आजदेखि एसईई परीक्षा सुरु, ५ लाख विद्यार्थी सहभागी हुने

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने भएको छ । सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ती, सुरक्षा व्यबस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्याउने लगायतका सबै काम पुरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । एसईई परीक्षाका सहभागिता जनाउनका लागि यसवर्षका लागि परीक्षामा सहभागि हुन २०७८ मा कक्षा ९ मा रजिस्ट्रेशन भर्ने विद्यार्थी ५ लाख १६ हजार ५९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा कूल ४ लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए । परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार कक्षा ९ बाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेको जानकारी दिए । परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा १ लाख ६ हजार ९५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ३२९ परीक्षार्थी सहभागी हुँदैछन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका २ हजार ९८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदैछन् । यस वर्ष ७ हजार २ सय सामुदायिक र ४ हजार ५६४ संस्थागत गरी ११ हजार ८२९ विद्यालय एसईईमा सहभागी हुँदैछन् । परीक्षाका लागि देशका ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल २ हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए । त्यस्तै वागमती प्रदेशमा सबैभन्दा बढी ४३४ परीक्षा केन्द्र र कर्णाली प्रदेशमा सबैभन्दा कम १७९ परीक्षा केन्द्र कायम गरिएको छ । कोशी प्रदेशमा ३७८, मधेस प्रदेशमा २७९, गण्डकी प्रदेशमा २२३, लुम्बिनी प्रदेशमा ३३४ र सुदूरपश्चिम प्रदेशमा २०९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसईईमा अघिल्लो वर्ष देशभरबाट ५ लाख १८ हजार १८५ विद्यार्थीले आवेदन दिएपनि परीक्षामा भने ४ लाख ९५ हजार ६४८ जना परीक्षामा सहभागी भएका थिए । ७८ हजार जनशक्ति एसईई परीक्षाका लागि देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन हुने भएका छन् । प्रत्येक परीक्षा केन्द्रमा परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति परिचालन हुने नियन्त्रक श्रेष्ठले जानकारी दिए । परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जनक शिक्षा सामग्री केन्द्रमा छपाई सकेर जिल्ला जिल्लामा पुर्याइसकिएको छ । यसवर्षको परीक्षामा ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रदेशगत रूपमा फरक–फरक सेट प्रश्नपत्र छपाइ गरी सोहीअनुसार ढुवानी गरिएको हो । विद्यार्थीको अनुपातमा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाइ भएको जनक शिक्षाले जनाएको छ । बोर्डले यसवर्ष जापानमा पनि एसईई परीक्षा केन्द्र कायम गरेको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपाली १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसईई परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको हो । त्यसका लागि बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तरपुस्तिका जापान पठाइसकेको र प्रश्नपत्र भने परीक्षा सुरु हुनु केही समय अगाडि इमेलमार्फत पठाउने भएको छ । परीक्षाको तालिका एसईई परीक्षा चैत १७ गतेबाट २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजे सुरु भएर ११ बजेसम्म हुनेछ । परीक्षाको पहिलो दिन चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने र सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । त्यसैगरि चैत १९ गते आइतबार अनिवार्य गणित, चैत २० गते सोमबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अग्रेजीको परीक्षा हुनेछ । त्यसैगरी चैत २२ गते बुधबार अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुने भएको छ । चैत २३ गते बिहिबार अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेण्ट एण्ड माकेर्टिङ, इञ्जिनियरिङ् ड्रईङ्, कम्प्युटर रिपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ । यसैगरी चैत २४ गते शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रम तर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिकधारतर्फ जलीयकृषि तथा मत्स्यपालन, ईलेक्ट्रिकल म्यानेजमेण्ट एण्ड इन्स्टल्मेण्ट, कम्प्युटर नेटवर्किङ्, ईञ्जिनियरिङ सर्भेईङ्ग र म्यूजिक अफ नेपालको परीक्षा हुनेछ । यस्तै चैत २५ गते शनिबार साधारण तथा संस्कृततर्फ ः ऐच्छिक प्रथमपत्रका सबै विषयहरु, वेदविद्याश्रम तर्फ वेद तथा नीति शास्त्र र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ । चैत २६ गते आइतबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयपत्रका विषयहरु, वेदविद्याश्रमतर्फ ऐच्छिक द्वितियपत्रका सबै विषयहरु, प्राविधिक धारतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी एण्ड डेरी प्रडक्सन, युटिलाईजेसन अफ इलेक्ट्रिक इनर्जी, डाटावेस म्यानेजमेण्ट सिष्टम, बिल्डिङ्ग कन्स्ट्रक्सन, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ । चैत २७ गते सोमबार प्राविधिक धारतर्फ क्रप प्रोडक्सन, स्मल रुमेण्ट प्रोडक्सन एण्ड म्यानेजमेण्ट, इलोक्ट्रिोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस इञ्जिनियरिङ्ग र इन्स्ट्रयुमेण्ट किबोर्डको परीक्षा हुनेछ । चैत २८ गते मंगलबार प्राविधिक धारतर्फ इण्ड्रष्ट्रियल इन्टोमोलोगी एण्ड मसरुम, एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाईवे इञ्जिनियरिङ्, म्युजिक विजनेश एण्ड प्रोग्राम म्यानेजमेण्टको परीक्षा हुनेछ । परीक्षाको अन्तिम दिन चैत २९ गते बुधबार प्राविधिकतर्फनै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरनरी ल्याव्रोटरी टेक्निक, ईण्ड्रष्ट्रियल ईन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट ओरेण्टेड प्रोग्रामिङ्, इष्टिमेटिङ् कस्टिङ् एण्ड सुपरभिजन र ऐच्छिक विषयको गायन, संगीत, वाद्यवादन र नृत्यको परीक्षा हुने भएको छ ।

धमाधम पलायन हुँदै सीएहरु

(फोटो सामाजिक सञ्जालबाट साभार) काठमाडौं ।  सीए डा.सुवोध कुमार कर्णले चिनेजानेका केही विद्यार्थीहरुले हालै सीए पास गरे । सीए पास गरेपछि ती विद्यार्थीहरुले डा.कर्णसँग जागिर दिन माग गरे । तर, डा.कर्णले उनीहरुलाई विदेश जान सल्लाह दिए । नेपालमै बसेर बेरोजगार हुनु भन्दा विदेश जान उनले सुझाव दिए । चार्टर्ड एकाउन्टेन्ट्स पढेपछि रोजगारीका लागि भौँतारिनु पर्दैन, जागिर शुनिश्चित हुन्छ भन्ने मान्यता छ । यो मान्यता अन्तर्राष्ट्रिय हो । तर, यथार्थमा भने फरक छ । डा. कर्णका अनुसार पछिल्लो समय रोजगारीका अवसरहरु गुम्दै गएपछि सीएहरु धमाधम विदेश पलायन भइरहेका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अनुसार नेपालमा १ हजार २७८ जना सीएहरु छन् । आईक्यानबाहेक बजारमा २ हजार ५ सयभन्दा बढी सीएहरु रहेको अनुमान छ । नेपालमा ५/१० हजारसम्म चार्टर्ड एकाउन्टेन्ट्स (सीए) आवश्यक रहेको बुझिन्छ । यति थोरै संख्यामा रहेका सीएहरु नै शुनिश्चित भएको जागिरलाई चटक्कै छाडेर विदेश पलायन भइरहेको स्वयम् सीएहरु नै बताउँदै आएका छन् । नेपाली सीएहरु पलायन हुने क्रम बढ्दो रहेको जानकारहरु बताउँछन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सीए भास्कर सिंह लालाका अनुसार पछिल्लो समय जुनसुकै क्षेत्रका मान्छेहरु पलायन भइरहेका छन् । तर, अन्य क्षेत्रका युवाहरुको तुलनामा नेपाली सीएहरु धेरै रहेको उनले बताए । भर्खरका पासआउट भएका सीएहरु पलायन हुने संख्या बढी रहेको उनको भनाइ छ । ‘जुनसुकै क्षेत्रका मान्छेहरु पनि पलायन भइरहेका छन्, नेपालमा सीएहरुको संख्या कम छ, तैपनि भर्खरका भाईबहिनीहरु विदेश पलायन भइरहेका छन्,’ उनले भने । नेपालमा सीएहरुका लागि अवसर कम भएकाले विदेश गइरहेको उनले बताए । अवसर बढी पाइने ठाउँमा पलायन हुनु स्वभाविक रहेको उनको भनाइ छ । यदि स्वदेशमै अवसरहरु भएमा पलायन हुनु पर्ने बाध्यता नरहेको अध्यक्ष लाला बताउँछन् । उनका अनुसार कति जना विदेश पलायन भएका छन् भनेर गणना नगरेको भएपनि संख्या धेरै छ । ‘राम्रो भविष्य जसले पनि चाहन्छ, दक्ष जनशक्ति पलायन पक्कै भएका छन्, आईक्यानले को कहाँ गएको छ भनेर रिपोर्टिङ गरेको हुँदैन तर, अनुमानित वार्षिक ८० देखि १०० जना सीएहरु पलायन भइरहेका छन्,’ उनले भने । पछिल्लो समय अर्थतन्त्र संकट परेकै कारणले मात्रै पलायन भएको भन्न नमिल्ने अध्यक्ष लाला बताउँछन् । पहिला फाट्टफुट्ट विदेश पलायन भएपनि अचेल भने संख्या बढेको उनले बताए । सरकारको नीतिका कारण पनि सीएहरु पलायन हुनु परेको उनको गुनासो छ । ‘विदेशमा सीएहरुले छिटो काम पाउँछन्, पीआर पनि सहजै पाइरहेका हुन्छन्, त्यसैले संख्या बढेको हो, अर्थतन्त्र चलायमान भएपछि अवसर धेरै आउँछन्, स्वदेशमै नयाँ उद्योगधन्दा तथा ब्यापार व्यवसाय बढेपछि रोजगारी श्रृजना हुन्छ,’ उनले भने, ‘अन्यले मजदुरले पनि रोजगारी पाउँछन्, त्यसपछि विदेश जाने संख्या घटाउन सकिन्छ, आइक्यान एक्लैले मात्र विदेश जान रोक्न सक्दैन, विदेश नजानुस यहि नै तपाईको लागि सुरक्षित छ भन्ने स्थिती पनि छैन ।’ आइक्यानले उत्पादन गरेका दक्ष जनशक्ति देश तथा विदेशमा रोजगारीका लागि अब्बल हुने उनले बताए । नेपालमा पनि सीएहरुको माग धेरै भएपनि पलायन भइरहेको प्रति उनले चिन्ता ब्यक्त गरे । आईक्यानका काउन्सिल सदस्य आरए भोलानाथ पाठक नेपालमा अडिट गरेर जीवन धान्न गाह्रो भएकाले विदेश पलायन भइरहेको बताउँछन् । दैनिक २/४ जना नेपाली सीए विदेश गइरहेको उनको भनाइ छ । ‘स्वदेशमा अडिट गर्न गाह्रो छ, अडिट गर्ने की नगर्ने, प्रोफेसनमा जाने की नजाने भनेर दुविधामा छन्, त्यसैले नेपालमा अडिट गरेर खानुभन्दा विदेश जान सहज मानिरहेका छन्, दैनिक २/४ जना सीए अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश गइरहेका छन्, नेपालमा काम गर्ने मनस्थितीमा सीएहरु छैनन्,’ उनले भने । वाणिज्य बैंकका एक उच्च अधिकारीका अनुसार सीएहरुलाई स्वदेशमा काम गर्ने सहज वातावरण नभएकाले विदेश पलायन हुनु परेको छ । कम्पनीमा कार्यरत कर्मचारीले गरेको खुरापाति तथा घोटलामा सीएलाई फसाइने जस्ता गतिविधिले काम गर्न असहज रहेको उनको भनाइ छ । ‘यो देशमा काम गर्न सहज छैन, कुनै कम्पनीले एक वर्षमा खुरापाती काम गरेर घोटाला गरेका हुन्छन्, वर्षभरि २/३ सय शाखा कार्यालयमा भएको कारोबार सीएहरुले एकडेढ महिनामा हेर्छन्, कुनै कुरा छुटेपछि सीएलाई जेल हाल्छन्,’ उनले भने, ‘ अडिटरले स्याम्पल मात्रै परीक्षण गरेका हुन्छन्, सीएले केही पनि बदमासी गरेको हुँदैन, बिना कारण जेल जानुपर्ने देशमा कोही पनि बस्दैनन् ।’ कम्पनीका व्यवस्थापन समूह र सञ्चालकहरुले गरेको गल्तिमा सीएहरुलाई जेल हाल्नु न्यायसंगत नरहेको उनको भनाइ छ । सीए समेत रहेका उनी यो क्रम अझै बढ्ने बताउँछन् । उनका अनुसार कुनै पनि देशमा सीएहरुलाई जेल हाल्ने कानुन छैन । सीएहरुलाई आईक्यानले नियमन गरेर मात्रै कारवाहीको दायरामा ल्याउनु पर्ने उनले बताए । अन्य क्षेत्रबाट सीएहरुलाई ह्यारेसमेन्ट गर्ने किसिमका गतिविधि भइरहेको उनको भनाइ छ । ‘बदमासी गर्नेलाई कारवाही गर्नुपर्छ तर, आईक्यानको माध्यमबाट कारवाही हुनु पर्छ, आइक्यानले सिफारिस गरेपछि मात्रै जेल हाल्नुपर्छ, बिना कारण प्रहरीले झ्याप्पै समातेर लिन मिल्दैन,’ ती बैंकका अधिकारीले भने । उनका अनुसार नेपालमा करिब २ हजार ५ सय सीएहरु छन् । जसमध्ये ४ वर्षको अवधिमा ५ सय जना सीए विदेश पलायन भएका देखिन्छन् । अहिले पनि नेपालमा पढ्ने विद्यार्थी नहुँदा कलेजहरु रित्तिँदैछन् । एक महिनामा १० हजार विद्यार्थी विदेश पलायन भइरहेका छन् । उनीहरुले नेपालमा भविष्य नदेखेर विदेश पलायन भएको उनले बताए । ‘यो भयाभव स्थिती रोक्नलाई सबै कामहरु सिस्टममा चल्नुपर्छ, रोजगारी श्रृजना गर्नुपर्छ, अनावश्यक रुपमा व्यवस्थापन समूह र सञ्चालकहरुले गरेको गल्तिमा सीएलाई मुछ्ने काम बन्द भएपछि विदेश जाने संख्या कम हुन सक्छ,’ उनले भने । नेपाल राष्ट्र बैंकका सञ्चालक समेत रहेका सीए डा.कर्ण पास भएका सीएहरुले बजारमा काम नपाएको बताउँछन् । साथै, बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुँदा रोजगारीका अवसर पनि खुम्चिएको उनको भनाइ छ । ‘वित्तीय संस्थाहरु मर्ज हुँदा भएका कर्मचारी पनि निकाल्नु परेको छ, दुई वटा बैंक मर्ज हुँदा एउटा शाखा मात्रै सञ्चालन गर्नपर्ने हुन्छ, एउटा शाखा मात्रै हुँदा बाँकी कर्मचारी निकाल्नुपर्छ, काम गरिरहेका कर्मचारी निकालिरहेका बेला नयाँ कर्मचारी राख्ने स्थिती छैन,’ उनले भने, ‘सीए उच्च योग्यता भएको पद हो, त्यसैले उसले काम पाएको छैन, स्वदेशमा जागिर पाएन भने विदेश जानु पर्ने बाध्यता हुन्छ, सीएहरुको पलायन तिव्र भइरहेको छ ।’ नेपालमा बल्ल मन्दी सुरु हुन थालेको उनी बताउँछन् । अन्य क्षेत्रका कर्मचारी पलायन भएपनि सीएहरु धेरै रहेको उनको भनाइ छ । विदेशमा सजिलै काम पाइने भएपछि पलायन हुन लागेको उनले बताए । ‘जनताहरु ऋण तिर्न सकिरहेका छैनन्, शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार छन्, युवाहरु धमाधम विदेश पलायन भइरहेका छन्,’ उनले भने, ‘राजनीतिक दलहरु भने सत्ताकै लागि लुछाचुँडी गरिरहेका छन्, उनीहरुलाई को मन्त्री बन्ने, सत्ता कसरी टिकाउने भनेर चिन्ता छ, अर्थतन्त्र र जनताका विषयमा कसैलाई मतलब छैन ।’

जापानमा रहेका नेपालीले पनि एसईई दिन पाउने

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । ‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत् बैठक सम्पन्न भएको छ’, उनले भने, ‘परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गराउन सबैमा आह्वान गर्दछौ ।’ उनले सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ती, सुरक्षा व्यबस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुरयाउने लगायतका सबै काम सकिएको जानकारी दिए । एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको आयोजनामा सात प्रदेशका प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रालयका सचिवहरु, सातै प्रदेशका शिक्षा बिकास निर्देशनालयका निर्देशकहरु, ७७ वटै जिल्लाका शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुखहरु, राष्ट्रिय परीक्षा बोर्डका प्रदेश र शाखा कार्यालयका प्रमुुखहरु, बोर्डका अध्यक्ष, सदस्य सचिव, परीक्षा नियन्त्रण, उपनियन्त्रक कर्मचारीलगायतको भर्चुअल बैठक सम्पन्न भएको बताए । उनले प्रत्येक प्रदेशमा प्रदेश सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेश भित्रका परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्ने बताए । त्यस्तै प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलगायत रहने गरी गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ती, सरोकारवालालाई प्रशिक्षण गर्ने, प्रश्नपत्र प्रहरी निकायसम्म पु¥याउने, उत्तरपुस्तिका परीक्षा केन्द्रसम्म पु¥याउने र आवश्यक समन्वय गर्ने कामसमेत पूरा भएको उनको भनाइ छ । करिब पाँच लाख परीक्षार्थी एसईई परीक्षाका सहभागिता जनाउनका लागि यसवर्षका लागि परीक्षामा सहभागि हुन २०७८ मा कक्षा नौमा रजिस्ट्रेशन भर्ने विद्यार्थी पाँच लाख १६ हजार ५९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा कूल चार लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए । परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार कक्षा नौबाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेको जानकारी दिए । परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी हुँदैछन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदैछन् । यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरी ११ हजार आठ सय २९ विद्यालय एसईईमा सहभागी हुँदैछन् । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए । त्यस्तै वागमती प्रदेशमा सबैभन्दा बढी ४३४ परीक्षा केन्द्र र कर्णाली प्रदेशमा सबैभन्दा कम १७९ परीक्षा केन्द्र कायम गरिएको छ । कोशी प्रदेशमा ३७८, मधेस प्रदेशमा २७९, गण्डकी प्रदेशमा २२३, लुम्बिनी प्रदेशमा ३३४ र सुदूरपश्चिम प्रदेशमा २०९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसईईमा अघिल्लो वर्ष देशभरबाट पाँच लाख १८ हजार १८५ विद्यार्थीले आवेदन दिएपनि परीक्षामा भने चार लाख ९५ हजार ६४८ जना परीक्षामा सहभागी भएका थिए । तस्बिर लिन निषेध परीक्षा नियन्त्रक श्रेष्ठले विद्यार्थीलाई कुनै डरत्रास नलिई ढुक्क भएर परीक्षा दिन आग्रह गर्नु भएको छ । परीक्षा केन्द्रमा परीक्षामा लैजान नहुने कुनै पनि वस्तु लगेको पाइएमा र जबरजस्ती गर्न खोजेमा वा केन्द्रमा खटिएका कर्मचारीबाट कुने गलत गतिविधि भएका प्रचलित कानून अनुसार कारबाही हुने बताए । परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्ति परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाइने भएको छ । परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन नपाइने भएको छ । यस पटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरुको तस्बिर लिन पाइने तर परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए । उनले भने, ‘अनुगमन तथा तस्बिर लिने नाममा परीक्षा हलभित्र मानिस पस्दा विद्यार्थीको मनोबल गिर्छ, परीक्षार्थीलाई अवरोध हुने गरी तस्बिर लिँदा, विद्यार्थी टोलाउने, को आयो भनेर हेर्दा लेखिरहेको उत्तर पनि बिग्रने सम्भवना र गुनासा आएकाले यसवर्ष परीक्षा हलभित्र तस्बिर दिन नपाइने व्यबस्था गरेका छौँ ।’ विद्यार्थीका लागि एक मिनेट, एक सकेण्डको पनि महत्व हुने भएकाले परीक्षा हलभित्र तोकिएको व्यक्ति र परीक्षा समिति तथा सम्बिन्धत निकायको व्यक्ति बाहेक पसेर अन्यलाई अनुगमन तथा तस्विर लिने नाममा जथाभावी परीक्षा हलमा नपठाइने भएको हो । ७८ हजार जनशक्ति एसईई परीक्षाका लागि देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन हुने भएका छन् । प्रत्येक परीक्षा केन्द्रमा परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति परिचालन हुने नियन्त्रक श्रेष्ठले जानकारी दिए । परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जनक शिक्षा सामग्री केन्द्रमा छपाई सकेर जिल्ला जिल्लामा पु¥याइसकिएको छ । यसवर्षको परीक्षामा ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रदेशगत रूपमा फरक–फरक सेट प्रश्नपत्र छपाइ गरी सोहीअनुसार ढुवानी गरिएको हो । विद्यार्थीको अनुपातमा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाइ भएको जनक शिक्षाले जनाएको छ । जापानमा पनि परीक्षा केन्द्र बोर्डले यसवर्ष जापानमा पनि एसईई परीक्षा केन्द्र कायम गरेको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसईई परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको हो । त्यसका लागि बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तरपुस्तिका जापान पठाइसकेको र प्रश्नपत्र भने परीक्षा सुरु हुनु केही समय अगाडि इमेलमार्फत पठाउने भएको छ । परीक्षाको तालिका एसईई परीक्षा चैत १७ गतेबाट २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजे सुरु भएर ११ बजेसम्म हुनेछ । परीक्षाको पहिलो दिन चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने र सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । त्यसैगरि चैत १९ गते आइतबार अनिवार्य गणित, चैत २० गते सोमबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अग्रेजीको परीक्षा हुनेछ । त्यसैगरी चैत २२ गते बुधबार अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुने भएको छ । चैत २३ गते बिहिबार अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेण्ट एण्ड माकेर्टिङ, इञ्जिनियरिङ् ड्रईङ्, कम्प्युटर रिपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ । यसैगरी चैत २४ गते शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रम तर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिकधारतर्फ जलीयकृषि तथा मत्स्यपालन, ईलेक्ट्रिकल म्यानेजमेण्ट एण्ड इन्स्टल्मेण्ट, कम्प्युटर नेटवर्किङ्, ईञ्जिनियरिङ सर्भेईङ्ग र म्यूजिक अफ नेपालको परीक्षा हुनेछ । यस्तै चैत २५ गते शनिबार साधारण तथा संस्कृततर्फ ः ऐच्छिक प्रथमपत्रका सबै विषयहरु, वेदविद्याश्रम तर्फ वेद तथा नीति शास्त्र र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ । चैत २६ गते आइतबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयपत्रका विषयहरु, वेदविद्याश्रमतर्फ ऐच्छिक द्वितियपत्रका सबै विषयहरु, प्राविधिक धारतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी एण्ड डेरी प्रडक्सन, युटिलाईजेसन अफ इलेक्ट्रिक इनर्जी, डाटावेस म्यानेजमेण्ट सिष्टम, बिल्डिङ्ग कन्स्ट्रक्सन, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ । चैत २७ गते सोमबार प्राविधिक धारतर्फ क्रप प्रोडक्सन, स्मल रुमेण्ट प्रोडक्सन एण्ड म्यानेजमेण्ट, इलोक्ट्रिोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस इञ्जिनियरिङ्ग र इन्स्ट्रयुमेण्ट किबोर्डको परीक्षा हुनेछ । चैत २८ गते मंगलबार प्राविधिक धारतर्फ इण्ड्रष्ट्रियल इन्टोमोलोगी एण्ड मसरुम, एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाईवे इञ्जिनियरिङ्, म्युजिक विजनेश एण्ड प्रोग्राम म्यानेजमेण्टको परीक्षा हुनेछ । परीक्षाको अन्तिम दिन चैत २९ गते बुधबार प्राविधिकतर्फनै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरनरी ल्याव्रोटरी टेक्निक, ईण्ड्रष्ट्रियल ईन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट ओरेण्टेड प्रोग्रामिङ्, इष्टिमेटिङ् कस्टिङ् एण्ड सुपरभिजन र ऐच्छिक विषयको गायन, संगीत, वाद्यवादन र नृत्यको परीक्षा हुने भएको छ । रासस