एसईई पास गरेकाले यस कारण पढ्नैपर्छ आईबी
काठमाडौं । एसईईको नतिजा सार्वजनिक भइसकेपछि धेरैलाई के पढ्ने भन्ने अन्योलता हुन्छ । कतिपय विद्यार्थीले पहिल्यै आफ्नो योजना बनाएर त्यही अनुसार तयारी गरेपनि कतिपयलाई के विषय पढ्ने भन्ने चिन्ता हुन्छ । एसईई पछि प्राविधिक विषय र गैरप्राविधिक विषय पढ्न सकिन्छ । त्यसमध्ये इनटरनेशनल ब्याकलौरेट (आईबी) कार्यक्रम पनि एक हो । जुन एसईई पास गरेका जुनसुकै विद्यार्थीले पढ्न पाइन्छ । नेपालमा पनि केही विद्यालयले आईबी डिप्लोमा कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । के तपाई पनि आइबीबारे सुन्नुभएको छ ? अथवा यो पढ्ने सोचमा हुनुहुन्छ ? आज हामी तपाईंलाई एसईई पास गरेपछि पढ्न मिल्ने आईबी डिप्लोमा कार्यक्रमबारे जानकारी दिँदैछौँ । आईबी एसईई उतिर्ण गरिसकेपछि कक्षा ११ र १२ मा पढ्न मिल्ने समकक्षी कार्यक्रम हो । यो नेपालमा पनि पढाइ हुन्छ । तर, धेरै जस्तो विद्यार्थीलाई यो कार्यक्रमबारे थाहा छैन । विदेशमा हेर्ने हो भने हरेक वर्ष यो कार्यक्रम लागु गर्ने विद्यालयको संख्या बढ्दो छ । नेपालमा पनि केही विद्यालयहरूले यो कार्यक्रम सञ्चालन गरिरहेका छन् । ललितपुरको खुमलटारमा रहेको युलेन्स स्कुल र खुमलटारमै रहेको प्रिमियर इन्टरनेश्नलले यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर, विद्यार्थीलाई यो कार्यक्रमबारे जानकारी हुँदैन । यो एसईई पछि पढ्न मिल्ने दुई वर्षीय कार्यक्रम हो । तर, विदेशमा यसलाई प्रि युर्निभर्सिटी कोर्स पनि भन्छन् । के हो आईबी ? आईबी अर्थात् इनटरनेशनल ब्याकलौरेट सन् १९६२ सालमा इन्टरनेशनल स्कुल एशोसिएसनको सामाजिक अध्ययनका शिक्षकहरुको समूहले सुरु गरेको कार्यक्रम हो । त्यो भन्दा अघि एउटा देशको मान्छे अर्को देशमा बसाइँसराइ गरि त्यो देशको पाठ्यक्रम पढ्नु पर्ने हुन्थ्यो । जसले गर्दा एक ठाउँबाट अर्को ठाउँमा जाने मान्छेलाई युरोपमा सिकाइको हिसाबले असहज हुन्थ्यो । सामाजिक अध्ययन विषयका शिक्षकहरुको समूहले यस्तो पाठ्यक्रम निर्माण गर्ने निर्णय भया जुन विद्यार्थी एउटा देशबाट अर्को देशमा अर्को विद्यालयबाट अर्को विद्यालयमा जाँदा पनि उनीहरूको सिकाइमा कुनै असर नपरोस् । सोही उद्देश्यले सुरु भएको हो आईबी । सन् १९६८ मा आईबीले डिप्लोमा कार्यक्रम सुरु गरेको हो । सन् १९७० मा पहिलो पटक यसको परिक्षा भयो जसमा १० वटा देशका १२ वटा विद्यालयले भाग लिएका थिए । सुरुमा कक्षा ११ र १२ मा कार्यक्रम चलेपछि बिस्तारै ६ देखि ८ कक्षासम्म (आईबी एमवाईपी) कार्यक्रम कक्षा ३ देखि १२ वर्षको उमेर समूहका लागि (आइबी पिवाईपी) कार्यक्रम सञ्चालनमा आएको छ । विश्वभरको पाठ्यक्रम एउटै आईबी विश्वका जुनसुकै देशमा बसेर अध्ययन गरेपनि यसको पढाइ एउटै हुन्छ । पाठ्यक्रम पनि एउटै हुन्छ । आईबी डिप्लोमा कार्यक्रम अन्य कार्यक्रम भन्दा नितान्त फरक हो । यसले फरक खालको विद्यार्थी तयार गर्छ । यो विषय पढेका विद्यार्थीलाई विश्वका जुनसुकै देशमा जाँदा पनि सिकाइमा कठिनाई हुँदैन । यसले कुनै विषय पढ्दा कसरी पढ्ने र त्यसको बुझाइलाई कसरी व्यवहारमा उतार्ने भन्नेबारे सिकाउँछ । दुई वर्ष आईबी पढिसकेका विद्यार्थीले सोच्ने तरिका, गर्ने व्यवहारमा धेरै फरक हुन्छ । यो विषय २ वर्ष पढिसकेपछि विद्यार्थी कस्तो बन्छ भने आईबीओले स्पष्ट पारेको छ । आफूले सिकेको कुरा, आफुले अनुभव गरेको कुरा र आफुले र्निमाण गरेको ज्ञानमा त्यसलाई प्रतिबिम्बित गर्ने सोच विकास हुन्छ । त्यस्तै, विद्यार्थी खुल्लाविचारक (ओपन माइन्डेड ) हुन्छन् । आफुभन्दा फरक विचार सोच, दृष्टिकोणलाई स्वीकार गर्न सक्ने हुन्छन् । विद्यार्थी जोखिम लिन सक्ने खालका हुन्छन् । आफुले सिकेको कुराले आफ्नो वरिपरी रहेको मान्छेलाई हानी गर्छ कि गर्दैन म कसरी केयरिङ नागरिक बन्ने, आफुले जानेको कुरा प्रस्तुत् गर्ने र सोच्ने क्षमता बढाउँछ । कस्ता विषय पढाइ हुन्छन् ? यो कार्यक्रममा विद्यार्थीलाई समूह बनाएर अध्ययन गराइन्छ । २ वर्षसम्म समूह १ मा भर्ना भएर छैटौंसम्म पुगिसकेपछि परिक्षा दिनुपर्छ । पहिलो र दोस्रो समूहका विद्यार्थीले भाषाका विषय पढ्नुपर्छ । युलेन्स स्कुलको हकमा समूह क मा अंग्रेजी वा नेपाली भाषामध्ये छनोट गर्नुपर्छ । समूह ख मा अंग्रेजी, फ्रेन्च वा स्पेनिसमध्ये एउटा लिनुपर्छ जसले अंगे्रजी ए लिएको छ ती विद्यार्थीले स्पेनिस वा फ्रेन्चको प्ररारम्भिक चरणको भाषा सिक्छन् । जसले नेपाली लिएको छ उसले ‘बि’मा अंग्रेजी लिन्छन् । एउटा विद्यार्थीले न्युनतम २ वटा भाषा अनिवार्य पढ्नुपर्छ । तेस्रो मा सोसल साइन्सका विषय मध्ये एउटा विषय पढ्न पाइन्छ । त्यसमा बिजनेस स्टडी, इकनोमिक्स, साइकोलोजीमध्ये एउटा पढ्न पाइन्छ । त्यसपछि चौथोमा साइन्सका विषय फिजिक्स, क्यामेस्ट्री, बायोलोजी र कम्प्युटर साइन्समध्ये एउटा विषय पढ्न पाउँछन् । पाँचौँमा गणित छ । यो हेरक विद्यार्थीले पढ्नै पर्छ । छैटौं समूहमा आर्टसका विषयहरू भिजुअल आर्टस्, थियटर, फिल्म मेकिङ यी तीन विषय मध्ये एउटा पढ्न पाइन्छ । गु्रप ६ स्किप गरेर माथिका कुनै एक विषय थप पढ्छु भन्न पनि पाइन्छ । यसमा एउटा विद्यार्थीले न्यू नतम ६ विषय पढ्नै पर्छ । आईबी र अन्य कार्यक्रममा फरक नेपाल सरकारका अन्य कार्यक्रम र आईबीमा धेरै फरक छ । यसमा ६ वटा विषयसँगै तीनवटा मुख्य विषय पढ्नुपर्छ । एउटा विद्यार्थीले २ वर्ष पढिसकेपछि अनुसन्धानमुलक निबन्ध लेख्नुपर्छ , जुन कुरा नेपाल सरकारको कक्षा ११÷१२ को कार्यक्रममा सिकाइ हुँदैन । यस्तै, अर्को थेउरी अफ नलेज (ज्ञानको सिद्धान्त) । मलाई जे चिज थाहा छ त्यो मैले कसरी थाहा पाए भन्ने (फिलोसेफिकल कोर्स) टीओके हरेक आईबी पढ्ने विद्यार्थीले पढ्नै पर्छ । अर्को क्रियटिभेटी, एक्टिभेटी र सर्भिस पढ्नुपर्छ यसभित्र फोटोग्राफी, कुकिङ, विभिन्न क्रियटिभिटीमा इंगेज हुनुपर्छ । एक्टिभिटीभित्र खेलकुदका कार्यक्रम हुन्छन् र सर्भिस भित्र विद्यार्थी समुदायमा गएर काम गर्नुपर्छ । यसो गर्दा यहाँबाट पनि केही न केही सिकाई विद्यार्थीलाई हुन्छ । अरु कार्यक्रम पढेर २ वर्ष बाहिर निस्केको विद्यार्थी र आईबी पढेर बाहिर निस्केको विद्यार्थीको सोच्ने शैली, विद्यार्थीले गर्ने व्यवहार अरुको भन्दा निकै भिन्न हुन्छ । यो कोर्ष पास गरिसकेपछि जुनसुकै संकायमा गएर पनि विद्यार्थी स्नातक र स्नातकोत्तर गर्न सक्छन् । नेपाल सरकारले यो कोर्सलाई कक्षा १२ पास सरहको मान्यता दिँदै आएको छ । तर, डाक्टर र इन्जिनियर पढ्न चाहनेका लागि भने केही समस्या हुन्छ । मेडिकल साइन्स पढ्न हाम्रो देशमा फिजिक्स, क्यामेस्ट्री र बायो र म्याथ अनिवार्य पढ्नै पर्छ । इन्जिनियर हुन फिजिक्स, क्यामेस्ट्री र म्याथ पढेको हुनैप¥यो । तर, आईबीले तीन वटा साइन्स पढ्न दिँदैन । त्यसैले विद्यार्थीले डाक्टर इन्जिनियर बन्ने सोचले आईबी पढ्ने हो भने आईबीबाट सहमति माग्नुपर्छ । डाक्टर पढ्ने नै इच्छा हो भने आईबी भन्दा नेपाल सरकारको कार्यक्रम पढ्नुपर्छ । अहिलेसम्म १२ सय २३ विद्यार्थी दिक्षित भइसकेका छन् । अहिले आईबी पढ्ने विद्यार्थीको संख्या पनि बढ्दै गएको छ । नेपालमा आजभन्दा १५ वर्ष पहिलेदेखि यो कार्यक्रम सञ्चालन गर्दे आइरहेको युलेन्स स्कुलमा पनि विद्यार्थीको संख्या बढ्दै गएको छ । पहिलो वर्ष यहाँ भर्ना हुने विद्यार्थी २६ जना थिए । तर, अहिले धेरै बढेको छ । आईबीले विद्यार्थी यसरी तयार गर्छ कि उनीहरूलाई पनि क्याम्पसमा जान निकै सहज हुन्छ । यसमा विद्यार्थीको आकर्षण बढ्दै गएपनि १ सय ५० विद्यार्थीमात्र भर्ना गर्नुपर्ने प्राबधान भएकोले धेरै विद्यार्थी लिन भने सकिँदैन । नतिजा प्रक्रिया आईबी चार सेमस्टरको हुन्छ । आईबीओले वर्षको दुई पटक मे र नोभेम्बरमा परिक्षा लिन्छ । यसमा कुन महिनाको परिक्षा दिने भन्ने विद्यार्थीको रुचि हुन्छ । तीन विषय मे महिनामा र तीन विषय नोभेम्बरमा दिन्छ भन्न पनि पाइन्छ । यसमा आन्तरिक मूल्यांकन र बोर्ड परिक्षाभन्दा नितान्त फरक छ । यसमा यस्तो प्रोटकल बनाएको छ त्यो अलिकति पनि ब्रेक गर्न पाइँदैन । यसमा प्रश्नहरू घोकेर दिने खालको भन्दा अलि फरक खुल्ला किसिमको सोधिन्छ । तर, कन्सेप्ट बुझ्नुपर्छ । यो विषय पढेपछि विद्यार्थीले कक्षा १२ पास सरहको मान्यताकोे सर्टिफिकेट पाउँछन् । (युलेन्स स्कुलका प्राचार्य मेदिन लामिछानेसँग विकासन्युजका लागि इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित)
‘नेक विडिएचले रोजगारीमा रहेकालाई पढ्ने वातावरण बनाइदिएको छ’
काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले सञ्चालन गरेको विडिएच कार्यक्रमले डिप्लोमा गरेर बसेका विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्ने वातावरण बनाएको बताइएको छ । ब्याचलर फर डिप्लोमा होल्डर्स कार्यक्रमले सिटिइभिटी अन्तरगत डिप्लोमा इन सिभिल इन्जिनियरिङ गरेकाहरुलाई विश्वविद्यालयको डिग्री लिने अवसर दिएको बताइएको हो । शुक्रबार विई सिभिल फर डिप्लोमा होल्डर्स २०१८ ब्याचका ३२ जना विद्यार्थीहरुको विदाई कार्यक्रममा वक्ताहरुले डिप्लोमा अध्ययन गरेकाहरुलाई विडिएच कार्यक्रमले विश्वविद्यालयको शिक्षा प्राप्त गर्न सहयोग पुगेको बताए । कार्यक्रममा बोल्दै नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्राडा पदमबहादुर शाहीले देशको लागि चाहिने दक्ष इन्जिनियरहरु उत्पादनमा नेपाल इन्जिनियरिङ कलेजले महत्वपूर्ण योगदान पुर्याएको चर्चा गरे । विडिएच कार्यक्रमले सिटिइभिटीबाट डिप्लोमा गरेकाहरुलाई विश्वविद्यालयको शिक्षा हासिल गर्ने बाटो बनाइदिएको भन्दै उनले विद्यार्थीहरुलाई आफूले हासिल गरेको शिक्षा र सीपलाई सहि सदुपयोग गर्न आग्रह गरे । प्राडा शाहीले विश्वविद्यालयहरुले अब शिक्षा र उद्योगलाई सँगै जोडेर लैजाने पाठ्यक्रमको विकास गरिनुपर्ने बताए । इन्डष्ट्री र एकेडेमीलाई लिंक अप उराउने गरी कोर्षहरु बनाउनु पर्छ । इन्डष्ट्री र कोर्ष छुट्टाछुट्टै जान सक्दैन । साथै, उनले विडिएच उत्तीर्ण विद्यार्थीहरुलाई पढाई नसकिएको भन्दै पढ्ने तरिका सिकेको भन्दै पढाईलाई निरन्तरता दिन सुझाब दिए । कलेजका कार्यवाहक प्राचार्य दुर्गा प्रसाद भण्डारीले विद्यार्थीले सिकेको ज्ञानलाई व्यवहारमा उतारेर सफल हुनुपर्ने बताउँदै विद्यार्थीहरुलाई अवसर प्रदान गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने बताए । ‘तपाईहरुको सफलता नै कलेजको सफलता हो । यहाँहरुलाई व्यवसायीक क्षेत्रमा प्रवेश गर्न र अवसर खोज्न कलेजले समन्वयकारी भूमिका निर्वाह गर्छ’, प्राचार्य भण्डारीले भने । विदाई कार्यक्रममा बोल्दै विडिएच टपर काशिराम उपाध्यायले नेक विडिएस कार्यक्रमले डिप्लोमा गरेर ग्याप भएकाहरुलाई उच्च शिक्षा अध्ययन गर्ने बाटो निर्माण गरिदिएको बताए । विडिएच कोर्षले रोजगारीमा रहेकाहरुलाई पढ्ने वातावरण बनाई दिएको उनको भनाई छ । कार्यक्रममा पूर्व कार्यक्रम अफिसर रविन्द्र कुमार बुढाथोकी, पूर्व कार्यक्रम संयोजक उमेश केसी लगायतले बोलेका थिए । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विधाका विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन अध्यापन हुने गरेको छ ।
प्लस टुमा इन्टर्नसिप गर्ने एक मात्र शैक्षिक संस्था ‘आइएसटी कलेज’
काठमाडौं । पढेर काम गर्ने भन्दा पढ्दै कमाउँदै गर्ने विषय आजभोलि विद्यार्थीको रोजाइमा पर्छ । यस्ता विषय पढाइ गर्न हिमाल पहाडका विद्यार्थी अहिले शहरमा छिरिरहेका छन् । एसइईईपछि अथवा प्लसटुमै पनि काम गर्दै, कमाउँदै गर्न सकिने केही विषय मध्येको एउटा हो होटेल म्यानेजमेन्ट । पढाइसँगै काम गर्न मिल्ने अनि, देश विदेश जहाँ पनि राम्रो आम्दानी गर्न सक्ने विषय हो होटेल म्यानेमेन्ट । आजभोलि विद्यार्थीको आर्कषण यसमा बढ्दैछ । विदेशमा मात्र होईन नेपालमै पनि होटेल म्यानेजमेन्ट पढेका विद्यार्थीले राम्रो कमाइ गर्न सक्छन् । विद्यार्थीहरुको रुचिलाई ध्यान दिदै एसईई पछि कक्षा ११ र १२ मा होटेल म्यानेजमेन्ट पाढाउने विद्यालयको संख्या पनि धेरै छ । प्लसटुमा नै विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्थासहित सञ्चालनमा आएको एउटा उत्कृष्ट शैक्षिक संस्था हो आइएसटी कलेज । यो कलेजले प्लस टु अध्ययनको लागि आइएसटी सेकेण्डरी स्कूल सञ्चालनमा ल्याएको छ । जहाँ एसईईपछि कक्षा ११ र १२ मा व्यवस्थापन संकाय अन्तरगत होटल मेनेजमेन्ट, कम्पुटर साईन्स, टुरिजम मेनेजमेन्ट, जनरल मेनेजमेन्टका बिषयहरु पढाई हुन्छन् । आइएसटी कलेजले करिब दुई दशकदेखि हस्पिटालिटी क्षेत्रका लागि योग्य जनशक्ति उत्पादन गर्दै आएरहेको छ । यहाँ टुरिजम र हस्पिटालिटी क्षेत्रमा नव आयाम सहित अन्तराष्ट्रिय स्तरका कोर्सहरु पनि सञ्चालन हुँदै आएका छन् । यो स्कुलमा होटल मनेजमेन्टमा अध्ययन गर्नेले भोकेशनल सर्टिफिकेट समेत प्राप्त गर्नेछन् भने कम्पुटर अध्ययन गर्ने बिद्यार्थीहरुले NCC Education Uk को अतिरिक्त बिषयहरु साईबर सेकुरिटी र डाटा साईन्सको पनि अध्ययन गर्न पाउँछन् । भौतिक संरचनाको राम्रो व्यवस्था विद्यार्थीलाई स्कुलमा राम्रो पढाइसँगै भौतिक संरचनाको पनि आवश्यक पर्छ । यो स्कुलले यसमा पनि ध्यान दिएको छ । यहाँ विद्यार्थीको लागि पर्याप्त पार्किङ्ग छ भने खेलकुदका लागि विभिन्न खैल मैदान पनि उपलब्ध छन् । राम्रो र शान्तपूर्ण वातावरणमा सम्पूर्ण भौतिक सुबिधाहरु पनि छन् । कम्पुटर ल्याब, प्रयोगात्मक भान्सा, प्रयोगात्मक रेष्टुरेन्ट, बेकरी, बार, हाउस किपिङ, मोक रुम, वारिस्ता, पुस्तकालयपनि सूविधा छ । उत्कृष्ट शिक्षाका लागि यस बिद्यालयमा विषय अनुसारका दक्ष शिक्षकहरुले अध्यापन गराइरहेका छन् । आईएसटीले विद्यार्थीलाई जिज्ञासु र जागरुक बनाउन विषय अनुसार प्रयोगात्मक अभ्यासलार्ई उच्च प्राथमिकतामा राख्ने गरेको छ । इन्टर्नसिपको पनि व्यवस्था अन्य विद्यालय भन्दा आइएसटीले फरक तरिकाबाट विद्यार्थीलाई अध्ययन अध्यापन गराउदै आएको छ । यहाँ अध्ययनरत विद्यार्थीले कक्षा १२ को अन्तिम परिक्षा दिए लगत्तै व्यावसायिक एवं व्यावहारिक ज्ञान सिकाइन्छ । जसका लागि होटल मेनेजमेन्टका विद्यार्थिहरुलाई ४ तारे होटलमा ३ देखि ६ महिना इन्टर्नसिपमा पठाउने गरिन्छ भने कम्पुटर साईन्सका बिद्यार्थिहरुलाई आइटी सम्बन्धित काम गर्ने टेक कम्पनिहरुमा पठाउने गरिन्छ । कम्पुटर साईन्सका विद्यार्थीले ४ देखि ६ महिनाको इन्र्टनशीपमा पठाउने व्यवस्था विद्यालयले गरेको छ । प्लस टु लेभलमा नै ईन्र्टशीपको व्यवस्था गर्ने नेपालको एक मात्र विद्यालय रहेको कलेजको दाबी छ । व्यवहारिक सिकाइ आइएसटी सेकेण्डरी स्कूल योग्य जनशक्ति तयार गर्ने विद्यालयको रुपमा अगाडी बढेको छ । यहाँ विद्यार्थीलाई पढाइसँगै अन्य क्रियाकलापमा पनि सहभागी गराइन्छ । बिद्यार्थिमा पढाईको अलावा व्यवहारिक सिप र ज्ञानमा पनि उत्तिकै महत्वका साथ गर्दै आएको कलेजले बताएको छ । साथै अतिरिक्त क्रियाकलापहरु अध्यन भ्रमण, सीएसअार, फुटसन टुर्नामेन्छ बैंक्वट कजलको पनि व्यवस्था गरेको छ । त्यसैले यस विद्यालयमा प्लस टु लेभलमा अध्ययन पुरा गरिसकेपछि विद्यार्थिहरुले विभिन्न होटलमा गएर इन्ट्रिलेभलका काम गर्न सक्षम हुनेछन् । धेरैको बुझाइ होटेल म्यानेजमेन्ट भन्ने वित्तिकै खाना पकाउन सिकाउने मात्र हो भन्ने बुझन्छ । तर होटेल म्यानेजमेन्ट पढाइदै आएका कलेज विद्यालय यसलाई प्राविधिक विषय भएको बताउँछन् । यसले पर्यटकको आथित्य सत्कार कसरी गर्नुपर्छ, कसरी खान बस्न व्यवस्था मिलाउनुपर्छ भन्ने विषयमा पनि विद्यार्थीलाई जानकारी मिल्छ । यो कोर्स प्लसटु देखि व्याचलर्सतहमा पनि पढाइ हुन्छ ।