आकर्ष ग्रुपद्धारा तिब्बतको छ्याङ्ग नेपाली बजारमा, प्रमुख शहरमा यही महिनादेखि बिक्री शुरू

काठमाडौं । छ्याङ्ग पारखीहरुको यसप्रतिको चाहनालाई मध्यनजर गर्दै आकर्ष ग्रुपले तारागोब तिबेत छ्याङ्ग कम्पनीद्धारा उत्पादित जौंको बार्ली छ्याङ्ग उपभोक्तामाझँ बजारमा ल्याएको छ । बार्ली छ्याङ्ग पारखीहरुलाई उनीहरुको स्वादको प्राथमिकताको आधारमा बिशिष्ट स्वाँदको उत्पादन बजारमा ल्याएको हो । तिब्बतको ३,५०० मिटरभन्दा बढी उचाईमा खेती भएको शुद्ध जौंबाट उत्पादन गरिएको बार्ली छ्याङ्ग नेपाली पारखीहरुलाई उचित हुने स्वाँद अनुसार रहेको छ । ३५० एमएलको क्यानमा पाईने यो १.५ प्रतिशत अल्कोहल रहेको छ्याङ्गको १२५ रुपैयाँ र १० प्रतिशत अल्कोहल रहेको छ्याङ्गको २२५ रुपैयाँमा उपलब्ध हुनेछन् । अन्तर्राष्ट्रियस्तरको छ्याङ्ग अनुभवको माग पारखीहरुमा बढेकाले, त्यो मागको पूर्ति गर्न आकर्ष ग्रुपले बजारमा ल्याएको हो । राजधानी र नेपालका प्रमुख शहरहरुमा यसै महिनादेखि बिक्री वितरण शुरु हुने भएपनि नेपाल भरी भने केहि समयमै शुरु हुने छ ग्रुपले जनाएको छ ।

सिटिजन्स बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले बालुवाटारको टेस्ला डायग्नोस्टिक क्लिनिकको सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाताभएका ग्राहकहरुले टेस्ला डायग्नोस्टिक क्लिनिक सेवा लिँदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ ।

डल्लुमा सुजुकीको ६ दिने निःशुल्क सर्भिस क्याम्प

काठमाडौं । सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट-अफ-आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरुसहित ६ दिने निःशुल्क सर्भिस क्याम्प शुरु भएको छ । सर्भिस क्याम्प अवधिमा ‘एसी चेक’, ‘ब्याट्री चेक’, ‘ओभरअल चेकअप’ र ‘कार वाश’ निःशुल्क गरिनेछ भने ‘थ्रि डी ह्विल अलान्मेन्ट’ र ‘एसडीटी डायग्नोस्टिक’मा ५० प्रतिशत छुट दिइनेछ । साथै, स्पेयर पार्टस्, इन्जिनआयल र एसेसोरिजमा १० प्रतिशत छुट दिइनेछ । निःशुल्क सर्भिस क्याम्प आउँदो मंसिर ३० गतेसम्म जारी रहनेछ । डल्लू कंकेश्वरी मन्दिर नजिक रहेको सुजुकी सर्भिस सेन्टर नेपालकै ठूलो सुविधासम्पन्न सर्भिस सेन्टर हो । यहाँ अत्याधुनिक उपकरण र डायग्नोस्टिक सिस्टमसमेत रहेको छ । २३ हजार तीन सय ८१ स्क्वायर फिटमा फैलिएको सर्भिस सेन्टरमा हरेक महिना दुई हजारभन्दा बढी कार सर्भिसिङ गर्ने क्षमता छ ।