मंगलबार ५०२ जनामा संक्रमण पुष्टि, १७ जनाको मृत्यु
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ५०२ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ५०२ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ११ हजार ४७५ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या ३० हजार ९८६ पुगेकाे छ । नेपालमा आजसम्म १६ लाख १७ हजार २३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १२४७ जना निकाे भएसँगैं हालसम्म १ लाख ७९ हजार २४२ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १७ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या १२४७ पुगेकाे छ ।
बाँकेमा कोरोनाबाट ७४ को मृत्यु
बाँके । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ७४ जनाको मृत्यु भएको छ । बाँके जिल्लामा बसोबास गर्ने ३६ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आई अस्पतालमा ज्यान गुमाएका ३८ गरी ७४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा बाँकेका १४ महिला र २२ पुरुष रहेका छन् भने जिल्ला बाहिरबाट उपचारका क्रममा आएका १० महिला र २८ पुरुष रहेका छन् । बाँकेमा लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सङ्क्रमित बिरामीसमेत उपचारका लागि शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रेषण हुने गरेकाले मृतकको सङ्ख्या बढ्दो रहेको छ । बाँकेका विभिन्न कोरोना विशेष अस्पतालमा भर्ना भएका १०७ बिरामीमध्ये ४७ जनाको अवस्था सिकिस्त रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा ३५ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी ४७ कोरोना सङ्क्रमित बिरामीको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । दुई जनाको भेन्टिलेटर, २३ जनाको आइसीयू र २२ जनाको अक्सिजनमा राखेर उपचार भइरहेको छ । बाँकेमा हालसम्म तीन हजार ६०१ जना सङ्क्रमित भएकामा तीन हजार ३१८ जनाले कोरोना पराजित गरी घर फर्किएका छन् । रासस
थप १४७७ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप १४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १४७७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार २७९८ जना निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ । हाल नेपालमा ३५ हजार १२५ जना सक्रिय संक्रमित छन् । आज थप ६ जनाको मृत्यु भएसँगै मृतक संख्या १२२१ पुगेको छ ।