कामना सेवा विकास बैंकको नयाँ शाखा काठमाडौंको भङ्गालमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौंको भङ्गालमा नयाँ शाखा विस्तार गरको छ । बैंकले उक्त स्थानमा आफ्नो १०७औं शाखा विस्तार गरी कारोबार शुरु गरेको छ । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेल तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका छन् । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले १०७ वटा शाखा तथा ५६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

युनाईटेड हेभी ईक्युपमेन्टसको आधिकारिक लोकार्पण सम्पन्न

काठमाडौं । नेपालको ख्यातिप्राप्त व्यापारिक उद्योग भोईथ अन्तर्गतको कम्पनी युनाईटेड हेभी ईक्युपमेन्टस् एयाण्ड अर्थमुभर्स (यूहिम्)को आधिकारिक लोकार्पण सम्पन्न भएको छ । आइतबार धुम्बाराहीस्थित हेडक्वार्टस् रहेको यस कम्पनीको लोकार्पण कार्यक्रम हायात रिजेन्सीमा संचालन गरिएको थियो । सन् २०१८ देखि नेपालको निर्माण क्षेत्रमा आधुनिक मसिनरीहरु भित्र्याई निर्माण कार्यहरु सहज र सुलभ बनाउँदै आएको युहिमले विश्वविख्यात निर्माण कम्पनीहरु जस्तै सन्वार्ड, सिनोम्याक र नियोसेनका निर्माण उपकरणहरुः एक्सकाभेटर, ग्रेडर र ब्रेकर आयात गर्दै आएको छ । यूहिमले आयात गर्ने सनवार्ड र सिनोम्याक कम्पनीका उपकरणहरुमा जापान, जर्मनी, साउथ कोरियामा उत्पादन भएको अन्तर्राष्ट्रिय स्तरको इन्जिन र स्पेयर पार्टस्हरुको प्रयोग हुन्छ जुन ह्युण्डाई, कोमात्सु जस्ता कम्पनीहरुमा समेत हुने गर्दछ । नेपाली समुदायको मानसपटलमा चाईनिज उपकरणहरु कमसल हुने धारणालाई अनुचित तथा गलत साबित गर्दै अन्तर्राष्ट्रिय स्तरका उपकरणहरुको उत्पादन गर्दै सदैव ग्राहकवर्गको विश्वास जित्न तत्पर रहि आएको छ । क्याटरपिल्लर, कोमात्सु, कोबेल्कोजस्ता प्रतिष्ठित कम्पनीहरुको एकमात्रप्रतिस्पर्धी कम्पनी रहेको यूहिमले निर्माण उपकरणहरुको गुणस्तर, प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता गर्ने गरेको छैन । ए क्लास, बी क्लास कन्ट्र्याक्टर, विदेशी कन्ट्र्याक्टरहरुका साथै हाईड्रोपावरहरुका लागि लक्षित गरिएका यी निर्माण उपकरणहरु धादिङ, बुटवल, कपिलवस्तु, सिन्धुली, काभ्रे, रामेछाप, सोलुखुम्बु, चितवन, हेटौँडा, संखुवासभा, ओखलढुंगा, ताप्लेजुङ, आदि साईटहरुमा सफलतापूर्वक संचालन हुँदै आएको छ । यूहिमले धुम्बाराहीस्थित हेडक्वाटरमा खरीदपछिको सर्भिस, पार्टस्हरु सहजताका साथ उपलब्ध गराउनुका साथसाथै ग्राहकका लागि अन्य सेवाग्राहीको व्यवस्था र भैरहवामा पनि ब्रान्च कम्पनीको विस्तार गरिसकेको छ । काठमाडौं । नेपालको ख्यातिप्राप्त व्यापारिक उद्योग भोईथ अन्तर्गतको कम्पनी युनाईटेड हेभी ईक्युपमेन्टस् एयाण्ड अर्थमुभर्स (यूहिम्)को आधिकारिक लोकार्पण सम्पन्न भएको छ । आइतबार धुम्बाराहीस्थित हेडक्वार्टस् रहेको यस कम्पनीको लोकार्पण कार्यक्रम हायात रिजेन्सीमा संचालन गरिएको थियो । सन् २०१८ देखि नेपालको निर्माण क्षेत्रमा आधुनिक मसिनरीहरु भित्र्याई निर्माण कार्यहरु सहज र सुलभ बनाउँदै आएको युहिमले विश्वविख्यात निर्माण कम्पनीहरु जस्तै सन्वार्ड, सिनोम्याक र नियोसेनका निर्माण उपकरणहरुः एक्सकाभेटर, ग्रेडर र ब्रेकर आयात गर्दै आएको छ । यूहिमले आयात गर्ने सनवार्ड र सिनोम्याक कम्पनीका उपकरणहरुमा जापान, जर्मनी, साउथ कोरियामा उत्पादन भएको अन्तर्राष्ट्रिय स्तरको इन्जिन र स्पेयर पार्टस्हरुको प्रयोग हुन्छ जुन ह्युण्डाई, कोमात्सु जस्ता कम्पनीहरुमा समेत हुने गर्दछ । नेपाली समुदायको मानसपटलमा चाईनिज उपकरणहरु कमसल हुने धारणालाई अनुचित तथा गलत साबित गर्दै अन्तर्राष्ट्रिय स्तरका उपकरणहरुको उत्पादन गर्दै सदैव ग्राहकवर्गको विश्वास जित्न तत्पर रहि आएको छ । क्याटरपिल्लर, कोमात्सु, कोबेल्कोजस्ता प्रतिष्ठित कम्पनीहरुको एकमात्रप्रतिस्पर्धी कम्पनी रहेको यूहिमले निर्माण उपकरणहरुको गुणस्तर, प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता गर्ने गरेको छैन । ए क्लास, बी क्लास कन्ट्र्याक्टर, विदेशी कन्ट्र्याक्टरहरुका साथै हाईड्रोपावरहरुका लागि लक्षित गरिएका यी निर्माण उपकरणहरु धादिङ, बुटवल, कपिलवस्तु, सिन्धुली, काभ्रे, रामेछाप, सोलुखुम्बु, चितवन, हेटौँडा, संखुवासभा, ओखलढुंगा, ताप्लेजुङ, आदि साईटहरुमा सफलतापूर्वक संचालन हुँदै आएको छ । यूहिमले धुम्बाराहीस्थित हेडक्वाटरमा खरीदपछिको सर्भिस, पार्टस्हरु सहजताका साथ उपलब्ध गराउनुका साथसाथै ग्राहकका लागि अन्य सेवाग्राहीको व्यवस्था र भैरहवामा पनि ब्रान्च कम्पनीको विस्तार गरिसकेको छ ।

साताको शेयर बजारः दुई अर्ब ५६ करोडको कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक ३७ विन्दुले बढेको छ । साताभर नै बजारले उकालोको यात्रा तय गर्यो । कूल १७३ कम्पनीका ८२ लाख ५४ हजार ९३३ कित्ता शेयर दुई अर्ब ५६ करोड ७४ लाख ८० हजार १९७ रुपैयाँ मूल्यमा खरिदबिक्री भए । कारोवारका आधारमा दुई अर्ब रुपैयाँ माथि पुगेको छ । पछिल्ला दिनमा नेप्सेले उकालोको यात्रा तय गर्दा शेयर लगानीकर्तामा समेत एक प्रकारको उत्साह पैदा भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से कारोवारको शुरुआती दिनदेखि नै उकालोको यात्रा तय गरेको थियो । साताको पहिलो दिन नेप्से परिसूचक ३.४५ विन्दुले बढेर एक हजार १३५.३७ विन्दुमा पुगेको थियो । कूल १७१ कम्पनीका नौ लाख ८७ हजार ७३९ कित्ता शेयर २८ करोड ७५ लाख २७ हजार ८२५ रुपैयाँमा खरिदबिक्री भए । यस्तै साताको दोस्रो दिन सोमबार नेप्से १३.५१ विन्दुले बढेर एक हजार १४८.८९ मा पुग्यो । सो दिन कूल १७३ कम्पनीको १४ लाख ५९ हजार ७०० कित्ता शेयर ४६ करोड ४२ लाख २० हजार ३९२ मूल्यमा खरिदबिक्री भए । उकालोको यात्रा तय गरेको नेप्सेले मङ्गलबार पनि सोही गति पछ्यायो । सो दिन नेप्सेमा २.४८ विन्दुले सुधार भई एक हजार १५१.३६ विन्दुमा पुग्यो । कूल १७० कम्पनीको १६ लाख ६१ हजार ८२८ कित्ता शेयर ५० करोड तीन लाख २८ हजार ९१५ रुपैयाँमा खरिदबिक्री भए । बुधबार नेप्से परिसूचक १० अङ्कले बढ्यो । कूल १०।११ अङ्कले बढेर एक हजार १६१.४७ मा नेप्से पुग्दा कूल १७३ कम्पनीको २० लाख ४३ हजार ६०५ कित्ता शेयर ५५ करोड १३ लाख ७७ हजार ८५२ रुपैयाँमा खरिदबिक्री भए । यस्तै साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भई बजार बन्द भयो । सो दिन नेप्से ११।१७ अङ्कले बढेर नेप्से एक हजार १७२.६४ पुग्यो । परिसूचक बढेसँगै कारोवार रकममा पनि बढोत्तरी भयो । कूल १६८ कम्पनीका २१ लाख दुई हजार ६१ कित्ता शेयर ७६ करोड ४० लाख २५ लाख २१३ रुपैयाँमा खरिदबिक्री भए । रासस