बीमा कम्पनीलाई लक्षित विशेष ऋणपत्र ल्याउने बीमा समितिका अध्यक्षको भनाई, नेपाल लाईफको क्षेत्रीय कार्यालय पोखरामा
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउन तथा शाखा कार्यालयहरुको सशक्तिकरणबाट जीवन बीमा व्यवसायको बजार बिस्तार गर्ने उदेश्यले पोखरामा क्षेत्रीय कार्यालय खोलेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाईले शुक्रबार शो शाखाको उद्घाटन गरेका छन् । समुद्घाटन समारोहलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाईले जीवन बीमा क्षेत्रले आम जनताको स–सानो बचत परिचालन गरि पूँजी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको र जीवन बीमा क्षेत्रसंग रहेको ठूलो पूँजीलाई मुलुकको बिकास निर्माणका लागि उपयोग गर्न बिशेष प्रकारको बिकास ऋणपत्र ल्याउन पहल गर्ने बताए । साथै उनले जीवन बीमाका क्षेत्रमा कम्पनीले गर्दै आएको सफलताहरुको सह्राहना गर्नुहुदै समग्र बीमा क्षेत्रको बिकास र बिस्तारका लागि आफू क्रियाशिल रहने बताएका छन् । संचालक कमलेश कुमार अग्रवालले बिद्यमान परिवेशमा क्षेत्रीय कार्यालयको आवश्यकता झनै बढ्न गएको एवं बिकेन्द्रिकरणका माध्यमबाट शाखा कार्यालयहरुको अनुगमनमा प्रभावकारिता बृद्धि भई बीमितहरुले सरल र सहज बीमा सेवा उपलब्ध हुने विचार राखे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री विवेक झाले क्षेत्रीय कार्यालय पोखराको स्थापनाबाट यस क्षेत्रको व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बिश्वास व्यक्त गर्दै बीमितहरुको लगानी प्रतिफल बृद्धि गर्न कम्पनीले हरसम्भव प्रयास गर्दै आएको र सो को सुनिश्चितताको लागि दीर्धकालिन लगानीका क्षेत्रहरुमा लगानी बिस्तार गर्ने प्रयास गरिरहेको भएतापनि सोको पर्याप्त उपलब्धता नभईरहेकोले बीमा क्षेत्रका लागि दीर्धकालिन सरकारी बिकास ऋणपत्रहरुको आवश्यकता रहेको बताए ।
जीवन बीमामा एक वर्षमै तीन अर्ब वृद्धि, ६ महिनामै १६ अर्बकाे काराेबार
काठमाडौ । पछिल्लो समय बीमा गर्नेको संख्या र कारोबार रकम दुवैमा वृद्धि भएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म जीवन बीमा कारोबार १६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । गएको वर्षको दोस्रो त्रैमासिकसम्म १३ अर्ब ११ करोड ५२ लाख रुपैयाँको जीवन बीमा कारोबार भएको थियो । जीवन बीमाबापतको शुल्क गत वर्षको तुलनामा यस आर्थिक वर्ष तीन अर्बभन्दा बढीले वृद्धि छ । चालू आर्थिक वर्ष २०७३र७४ को दोस्रो त्रैमासिकसम्म सात लाख ५९ हजार २० जनाले बीमा गरेका छन् । गत वर्ष सोही अवधिमा ६ लाख ५६ हजार एक सय ४९ जनाले जीवन बीमा गरेको समितिले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष बिमा गर्ने पनि एक लाख दुई हजार आठ सय ५१ जना बढेका छन् । बीमा गर्नेको संख्या बढेसँगै बिमा रकम पनि बढेको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । यस अवधिमा सात अर्बको सर्वाधिक जीवन बीमा भएको छ भने गएको वर्षको समीक्षा अवधिमा यस्तो बीमा ६ अर्ब रुपैयाँ मात्र थियो । यसरी बीमा गराउने कम्पनीमा सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स छ । यो कम्पनीले यस अवधिमा चार अर्ब ९४ करोडको जीवन बीमा गराएको छ । जीवन बीमा गराउने दोस्रो कम्पनीमा लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीले यो अवधिमा तीन अर्ब ६७ करोडको जीवन बीमा गराएको छ । नेसनल लाइफ इन्स्योरेन्स सर्वाधिक जीवन बीमा गराउने कम्पनीको तेस्रो स्थानमा छ । यो अवधिमा कम्पनीले दुई अर्ब नौ करोडको जीवन बीमा गराएका थिए । अन्नपूर्ण पोस्टबाट ।
सूर्या लाइफले ५ प्रतिशत वोनस सेयर दिँदै, साधारण सभा बैशाख १४ गते
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँच प्रतिशतको दरले वोनस सेयर वितरण गर्ने भएको छ । यो जीवन बीमा कम्पनीले हालको चुक्ता पूँजी ६२ करोड ५० लाखको ५ प्रतिशतका दरले ३ करोड १२ लाख ५० हजार रुपैयाँको बोनस सेयर वितरण गर्ने भएको छ । यो जीवन बीमा कम्पनीले वोनस सेयरको स्वीकृतिसहितका विविध एजेन्डा स्वीकृतिका लागि आगामी वैशा १४ गतेका लागि आठौ वार्षिक साधारण सभाको मिति तय गरेको छ । यसले उद्योग संगठन मोरङको सभाकक्ष, विराटनगरमा साधारण सभा गर्ने निर्णय गरेको छ । यसले आगामी चैत्र २८ देखि बैशाख १४ गतेसम्मका लागि बुक क्लोज गरेको छ ।