१३.८६ प्रतिशत बढ्यो सानिमा बैंकको नाफा, वितरणयोग्य नाफा २ अर्ब १३ करोड रुपैयाँ
काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा १३.८६ प्रतिशत बढेर ४५ करोड ४९ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजसम्ममा बैंकले ३९ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २७.९१ प्रतिशत बढेर १ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको सञ्चाल नाफा १४.९४ प्रतिशत बढेर ६५ करोड ७६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको सञ्चाल नाफा ५७ करोड २१ लाख रुपैयाँ थियो । १३ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने बैंकको वितरणयोग्य नाफा २ अर्ब १३ करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १३.१५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७२.७१ रुपैयाँ रहेको छ ।
लक्ष्मी सनराइज बैंकको वितरणयोग्य नाफा २.६२ अर्ब रुपैयाँ, घटायो एनपीएल
काठमाडौं । लक्ष्मी सनराइज बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा ३८ प्रतिशत घटेर ३३ करोड २३ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजसम्ममा बैंकले ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १.५९ प्रतिशत बढेर २ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले २ अर्ब ६७ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसअवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २६.५९ प्रतिशत बढेर ६१ करोड ६८ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १४.८० प्रतिशत बढेर ३ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ, सञ्चालन नाफा ४२.११ प्रतिशत घटेर ४३ करोड ८१ लाख रुपैयाँ रहेको छ । २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ४ करोड ४८ लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन २.१७ प्रतिशत बढेर ३ खर्ब ७५ अर्ब ९६ लाख रुपैयाँ र कर्जा लगानी २.६७ प्रतिशत बढेर २ खर्ब ८२ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ प्रवाह गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ रहेको छ । उक्त वितरणयोग्य नाफाका आधारमा बैंकको १०.७८ प्रतिशत लाभांश क्षमता रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३.७९ रुपैयाँ घटेर ५.४६ रुपैयाँमा सीमित छ । बैंकको प्रतिसेयर नेटवर्थ १८४.८९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.७४ गुणा रहेको छ । गत वर्षको असोजमा बैंकको खराब कर्जा (एनपीएल) ५.४४ प्रतिशत थियो । तर, यस वर्षको असोजमा खराब कर्जा सामान्य घटाएर ५.४२ प्रतिशतमा झारेको छ ।
सिटिजन्स बैंकको ब्याज आम्दानी १.६६ अर्ब रुपैयाँ, यस्ता छन् अन्य सूचक
काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा १ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । चालु आवको असोजसम्ममा बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब २१ करोड ४९ लाख रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी २० करोड १७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको नाफा भने २२ करोड ४ लाख रुपैयाँ ऋणात्मक रहन पुगेको छ । गत वर्षको असोजमा बैंकको खुद नाफा १९ करोड ८२ लाख रुपैयाँ थियो । १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब २८ करोड ७२ लाख रुपैयाँ रहेको छ । गत वर्षको असोजसम्ममा ६७ करोड ८४ लाख रुपैयाँ रहेको बैंकको वितरणयोग्य नाफा यसपटक ४१ करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । असोज मसान्तसम्ममा बैंकले २ खर्ब १२ अर्ब ६८ करोड ११ लाख रुपैयाँ निक्षेपक संकलन गरी १ खर्ब ६८ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा गत वर्षको असोजमा ५.४१ प्रतिशत रहेकोमा यस वर्ष बढेर ६.८४ प्रतिशत पुगेको छ ।