एनएलजी इन्स्योरेन्सको नाफा १२ करोड

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले नौ महिनामा १२ करोड ९७ लाख नाफा कमाएको छ । एनएलजीले गत आवको नौ महिनाको भन्दा एक करोड ९१ लाखले बढि हो । कम्पनीले गत आवको तेश्रो त्रैमासिक अवधीमा ११ करोड ६ लाख नाफा कमाएको थियो । एनएलजीको यो नाफा बिमांकिय मुल्यांकन अघिकै हो । कम्पनीले नौ महिनामा एक अर्ब १ करोड बिमा शुल्क आर्जन गरेको छ । कम्पनीको बिमालेखको संख्या १ लाख ४७ लाख पुगेको छ । एनएलजीको प्रति सेयर आम्दानी ३३ रुपैंयाँ ७७ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ २३० रुपैंयाँ २८ पैसा पुगेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा एक अर्ब नाघ्यो, खुद ब्याज आम्दानी मात्रै १ अर्ब ५५ करोड

काठमाडौं । स्ट्याण्ण्डर्ड चाटर्ड बैंक नेपालले नौ महिनामा एक अर्ब ६ करोड नाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधीमा भन्दा १६ करोड बढि नाफा आर्जन गरेको हो । गत आवको तेश्रो त्रैमासिकमा बैंकले जम्मा ९० करोड नाफा कमाउन सफल भएको थियो । स्ट्याण्डर्ड चाटर्ड बैंकले नौ महिनामा खुद ब्याज आम्दानी मात्रै १ अर्ब ५५ करोड पुर्याएको छ । बैंकले २ अर्ब ६ करोड ब्याज आम्दानी गरेर ५० करोड मात्रै ब्याज खर्च गरेको देखिन्छ । ३ अर्ब ७४ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ८३ करोड रुपैंयाँ रहेको छ । बैंकले खराब कर्जा पनि शुन्य दशमलब २९ प्रतिशतबाट घटाएर शुन्य दशमलब २३ प्रतिशतमा झारेको छ । बैंकको प्रति सेयर आम्दानी ३७ रुपैंयाँ ८४ पैसा छ भने प्रति सेयर नेटवर्थ २२९ रुपैंयाँ शुन्य ३ पैसा रहेको छ ।

प्रिमियर इन्स्योरेन्समा बीमा दावी प्रक्रिया अनलाईनबाट गर्न सकिने, २३औं वार्षिक उत्सवमा नयाँ लोगो अनावरण

काठमाडौं । निर्जीवन बीमा सेवा प्रदायक कम्पनी प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले अनलाईन प्रक्रियाबाट बीमा दावी प्रक्रियाको सेवा सञ्चालन गर्ने भएको छ । कम्पनीको तेईसौं बार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले सो जानकारी दिएका हुन् । बीमा दावीको प्रक्रिया सरलीकृत गर्ने कम्पनीको मुख्य लक्ष्य रहेको र त्यस अनुरुप कम्पनीले छिट्टै नै सीसीआईपी (कस्टुमर क्लेम इम्फरमेशन पोर्टल) मार्फत सेवा दिन लागिएको जानकारी दिए । त्यस्तै तेईसौं बार्षिकोत्सव अवसरमा कम्पनीले आफ्नो लोगोमा केही परिवर्तन गरेको छ । नयाँ लोगोको अनावरण कार्यक्रमका प्रमुख अथिति तथा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँईले गरेका छन् । निकट भविष्यमा निर्जीवन बीमा कम्पनीको संख्या २१ वटा पुग्न सक्ने संकेत गर्दै उनले प्रतिस्पर्धामा अगाडि बढ्न सेवा प्रभावकारी हुनु पर्ने उनले बताए । कम्पनीले व्यापार प्रवद्र्धन गर्नको लागि नयाँ टिभिसी बनाएको छ । http://www.bikashnews.com/wp-content/uploads/2017/05/premier-insurance-for-mail-2.mp4 सो अवसरमा कम्पनीले वर्तमान स्थिति, हाल उपलब्ध गराउँदै आएका सेवाहरु र भविष्यमा प्रदान गर्ने ग्राहकमुखी सेवाहरु वारे जानकारी दिएको छ । चालु आ. व. २०७३/७४ को तेश्रो त्रैमासिकको अन्त सम्ममा कम्पनीले १ अर्व ७७ लाख रुपैयाँ  बीमा शुल्क आर्जन गर्न सफल भएको जनाएको छ । आ. व. २०७२/७३ मा कम्पनीले कुल बीमा शुल्क १ अर्व ४२ लाख आर्जन गरी खुद नाफा  १८ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । हाल कम्पनीको हाल चुक्ता पँुजी ४४ करोड ८५ लाख रुपैयाँ रहेको छ । कम्पनीको व्यावसायिक लक्ष्य पूरा गर्न कम्पनीको अधिकृत पूँजी ७५ करोड रुपैयाँमा बृद्वि गरी २ अर्ब र जारी पुँजीलाई १ अर्व ५० करोड रुपैयाँ बनाएको कम्पनीले जनाएको छ । पुँजी वृद्धि गर्नका लागि कम्पनीले ६ लाख ५९ हजार कित्ता शेयर एफपीओ जारी गर्दैछ । त्यसको लागि एनएनबी क्यापिटल लि. सँग सम्झौता भई धितोपत्र बोर्डमा स्विकृतिको लागि निवेदन पेश गरेको छ ।