बैठकमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सरकारलाई ७ बुँदे सुझाव दिँदै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्ने बन्दोबस्त मिलाउन सुझाव दिएका छन् । उनले कोरोना संक्रमितको उपचारमा सहयोग गर्ने रेमडिसिभर औषधिको आयातमा तदारुकता देखाउन, आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध गर्न पनि सरकारलाई सुझाव दिएका छन् । पछिल्लो समय कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् । काठमाडौं उपत्यकामा पनि झन बढी जोखिम बढ्दै गएको छ । विभिन्न तह तप्काबाट पनि सरकारले फेरि लकडाउन गर्नु पर्ने आवाज उठिरहको छ । आज मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणहरुर्लाइ अनावश्यक रुपमा बाहिर हिडडुल नगर्न आग्रह गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गरी अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, भिडभाड नगर्न आग्रह गरेकाे हाे । यसका साथै संक्रमितहरुकाे सम्पर्कमा गएकाहरुले नजिककाे स्वाव संकलन केन्द्रमा गएर स्वाव संकलन गराउन पनि मन्त्रालयले अनुराेध गरेकाे छ । यसरी दैनिक जाेखिम बढ्दै गएकाेले सरकारले पुन: लकडाउन गर्ने हाेकि भन्ने अनुमान पनि धेरैकाे छ ।