सिवाईसी नेपाल आइएमई लघुवित्तको १३.४३ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सिवाईसी नेपाल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल १३.४३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २६ करोड ६४ लाख २४ हजार ३८८ रुपैयाँको कुल १३.४३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसमा १३.७६ प्रतिशत अर्थात् ३ करोड ३९ लाख ९३ हजार ९७५ रुपैयाँ बराबरको बोनस सेयर र ०.६७ प्रतिशत अर्थात् १७ लाख ८९ हजार १५७ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) समावेश छ । संस्थाका अनुसार घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।
स्वरोजगार लघुवित्तले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ७८ करोड ३९ लाख २४ हजार ४०३ रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसमा १४.२५ प्रतिशत अर्थात् ११ करोड १७ लाख ९ हजार २२८ रुपैयाँ बराबरको बोनस सेयर र ०.७५ प्रतिशत अर्थात् ९५८ लाख ७९ हजार ४३३ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) समावेश छ । संस्थाका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ।
२१.०५ प्रतिशत लाभांश बाँड्ने लाइफ इन्स्योरेन्स कर्पोरेशनको घोषणा
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।