सिभिल बैंक र सूर्या लाईफ इन्स्योरेन्सबीच बैंकास्याेरेन्स सम्झौता
काठमाडौं । सिभिल बैंकले जीवनवीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सुर्या लाईफ इन्स्योरेन्ससंग बैंकास्याेरेन्स सम्झौता भएकाे छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र सुर्या लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन्र । सुर्या लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका७० शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक वर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताएका छन्र । सिभिल बैंकले यस अघि जीवन बीमा कम्पनीहरु मेटलाइफ, एल.आई.सी. नेपाल, रिलायबल नेपाललाईफ इन्स्योरेन्स र यूनियनलाईफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवन वीमा कम्पनिहरुसंग सम्झौता गरी जीवन बीमा तथा निर्जीव नवीमा सेवा उपलब्ध गराउने भएकाे छ ।
सन नेपाल लाइफद्धारा १० लाखको मृत्यु दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित स्वःश्याम सुन्दर महतोको बीमा गरेको २ महिना ६ दिनमै मृत्यु भएकोले निजको श्रीमती पवित्री देवीलाई सो रकमको चेक हस्तान्तरण गरेको हो । मृतक महतोले ९४ हजार ३३६ रुपैयाँको बीमा शुल्क भुक्तानी गरि जीवन बीमा गरेका थिए । साथै, कम्पनीले बर्दिवासमा बीमा जागरण अभियान गरेको छ । कम्पनीले मंसिर २३ र २४ गते सिन्धुली र महोत्तरी जिल्लामा स्थानीय र अभिकर्ताहरुको उपस्थितीमा बृहत बीमा जागरण कार्यक्रम सम्पन्न गरेको जनाएको छ । स्थानिय निकायका जनप्रतिनिधि, आम सर्वसाधारण र अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।
सानिमा लाइफले ल्यायो युनिक लाइफ इन्स्योरेन्स याेजना, प्रतिहजार ७० रूपैयाँ बोनस ग्यारेन्टी
काठमाडाैं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिहजार ७० रुपैयाँ बोनसको निश्चिततासहित नयाँ जीवन बीमालेख योजनाको घोषणा गरेको छ । इन्स्योरेन्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा घोषणा गरेको उक्त योजनामा इन्स्योरेन्सले नोक्सानको अवस्थामा समेत प्रतिहजार बीमाङ्कमा रु ७० बोनस प्रदान गर्ने घोषणा गरेको हो । ‘सानिमा जीवनश्री’ नाम दिइएको उक्त योजनाकाे अवधि १० वर्ष, १५ वर्ष, २० वर्ष र २५ वर्ष तोकिएको छ । उक्त योजनाको बीमालेख खरिद गर्दा १० बर्षको बीमालेखका लागि ६ वर्ष मात्र भुक्तानी गर्नुपर्नेछ । त्यस्तै, १५ वर्षको बीमालेखका लागि १० वर्ष, २० बर्षे बीमालेखका लागि १५ वर्ष र २५ वर्षे बीमालेखका लागि १८ वर्षमात्र प्रिमियम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको सानिमा लाइफले जनाएको छ । तर बीमितले बोनस भने बीमा अवधि बराबरकै प्राप्त गर्नेछन् । नयाँ बीमा योजना घोषणा समारोहमा इन्स्योरेन्सका अध्यक्ष कुमारप्रसाद कोइरालाले सानिमा ग्रुप र सानिमा लाइफ इन्स्योरेन्सप्रति जनताको शुभेक्षा र अपेक्षा रहेको भन्दै ती अपेक्षाहरु पूरा गर्दै जाने प्रतिबद्धता जनाएका छन् । वि.सं. २०६४ सालमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको सानिमा लाइफ इन्स्योरेन्स कम्पनी गैर आवासीय नेपालीहरुद्धारा प्रवद्धित संस्था हो । २०७४ साल कात्तिकमा बीमा समितिबाट कारोबार सञ्चालन इजाजत प्राप्त गरेपछि इन्स्योरेन्सले सोही वर्षको मंसिर २२ गतेदेखि कारोबार सञ्चालन शुरु गरेको थियो । इन्स्योरेन्सले २०७५ मंसिर २२ गतेसम्म कुल ७ हजार ३ सय ३२ मार्फत् २७० करोड बीमाङ्क बराबरको बीमालेख बिक्री गरी १९ करोड रुपैंया प्रिमियम संकलन गरेको छ । सानिमाले हालसम्म ८ ओटा बीमा योजनाहरु जारी गरेको छ भने देशभरमा कुल २५ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सको अधिकृत पुँजी ३ अर्ब, जारी पुँजी २ अर्ब र चुक्ता पुँजी १ अर्ब ४० करोड रूपैयाँ रहेकाे छ ।