अजोड इन्स्योरेन्स र चिरायु अस्पताल बीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता
काठमाडौं । अजोड इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्सटिच्युट बीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री तथा अस्पतालका तर्फबाट अपरेशन डाइरेक्टर चण्डेश्वर एन.आर.वैद्यले हस्ताक्षर गरेका छन् । अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमा लेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा विभिन्न सेवाहरुमा अधिक्तम छुट प्राप्त गर्ने भएको छ । नगद रहित उपचार सेवा उपयोग गर्न पाउन व्योहोरा चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्सटिच्युटले जनाएको छ । देशैभरीका प्रमुख हस्पिटल संग सम्झौता गर्ने उद्देश्यका साथ बिभिन्न हस्पिटलमा उक्त सम्झौता भइसकेको र बांकी अस्पतालमा पनि छिटै सम्झौता गर्ने अजोड इन्स्योरेन्सले जनाएको छ ।
माछापुच्छ्रे बैंकबाट सानिमा जनरल इन्स्योरेन्सकाे सेवा पाइने
काठमाडौं । माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा सानिमा जनरल इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट सजिलै सानिमा जनरल इन्स्योरेन्सको बीमा सेवाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
गरिमा विकास बैंक र जनरल इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता
काठमाडौं । गरिमा विकास बैंक र जनरल इन्स्योरेन्स कम्पनी नेपाल बीच बैंकान्स्योरेन्स सेवाप्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । मंगलबार आयोजित एक कार्य सम्झौतापत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट सो कम्पनीका महा प्रबन्धक एस. के. तमोटले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट जनरल इन्स्योरेन्स कम्पनी नेपाललिमिटेडको बीमा पोलिसी खरिद गर्न सक्ने छन् ।