बीमक संघको नेतृत्व सर्वसहमत चयन, अध्यक्षमा पुनः विजयबहादुर शाह
विजयबहादुर शाह काठमाडौं । नेपाल बीमक संघको नेतृत्व सर्वसहमतिमा चयन भएको छ । अध्यक्षमा विजयबहादुर शाह पुनः निर्वाचित भएका छन् । उनी एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । संघको उपाध्यक्ष प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत विके महर्जन, महासचिव एनबी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत यूगेश भक्त बादे श्रेष्ठ, कोषाध्यक्ष सिद्धार्थ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैद्यबार भएका छन् । कार्यसमिति सदस्यहरुमा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकीकुँवर क्षेत्री र लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधान चुनिएका छन् । जीवन बीमा कम्पनीको तर्फबाट एक जना उपाध्यक्ष र दुई जना सदस्य भने टुंगो लाग्न बाँकी छ । जीवन बीमा कम्पनीहरुले पनि आफ्नो तर्फको प्रतिनिधि सर्वसहमतिमा छान्ने बताएका छन् । विधानअनुसार संघको कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । संघको १५ औं साधारणसभाको कार्यक्रम आज भएपनि नेतृत्व चयनको विषयमा हिजै सहमति जुटेको हो । नयाँ नेतृत्वकोबारे औपचारिक घोषणा आज साँझ मात्र हुनेछ ।
नेपाल लाइफले कमायो १५ करोड ३० लाख, प्रतिसेयर आम्दानी १४ रुपैयाँ
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १५ करोड ३० लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ३९ लाख रुपैयाँ थियो । यो इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १३ पैसा रहेको छ । कम्पनीको विमांकीय मूल्यांकनपछि प्राप्त हुने आम्दानी बाहेक नै यो आम्दानी रहेको उल्लेख छ । यसको प्रतिशेयर नेटवर्थ भने १२९ रुपैयाँ १६ पैसा रहेको छ । कम्पनीको चुक्ता पूँजी २ अर्ब १६ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा ४० करोड ६९ लाख रुपैयाँ छ । अभिकर्तालाई कमिशनवापत ४२ करोड ३९ लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीले बीमा शुल्कबाट हालसम्ममा ४ अर्ब ९४ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको बीमा लेख संख्या जम्मा १० लाख वटा छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसनकोे अध्यक्षमा भीके शर्मा चयन
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को अध्यक्षमा भीके शर्मा चयन भएका छन् । माघ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले शर्मालाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । शर्माले अब आगामी चार वर्ष सम्म कम्पनीको अध्यक्षको कार्यभार सम्हाल्ने छन् ।