युनाईटेड फाईनान्सले एकैसाथ सञ्चालनमा ल्यायो ७ नयाँ शाखा, संख्या बढेर २२ पुग्यो
काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले एकैसाथ ७ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । संस्थाले शुक्रबार मात्रै भैरहवा, हेटौडा, नीजगढ, बर्दिवास, जनकपुर, ईटहरी र धरानमा गरी ७ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । जसमध्ये भैरहवा शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले गरेका छन् । अन्य शाखाहरुको उद्घाटन नगरपालिकाका मेयर, उद्योग वाणिज्य संघका पदाधिकारी तथा संस्थाका संचालकहरुबाट सम्पन्न भएको संस्थाले जनाएको छ । यसका साथै फाइनान्सको शाखा संख्या हालसम्म २२ वटा पुगेको छ । त्यस्तै, पुँजी तथा शाखा संजालका हिसावले यस संस्था सबैभन्दा ठुलो फाइनान्स कम्पनी बन्न पुगेको विज्ञप्तिमा उल्लेख छ । सेवा संचालनको २५औं बर्षमा प्रवेश गरेको संस्थामा हालै मात्र भारतको प्रतिष्ठित मुथुत्त फाइनान्स रणनीतिक साझेदारको रुपमा भित्रिएको छ । फाइनान्सले २०७६ असोज मसान्तसम्म करीब ६ अर्ब ७० करोड रुपैयाँ निक्षेप तथा ६ अर्ब १४ करोड रुपैयाँ कर्जा परीचालन गरेको छ । संस्था गत आर्थिक बर्षको मुनाफाबाट ३ प्रतिशत बोनस शेयर तथा ७.५६ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको १६औं शाखा रुपन्देहीको खैरेनीमा, ५ नम्बर प्रदेशमा मात्रै ३ वटा सञ्चालनमा
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले आफ्नो १६औं शाखा रुपन्देहीको खैरेनीमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन सोही जिल्लाको देव दह नगरपालिका मेयर हिराबहादुर खत्रीले गरेका हुन् । खत्रीले यस संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको उपस्थितिमा उक्त शाखाको उद्घाटन गरेका हुन् । यससँगै प्रदेश नम्बर ५ मा मात्रै संस्थाको ३ वटा शाखा कार्यालयहरु संचालनमा आएको संस्थाले जनाएको छ । ललितपुरको हरिहर भवनमा प्रधान कार्यालय रहेको यस संस्थाले हाल प्रदेश नम्बर एकमा २ वटा शाखा कार्यालयहरु, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउन्टर, प्रदेश नम्बर तीनमा ६ वटा र अब प्रदेश नम्बर पाँचमा ३ वटा शाखा कार्यालयहरुबाट सेवा सुविधा दिने भएको छ ।
एनसेलकाे ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिगुले पाए २ लाख रूपैयाँ
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडकाे ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्र कुमार सिगुले २ लाख रूपैयाँ नगद पुरस्कार पाएका छन् । एनसेलले बिहीबार (मंसिर १९) एक कार्यक्रम माझ पाँचथरका सिगुलाई साे मात्राकाे नगद पुरस्कार हस्तान्तरण गरेको हाे । उनी यस योजना अन्तर्गत पहिलो हप्ताका पाँच विजयीहरु मध्ये एक हुन् । आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु २ लाख नगद र प्रत्येक महिना रु १० लाख नगद जित्ने मौका पाउँछन् । योजनाको पहिलो हप्ताका पाँच विजेता ग्राहकहरु मध्ये बिहीबार एक ग्राहक सिगुलाई एनसेल सेन्टर कुमारीपाटीबाट रु २ लाख नगद पुरस्कार ग्रहण गरेका छन् । पेशाले सिकर्मी रहेका सिगुले नगद पुरस्कार पाएर अत्यन्त खुसी व्यक्त गर्दै आफुले पाएको पुरस्कार रकमले आफ्नो बगुंर फार्ममा थप लगानी गर्ने बताए । यसैगरी, यस योजना अन्तर्गत दोस्रो हप्तामा विजयी भई प्रमाणिकरण भएका एक ग्राहकलाइ छिटै बिर्तामोडबाट रु २ लाख नगद हस्तानतरण गरिने छ । मंसिर १६ मा घोषणा गरिएका दोश्रो हप्ताका ५ भाग्यशाली विजयी मध्ये तीन विजयी ग्राहकहरु प्रमाणीकरण प्रक्रियामा रहेका छन् भने एक विजयी योजनाको सर्त बमोजिम अयोग्य ठहरिएकाले दोस्रो हप्तामा वितरण भएका कोडका आधारमा तेश्रो हप्ता उक्त ग्राहकको स्थानमा नयाँ भाग्यशाली ग्राहक छनोट गरिनेछ । एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ । ग्राहकहरुले रु १०० वा त्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक रु १०० बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले रु ३५० रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले रु ५०० रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् । यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ । यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेज मार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ । आवश्यक प्रक्रिया पुर्याई प्रत्येक हप्ताको शुक्रबार भित्र अघिल्लो हप्ताका विजयीहरुलाई नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।