नेको इन्स्योरेन्सको साधारण सभा भदौ १४ मा, १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरिने

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडको २३ औं वार्षिक साधारण सभा भदौ १४ गते हुने भएको छ । साउन १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तोकेको हो । साथै बैठकले साधारण सभा प्रयोजका लागि भदौ ३ गतेदेखि साधारण सभा नभएसम्मको लागि सेयरधनी दाखिला खारेज बन्द गर्ने निर्णय गरेको छ । साधारण सभाबाट १२ प्रतिशत अर्थात १४ करोड ११ लाख ५३ हजार ४ सय ८ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिने कार्यसूची रहेको कम्पनी सचिव विष्णुप्रसाद धितालले जनाएका छन् ।

प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा भदौ १ गते, बुक क्लोज कहिले ?

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७ औँ वार्षिक साधारण सभा भदौ १ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले दियालो लर्डस प्लाला, आर्दशनगर वीरगञ्जमा दिउँसो ३ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजका लागि साउन २० गतेदेखि भदौ १ गतेसम्म कम्पनीको सेयर दाखिला, खारेज दर्ता बन्द(बुक क्लोज) रहने कम्पनीले जनाएको छ । साधारण सभाले आव २०७४/०७५ को वार्षिक प्रतिवेदन र आव २०७४/०७५ को नाफा नोक्सान तथा आयव्यय हिसाव र सोही अवधिको नगद प्रवाह विवरण छलफल सहित पारित गर्ने कार्यसूची रहेको छ ।

कुमारी बैंकको ‘परिवार सुरक्षा बचत खाता’ शुरु, २६ लाखसम्मको बीमा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो नयाँ बचत खाता ‘कुमारी परिवार सुरक्षा बचत खाता’ शुरु गरेको छ । नेपालमै पहिलो पटक प्रस्तुत गरिएको यो खाताबाट परिवारका एक सदस्य (बुवा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य, आमा वा बुवा आफैँ, तथा दुई सन्तान)को स्वतः बीमा हुने प्रावधान छ । यो बचत खातामा न्यूनतम रू. १०,००० मौज्दात हुनु पर्नेछ । वार्षिक ६.५० प्रतिशत ब्याजदर लागू हुने यो खातामा निम्न विशेष सुविधाहरू रहेका छन् । यस खातामा रु २६ लाखसम्मको परिवारको बीमा गरिएको छ । जसमा दम्पत्तिको आकस्मिक दुर्घटना बिमा, पूर्ण शारीरिक अशक्तता बीमा, परिवारको सदस्यका लागि १० घातक रोगहरुका लागि बीमा, परिवारको औषधोपचारको बीमा सुविधा पनि उपलब्ध गरेको छ । यस खातामा इन्टरनेट बैंकिङ्ग निःशुल्क, मोबाइल बैंकिङ्ग, पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क र साथै भिजा डेबिट कार्ड(पहिलो वर्ष निःशुल्क) र दोस्रो वर्षदेखि न्यूनतम शुल्क लागू हुनेछ । कुमारी बैंक लिमिटेडले हरेक वर्गका ग्राहकका लागि उच्च सुविधायुक्त सेवाहरू प्रदान गर्दै आइरहेको छ ।