गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा पौडेल र सुवेदी नियुक्त
काठमाडौं । गुराँस लाइफ इन्स्योरेनस कम्पनीको सञ्चालकमा मेघराज पौडेल र शम्भुप्रसाद सुवेदी नियुक्त भएका छन् । जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले उनीहरुलाई सञ्चालकमा नियुक्त गरेको हो । दुई जना नयाँ सञ्चालक आएपछि कम्पनीको सञ्चालक समिति ७ जनाको भएको छ ।
नयाँ बीमकलाई पुँजी जुटाउन तीन महिना, सबै प्रक्रिया पुरा गर्न ६ महिना लाग्ने
काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालनका लागि निवेदन दिएका नयाँ कम्पनीहरूलाई बीमा समितिले पुँजी कायम गर्न तीन महिनाको समय दिएको छ । समितिले नयाँ कम्पनीहरूलाई पत्राचार गर्दै तीन महिनाभित्र पुँजी कायम गर्न समयसीमा दिएको हो । नयाँ कम्पनी सञ्चालनको अनुमतिका लागि आवेदन दिएका १२ जीवन बीमा कम्पनीमध्ये १० वटाको स्वीकृतिका लागि समितिले अर्थ मन्त्रालयमा पठाएको थियो । गत बुधबार मन्त्रालयले १० वटै कम्पनीलाई सञ्चालन अनुमति दिएको हो । पुँजी कायम भएपछि मात्रै लाइसेन्स प्रक्रिया अगाडि बढ्नेछ । बीमा समितिका अनुसार सबै प्रक्रिया पुरा गरेर लाइसेन्स वितरणा गर्न कम्तिमा ६ महिना लाग्ने छ । १० वटै कम्पनीले लाइसेन्स पाउन एक वर्ष लाग्ने अनुमान गरिएकाे छ । पछि कम्पनीहरूले आवश्यक प्रक्रिया पूरा गरे समितिको बोर्डले निर्णय गरेअनुसार प्रक्रिया अगाडि बढाइनेछ । समितिले जीवन बीमा कम्पनीको हकमा चुक्ता पुँजी २ अर्ब तोकको छ । त्यस्तै, निर्जीवन बीमा कम्पनीको हकमा १ अर्ब तोकिएको छ ।
प्राइम बैंक र एशियन लाईफबीच बैकासुरेन्स सेवा सम्झौता, प्राइम बैंकका ग्राहकलाई बीमा सेवा सहज
काठमाडौं । प्राइम कर्मशियल बैंक लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैकासुरेन्स सेवा सञ्चालन गर्न सहकार्य गर्ने सम्झौता भएको छ । जीबन बीमा सेवालाई प्रभावकारी बनाउने र ग्राहकको पहुँचसम्म सजिलै पुर्याउने उद्देश्यले उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा जेठ ७ गते प्राइम कमर्शिलय बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धर र एशियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्तारक्षर गरेका छन् । बैकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ल्याएको जीवन बीमा योजना तथा बीमा पोलिसीहरु खरिद गर्न सहजता प्रदान गरिनेछ । अब एशियन लाईफ इन्स्योरेन्स कम्पनीका बीमा योजना तथा बीमा सेवाहरु सजिलैसँग प्राइम कर्मशियल बैंकको नेपाल भरका ५५ वटा शाखा कार्यालयहरुबाट समेत लिन सकिने एशियन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले बताए । हाल एशियन लाईफले २३ वटा शाखा र ७२ वटा उपशाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ । चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २०७३ चैत्र मसान्तसम्ममा जीवन बीमा कोषमा ९ अर्ब ४२ करोड रुपैयाँ छ । कम्पनीले ९ अर्ब ६ करोड रुपैयाँ लगानी गरेको छ ।