नेपाल बैकर्स संघकाे अध्यक्षमा अनिल शाह निर्विराेध, अाैपचारिक घाेषणा भाेली

काठमाडौं, ३० कात्तिक । नेपाल बैंकर्स संघकाे अध्यक्ष पदमा अनिल केशरी शाह निर्विरोध चयन भएका छन् । बुधबार हुन लागेकाे ३० अाै साधारणासभामा अध्यक्ष र उपाध्यक्ष चयनकाे अजेन्डा छ । मंगलबार मनाेनयन कार्यक्रम रहेकाेमा अध्यक्ष पदमा शाहकाे मात्र उम्मेदवारी परेकाे छ । संघकाे वरिष्ठ उपाध्यक्ष शाह मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । शाह अध्यक्ष भएपछि रिक्त रहेको उपाध्यक्ष पदमा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना चयन भएका छन्। संघको विधान अनुसार कार्यसमितिको कार्यकाल दुई बर्षको हुन्छ। पहिलो बर्ष अध्यक्षको निर्वाचन भएपछि अर्को बर्ष बाँकी कार्यसमितिको चुनाव हुन्छ। हाल एनएमबी  बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल संघकाे अध्यक्ष हुन्।

एनएमबि माइक्रोफाइनान्सले गर्यो क्षमता अभिबृद्धि तालिम

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था क्षमत नयाँ फिल्ड कर्मचारीहरुलाई   क्षमता अभिबृद्धि तालिम दिएको छ । कार्यक्रममो औचित्यमाथि प्रकास पार्दै प्रमूख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले यस वत्तिय क्षेत्रको कार्यक्षेत्र देशको हिमाली र पहाडी जिल्लाहरुमा केन्द्रीत रहेको बताए । गाउँघरका महिला सदस्यहरु आर्थिक रुपले विपन्न भएतापनि उनीहरु इमान्दारी, मेहनती र विश्वासिलो हुने भएकाले सो क्षेत्रमा लघुवित्त कार्यक्रम प्रभावकारी भइरहेको कुरा ब्यक्त गरे । लघुवित्तको फिल्डमा काम गर्ने कर्मचारीहरुमा हुनुपर्ने आवश्यक कुराहरु, फिल्डमा आइपर्ने समस्या तथा चुनौतीहरु र ती चुनौतीहरुको समाधान गर्ने उपायहरुका साथै समुह प्रवेश पुर्व तालिम संचालन प्रक्रियाहरुका वारेमा केन्द्रित रहने जानकारी गराइयो । २ दिन सम्म संचालन हुने सो कार्यक्रममा वित्तीय संस्थाको विभिन्नि शाखा कार्यालयहरुमा २१ जना प्रशिक्षार्थीहरुलाई ७ दिनको प्राशिक्षण दिइने छ ।

नेपाल बैंकको नाफा ह्वात्तै बढ्यो, गतवर्ष भन्दा ७२ करोड बढी

काठमाडौं । नेपालको जेठो बैंक नेपाल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब १६ करोड खुद नाफा गरेको रिपोर्ट सार्वजनिक भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ४३ लाख रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षमा बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर वेचेर एक अर्व १८ करोड रुपैयाँ गैर सञ्चालन आमनी गरेको थियो सोही कारण पनि बैंकको खुद आम्दानी बढ्न गएको हो । बैंकको छ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ १२३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७ दशमलव २९ मात्र रहेको छ । त्यसैगरी बैंकले यस आर्थिक वर्षको पहिलो त्रैमासमा ८६ अर्व २२ करोड रुपैयाँ निषैप संकलन गरेको छ भने ६६ अर्व रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकको निष्कृय कर्जा ३ दशमलव १० प्रतिशत रहेको छ ।