
काठमाडौँ । बैकल्पिक उर्जा क्षेत्रमा नेपाल कै सबभन्दा ठूलो व्यापारिक आयोजना निर्माणका लागि रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले बैंक अफ काठमाण्डू लि.(बीओके) को अगुवाईमा सिटिजन्स बैंक इन्टरनेशनल लि. तथा नेपाल बंगलादेश बैंक लिमिटेडसंग सहवित्तीयकरण सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
बुटवल तिलोत्तमा वडा नं. ७ मा ६५.४६ करोड लगानीमा २६ विगाहा जग्गामा ३२,००० सोलार प्यानल भएको ८.५ मेगावाटको सौर्य फर्मबाट ३३ केभी प्रसारण लाइनमार्पmत १,४५,१०,५८४ किलोवाट युनिट विद्युत उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत ब्याट्रीमा स्टोरेज नभई उत्पादन कै समयमा सिधै राष्ट्रिय ग्रीडमा समाहित हुनेछ ।
सन् २००१ मा बैंक अफ काठमाण्डू र अरुण भ्याली हाईड्रो कम्पनीको सम्झौता अनुसार नेपालकै पहिलो निजी क्षेत्रको लगानीमा संखुवासभाको पिलुवाखोलामा ३ मेगावाटको हाईड्रोपावरको निर्माण गरिएको थियो ।