नागभुषण महादेव मन्दिरलाई जनता बैंकको १ लाख ५० हजार सहयोग
काठमाडौँ । जनता बैंकले नागार्जुन न.पा. वडा न. १, रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागी रु १ लाख ५० हजार सहयोग प्रदान गरेको छ । बैंकका नायव प्रमुख कार्र्यकारी अध्यक्ष सुजितकुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष विष्णुकुमारी सिंखडालाई सोमबार उक्त रकमको चेक हस्तान्तरण गरे । ईचंगुनारायण जग्गा एकिकरण आयोजना भित्र करिव १.५ रोपनी क्षेत्रफलमा कलात्मक नागभुषण महादेव मन्दिर र करिव २०० जना क्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ । उक्त मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्त्र्तगत उक्त रकम प्रदान गरेको जनाइएको छ ।
प्रभु मनि ट्रान्सफरका ग्राहकलाई सिजीका सामाग्री खरिद गर्दा आकर्षक छुट
काठमाडौँ । प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपाल भित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुका लागि लक्षित गर्दै सिजी ईलेक्ट्रोनिक्ससंगको सहकार्यमा छुटको व्यवस्था गरेको छ । सिजी ईलेक्ट्रोनिक्सका विभिन्न ब्राण्डहरु एलजी, सिजी, गोदरेज, टीसीएल सामानहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ । यस अन्र्तगत कुनै पनि ग्राहकले प्रभु मनि ट्रान्सफरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिईने रसिद लिएर सिजी ईलेक्ट्रोनिक्सका कुनै पनि शोरुमहरु सिजी डिजीटल तथा एलजी लाईफ स्टायल शोरुम बाट टिभी, फ्रिज वाशिङ मेशिन तथा अन्य घरायसी सामाग्रीहरु खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो योजना सिमित अवधिको लागि मात्र लागु हुने जनाइएको छ ।
मेटलाईफका ग्राहकलाई व्यतित बीमालेख पुनर्जागरण गर्ने अवसर
काठमाडौं । मेटलाईफ नेपालले बीमितहरुका लागि पुनर्जागरण अभियान सञ्चालन गरेको छ । यो अभियानसगै कम्पनीले व्यतित बीमालेखहरुको बक्यौता बीमा शुल्कमा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म छुट प्रदान गरेको जनाएको छ । ५ वर्षभित्रका व्यतित बीमालेखहरुको हकमा कुनै पनि विलम्ब शुल्क नलाग्ने र व्यतित अवधि ५ वर्षभन्दा बढी भएको व्यतित बीमालेखमा विलम्ब शुल्कमा ५० प्रतिसत छुट हुने जनाइएको छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले यो अभियान मेटलाईफको ग्राहकलाई व्यतित बीमालेख पुर्नजागरण गरी आफ्नो र आफ्नो परिवारलार्ई सुरक्षित राख्न सहयोग गर्ने बताए । यो अभियान मिति २०७६ भदौ २४ गतेदेखि सीमित अवधिको लागि हुने जनाइएको छ ।