काेराेनाका कारण गण्डकी प्रदेशमा हालसम्म ५० को मृत्यु
गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४९९ जना निको भएका छन् । गण्डकी प्रदेश स्स्वास्थ्य निर्देशनालयका आइतबारको विवरणमा थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार ७८६ पुगेको निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा हालसम्म कुल ८१ हजार ५१५ जनाको नमूना परीक्षण गरिएको छ ।
कोभिडसँग लडने क्षमता विकासका लागि कस्तो खाने ? यस्ताे छ विज्ञहरुको सुझाव
काठमाडाैं । कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रोगसँग लडने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरुले बताएका छन् । त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनुपर्नेमा उनीहरुले जोड दएका छन् । आयुर्वेदिक चिकित्सक डा. ऋषिराम कोइरालाले खाने कुराहरुमा विशेष ध्यान दिनुपर्ने बताए । उनका अनुसार तेलमा तारेर बनाइएको परिकारहरु कम खानुपर्ने छ । बजारमा पाइने चिल्लो, सुकिलो र सफा देखिने खाद्य वस्तुहरुमा बढी विशाक्त प्रयोग भएको हुन सक्ने भएकाले त्यस्ता वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्न समेत उनले सुझाव दिएका छन् । त्यस्तै, बोइलर कुखुराको मासु धेरै नखान समेत उनले आग्रह गरेका छन् । बोइलर कुखुरामा धेरै एन्टीबायोटिक प्रयोग भएको र जेनेटिक मोडिफाइड समेत भएकाले बोइलर कुखुराको मासुको कम प्रयोग गर्नुपर्ने उनको भनाई छ । त्यस्तै खसीबोकाको उपभोग पनि कम गर्न उनको सुझाव छ । कोकाकोला, फेन्टा लगायतका पेय पदार्थको समेत कम प्रयोग गर्न उनले आग्रह गरे । दिनको एकदुई वटा कागतीको सेवन गर्ने, पुदिना, भाङ, तिल लगायतका बस्तु बाट बनाइएको अचार तथा चटनी खाने बानिले रोगब्याधि कम गराउने उनले बताए । त्यस्तै धेरैप्रकारका मल प्रयोग भएका सागसब्जी, तरकारीहरुको प्रयोग नगर्न समेत उनले सुझाव दिएका छन् । सादा खाना खान र सरिरभित्र कुनैपनि प्रकारको भार नपर्ने गरी खानपनि उनको सुझाव छ । शुद्ध पानी धेरै पिउने, गुर्जो, उमारेको जमरा, कागति लगायतको सेवन गर्नु उपयुक्त हुने पनि उनले बताए । त्यसबाहेक नियमित व्यायाम गर्दा समेत सरिरमा फाइदा पुग्ने उहाँको भनाई छ । योगा, खानपिन, आयुर्वेदका जडिबुटी र मनोविज्ञानका पक्षहरुमा सबैधन्दा धेरै ध्यान दिनुपर्नेमा उनले जोड दिए । भाइरोलोजिस्ट डा. बाबुराम मरासिनीले दशैंको बेला सहर बजारबाट आफ्नो घरमा जाँदा विशेष सावधानी अपनाउनुपर्ने बताए । दशैंमा घर नजान भन्दा पनि घर गएपछि संक्रमणबाट जोगिनका लागि विभिन्न उपायहरु अपनाउन सकिने बताए । घरमा गएपछि परिवारका सदस्यसँग घुलमिल हुन भन्दा अलग्गै बस्नुपर्नेमा जोड दिए । खाना खाँदा दुरी कायम गर्ने, दशैंमा टिका लगाउँदा खुल्ला ठाउँमा लगाउने, भिडभाड नगर्ने हो भने रोग लाग्नबाट बच्न र बचाउन सकिने डा. मरासिनीको भनाई छ ।
काेराेना संक्रमितकाे उपचार सरकारले नगर्ने, भन्छ-‘पैसा तिर,आफै उपचार गर’
काठमाडाैं । सरकारले अबदेखि काेराेना संक्रमितकाे उपचार सरकारले नगर्ने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले आइतबारदेखि लागू हुने गरी काेराेना परीक्षण तथा उपचारकाे शुल्क लाग्ने बताएका हुन् । सरकारले तोकेको लक्षित समूहमा पर्नेहरुको भने सरकारले कोरोना परीक्षणदेखि उपचारसम्म सरकारले नै निःशुल्क गरिदिने भएको छ । सरकारले आर्थिक रुपले विपन्न, अशक्त र असाहय अवस्थामा रहेका नागरिक, असाहय एकल महिला, अति अपांगता भएका नागरिकहरु, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरु लगायत जोखिमपूर्ण क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई सरकारले निःशुल्क परीक्षण र उपचार गरिदिने समूहमा राखेको छ । सरकारले तोकेको लक्षित समूह बाहेकको परीक्षण र उपचार निःशुल्क नहुने प्रवक्ता प्राडा गौतमले जानकारी दिए । ‘आर्थिक रुपले विपन्न, अशक्त र असाह्य अवस्थामा रहेका नागरिक, असाह्य एकल महिला, अति अपांगता भएका नागरिकहरु, जेष्ठ नागरिक, अग्रपंक्तीमा खटिने स्वास्थ्यकर्मीहरु, सररफाई कर्मचारीहरु, सुरक्षाकर्मीहरु लगायत जोखिम पुर्ण क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा लक्षण वा चिन्ह देखिएमा परीक्षण निशुल्क गरिनेछ र अन्य सबै किसिमका व्यक्तिहरुको परीक्षण तथा उपचार व्यक्तिकै आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ। यो निर्णय आजै कात्तिक २ गते २०७७ देखि भर्ना र परीक्षण हुनेमा लागु हुनेछ’, उनले भने । याेसँगै सरकारले यसअघि सबैकाे लागि निशुल्क गरेकाे काेराेना परीक्षण र उपचार राेकिएकाे छ । सम्बन्धित सामग्री कोरोना संक्रमितको निःशुल्क उपचारबाट पछि हट्दै सरकार, बीमा कम्पनीलाई बाध्य बनाइदै कोरोना बीमा गर्नेले अब पैसा नपाउने, उपचार खर्च भनेर सरकारले लिने