लक्ष्मी बैंककाे थप दुर्इ शाखा रामपुर र कौशलटारमा विस्तार

काठमाडौं, ३० कात्तिक । लक्ष्मी बैंकले दुई नयाँ शाखा खोलेको छ । बैंकले पाल्पाको रामपुर र भक्तापुरको कौसलटार नयाँ शाखा खोलेको हो । आफ्नो सेवाहरु सहज रुपमा पु¥याउने लक्ष्यले बैंकले यी शाखाहरु संचालनमा ल्याएकोे हो । आर्थिक  र व्यापारिक दृष्टिकोणले प्रमुख भूमिका भएको रामपुर बजारमा र कौसलटारमा ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति बैंकले लिएको छ । यो सँगै बैंकको शाखा सञ्जाल ५९, विस्तार काउन्टर दुई वटा र एटिएम ७९ वटा पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पु¥याएको बैंकले दावी गरेको छ ।  बैंकले आर्थिक वर्ष २०७२÷७३ मा ४८ अर्व १५ करोड निक्षेप र ४० अर्व ३५ करोड कर्जा संकलन गरेको छ ।

नेपाल बैकर्स संघकाे अध्यक्षमा अनिल शाह निर्विराेध, अाैपचारिक घाेषणा भाेली

काठमाडौं, ३० कात्तिक । नेपाल बैंकर्स संघकाे अध्यक्ष पदमा अनिल केशरी शाह निर्विरोध चयन भएका छन् । बुधबार हुन लागेकाे ३० अाै साधारणासभामा अध्यक्ष र उपाध्यक्ष चयनकाे अजेन्डा छ । मंगलबार मनाेनयन कार्यक्रम रहेकाेमा अध्यक्ष पदमा शाहकाे मात्र उम्मेदवारी परेकाे छ । संघकाे वरिष्ठ उपाध्यक्ष शाह मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । शाह अध्यक्ष भएपछि रिक्त रहेको उपाध्यक्ष पदमा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना चयन भएका छन्। संघको विधान अनुसार कार्यसमितिको कार्यकाल दुई बर्षको हुन्छ। पहिलो बर्ष अध्यक्षको निर्वाचन भएपछि अर्को बर्ष बाँकी कार्यसमितिको चुनाव हुन्छ। हाल एनएमबी  बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल संघकाे अध्यक्ष हुन्।

एनएमबि माइक्रोफाइनान्सले गर्यो क्षमता अभिबृद्धि तालिम

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था क्षमत नयाँ फिल्ड कर्मचारीहरुलाई   क्षमता अभिबृद्धि तालिम दिएको छ । कार्यक्रममो औचित्यमाथि प्रकास पार्दै प्रमूख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले यस वत्तिय क्षेत्रको कार्यक्षेत्र देशको हिमाली र पहाडी जिल्लाहरुमा केन्द्रीत रहेको बताए । गाउँघरका महिला सदस्यहरु आर्थिक रुपले विपन्न भएतापनि उनीहरु इमान्दारी, मेहनती र विश्वासिलो हुने भएकाले सो क्षेत्रमा लघुवित्त कार्यक्रम प्रभावकारी भइरहेको कुरा ब्यक्त गरे । लघुवित्तको फिल्डमा काम गर्ने कर्मचारीहरुमा हुनुपर्ने आवश्यक कुराहरु, फिल्डमा आइपर्ने समस्या तथा चुनौतीहरु र ती चुनौतीहरुको समाधान गर्ने उपायहरुका साथै समुह प्रवेश पुर्व तालिम संचालन प्रक्रियाहरुका वारेमा केन्द्रित रहने जानकारी गराइयो । २ दिन सम्म संचालन हुने सो कार्यक्रममा वित्तीय संस्थाको विभिन्नि शाखा कार्यालयहरुमा २१ जना प्रशिक्षार्थीहरुलाई ७ दिनको प्राशिक्षण दिइने छ ।