सिटिजन्स बैंकको १०१औँ शाखारहित बैंकिङ्ग सेवा सिन्धुलीको खाल्टेमा
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिन्धुली जिल्लाकोे सुनकोशी गाउँपालिका खाल्टेमा भदौ २७ गतेबाट १०१ ओैँ शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी किर्तिमान नेपालीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । उक्त शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । उक्त सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति विश्वास एवम् बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । सोहि अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालको शिक्षाजगतमा टेवा पुर्याउने उद्देश्यले अमारे माध्यमिक विद्यालयलाई ४ थान कप्युटर प्रदान गरेको छ ।
आठ दिनदेखि घटेको घट्यै शेयर बजार, आठ दिनदेखि ७० अंकको गिरावट, किन घटदैछ बजार ?
काठमाडौं । आठ दिनको कारोबारमा शेयर बजार परिसूचक नेप्से ७० अंक भन्दा बढीले घटेको छ । भदौ १८ गतेदेखि सोमबारसम्म आइपुग्दा परिसूचक निरन्तर रुपमा घट्दै ११९४.७७ अंकबाट घटेर ११२३.८४ अंकमा झरेको हो । सोमबार मात्रै परिसूचकमा १६.१८ अंकको गिरावट देखिएको छ । आइतबार यो १७.८७ अंकले को थियो । सोमबारको कारोबारमा कुल ३४ करोड ३९ लाख रुपैंयाको शेयर कारोबार भएको छ । कारोबार भएका कुल ११ उपसूचक मध्ये ट्रेडिङ बाहेक सबै उपसूचकमा गिरावट आएको छ । हाल बजारमा तीव्र गिरावट हुनुमा सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशिका कार्यान्वयनमा आउने तयारी हुनु र बजारका जिम्मेवार अधिकारीहरुबाटै कालो धन सम्बन्धी अभिव्यक्ति आउनुलाई लिइएको छ ।
सानिमा बैंक लिमिटेड र यु.के.एडको सक्षमबीच सम्झौता
काठमाडौं । सानिमा बैंक लिमिटेड र यु.के.एडको सक्षमबीच भदौ ३० गते कृषि कर्जा प्रबर्धनका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका हुन् । यो परियोजनाको मुख्य उद्देश्य कृषि क्षेत्रमा कर्जा विस्तार गर्नको लागि आवश्यक संरचना स्थापना गर्ने, आवश्यक अध्ययन गर्ने र यस संग सम्बन्धित नीति तथा कार्य योजना बनाइ लागु गर्ने हुनेछ । यसका लागि सानिमा बैंकका शाखाहरुबाट कृषि क्षेत्रमा धेरै भन्दा धेरै कर्जा प्रदान गर्न आवश्यक पर्ने साधन सक्षमसँगको सहकार्यमा परिचालन गरिनेछ । यस परियोजना सक्षमको च्यालेन्ज फण्ड अन्तर्गत संचालन गर्न लागिएको हो, जुन नेपाल सरकार र यु.के. सरकारको सम्झौता अनुरुप यु.के. एडको आर्थिक सहयोगमा संचालित कार्यक्रम हो ।सानिमा बैंकका सातवटै प्रदेशमा गरी हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा एटिएम रहेका छन् ।