पाटनकाे श्री भिमसेन मन्दिर पूनर्निर्माणमा हिमालयन बैंकको आर्थिक सहयोग
काठमाडौं । हिमालयन बैंक लिमिटेडले पाटन दरवार क्षेत्रमा अवस्थित श्री भिमसेन मन्दिरको पुनर्निर्माणको लागि ५ लाख रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७२ साल बैशाख महिनाको महाभुकम्पमा क्षतिग्रस्त भएको उक्त मन्दिरलाई सो मात्राको सहयोग गरेको हो । बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्ण लाल महर्जनलाई पाटन दरवार क्षेत्रमा आयोजित एक समारोहका बिच उक्त रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, ललितपुरका प्रतिष्ठित व्यापारीहरु तथा बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, सहायक महाप्रबन्धकहरुको उपस्थिति थियो । संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नो २५औ वार्षिकोत्सवको अवसरमा पाटन दरवार क्षेत्र तथा श्री कृष्ण मन्दिर पुनर्निर्माण गर्न १ करोड रुपैयाँ प्रदान गरेको थियो ।
बजाजको नयाँ शोरुम कैलालीमा, थ्रीएस सर्भिस दिने उद्देश्य
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले अत्तरिया, कैलालीमा नयाँ शोरुम “रुद्र अटोमोटिभस्” को शुभारम्भ गरेको छ । कम्पनीले ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्याउदै सधै अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउन उद्देश्यले उक्त शोरुम सञ्चालनमा ल्याएको हो । बजाज, नेपालकै सर्वाधिक बिक्री हुने विश्वाशीलो अटोमोबाइल ब्राण्डले ग्राहकहरुलाई खरिद गरेको सामाग्रीमा अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट देशभरका ग्राहकहरुलाई उच्चस्तरीय, विश्वस्त सेवा र अझै आधुनिक सुविधा सुनिश्चित गर्दै बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले भने, “कैलालीमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।” शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।
शाखा विस्तारमा आक्रमक बन्दै एनआईसी एशिया बैंक, काठमाडौंमा मात्रै एकैदिन ६ शाखा उद्घाटन
काठमाडौं । पछिल्लो समय एनआईसी एशिया बैंक शाखा विस्तारमा आक्रमक बन्दै आएको छ । बैंकले सोमबार मात्रै काठमाडौंमा ६ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । बैंकले काठमाडौंको बोहोराटार, खसीबजार, माछापोखरी, नरेफाँट, पुतलीसडक र स्वयम्भूमा नयाँ शाखा विस्तार गरी उद्घाटन गरेको हाे । बोहोराटार शाखाको उद्घाटन स्थानीय टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष कालिका प्रसाद घिमिरेले गरेको छन् । खसीबजार शाखाको उद्घाटन सोही वडाका वडा अध्यक्ष शोभा सापकोटाले, माछापोखरी शाखाको सोही वडाका वडा अध्यक्ष मुकुन्द रिजालले, नरेफाँट शाखाको उद्घाटन सोही वडाका वडा अध्यक्ष नवराज पराजुलीले गरेका छन् । त्यस्तै, पुतलीसडक शाखाको सोही वडाका वडा अध्यक्ष भाइ राम खड्गीले र स्वयम्भू शाखाको सोही वडाका वडा अध्यक्ष प्रेमलाल श्रेष्ठले एक समारोहकाबीच उद्घाटन गरेका छन् । यी सबै शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सजिलो हुने बैंककाे विश्वास छ । हाल बैंकको ३११ शाखा कार्यालयहरु, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । यसका साथै, मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।