भायानेटले ल्यायाे ‘ट्रिपल ट्वान्टी अफर’, पुस २९ गतेसम्म लागू हुने

काठमाडौं । नयाँ वर्ष २०२० को अवसरमा भायानेटले “ट्रिपल ट्वान्टी अफर” अफर ल्याएको छ । ग्राहकहरुका लागि ल्याएको उक्त अफर आगामी पुस २९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । भायानेटले ग्राहकहरु लागि २० एमबीपीएसको नयाँ इन्टरनेट प्लान ल्याएको हो । यो नयाँ इन्ट्री-लेबलको प्लान सीमित अवधिका लागि वार्षिक ११ हजार ४ सय रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । जसमा २५० प्लस च्यानलहरु भएको नेट टिभी निःशुल्क पाइनेका साथै जडान शुल्कमा एक हजार रुपैयाँ छुट पाइने भायानेटले जानकारी दिएको छ । भायानेटले बजारमा आएको २० वर्ष पनि मनाइरहेकोले उक्त “ट्रिपल ट्वान्टी अफर” ल्याएको हो । त्यसैले यस अफर नयाँ ग्राहकको लागि लाभदायक हुने रहेछ ।

सिद्धार्थ बैंकले काठमाडौंसहित १० स्थानमा सम्पन्न गर्यो रक्तदान कार्यक्रम

काठमाडौं । सिद्धार्थ बैंकले नेपालका विभिन्न १० स्थानहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा पुस ११ गतेदेखि पुस १६ गतेसम्म उक्त ठाउँहरुमा रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । बैंकले विराटनगर, दमक, भरतपुर, जनकपुर, हेटाैंडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा सप्ताहव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकका उच्च व्यवस्थापन तहका कर्मचारी लगाएत अधिकांश कर्मचारी, ग्राहकवर्ग तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको उक्त रक्तदान कार्यक्रममा ४ सय ९८ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । यस कार्यक्रमबाट देशमा विद्यमान रक्त अभावलाई केहि हदसम्म भए पनि सहज हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल १७८ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९७ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

५७ वर्षको विरासत बोकेको साल्ट ट्रेडिङ अब शुद्ध तोरीको तेल उत्पादन र एसएसपी मल बिक्रीमा

काठमाडौं । ५७ वर्षको व्यापारिक अनुभव बोकेको साल्ट ट्रेडिङ कर्पाेरेशनले शुद्ध तोरीको तेल उत्पादन गर्ने भएको छ । बजारमा तोरी तेलको माग धेरै रहेकोले गुणस्तरीय तेल उत्पादन गर्न लागिएको कर्पाेरेशनको भनाइ छ । तोरीको तेल उत्पादनका लागि हेटौडामा प्लाण्ट स्थापना गरिएको कर्पाेरेशनका डिभिजनल म्यानेजर ब्रजेशकुमार झाले जानकारी दिए । हेटौडामा प्लाण्ट स्थापनाका लागि काम भइरहेको छ । तेल उत्पादनमा प्रयोग हुने मेसिन आयात भइसकेको छ । ‘उत्पादन विविधिकरण र बजारको आवश्यकता पूरा गर्नको लागि शुद्ध तोरीको तेल उत्पादन गर्ने अभियानमा लागेका छौं, यसैको लागि हेटौडामा प्लाण्ट राख्ने काम भइरहेको छ,’ म्यानेजर झाले विकासन्यूजसँग भने । एसएसपी मल बिक्री गर्ने कर्पाेरेशनले रासायनिक मल आयात गरेर बिक्री गर्दै आएको छ । अहिलेसम्म नेपालमा युरिया, डीएपी र पोटाम मलको बिक्री वितरण हुने गरेको थियो । तर, नियम उत्पादन वृद्धि गर्ने नयाँ प्रविधि प्रयोग भएको मल आयात गरेर बिक्री गर्ने तयारीमा छ । भारतबाट युरिया, डीएपी र पोटासको आवश्यक परिमाण राखिएको एसएसपी मल आयात गरेर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइएको झाले जानकारी दिए । ‘रासायनिक मलको प्रयोगले जमिनको उत्पादन क्षमता घट्यो भन्ने गुनासो पनि छ, हामीले ल्याउन लागेको एसएसपी मलले माटोको उर्वराशक्ति कम गर्ने होइन, बढाउँछ, २० वर्ष अघि जमिनमा जे जस्तो उत्पादन हुन्थ्यो, एसएसपी मलको प्रयोगले त्यस्तै उत्पादनहुन्छ,’ डिभिजनल म्यानेजर झाले भने । बनस्पति घ्यू पुनः उत्पादनको लक्ष्य कर्पाेरेशनले बनस्पति घ्यू उत्पादनको फेरि सुरु गर्ने तयारी गरेको छ । यसअघि पनि कर्पाेरेशनले बनस्पति घ्यू उत्पादन गर्ने गथ्र्याे । तर, बनपस्पति घ्यू उत्पादनमा निजी क्षेत्रको पनि व्यापक उपस्थिति भएपछि अवस्थ्य प्रतिस्पर्धाका कारण केही निजी उद्योगसँगै कर्पाेरेशनको उत्पादन पनि बन्द भएको थियो । बनस्पति घ्यू उत्पादन गर्ने प्लाण्ट हेटौडाको औद्योगिक क्षेत्रमा राखिएको थियो । अहिले पनि प्लाण्ट हेटौडामा नै छ । तर, घ्यू उत्पादन भने रोकिएको छ । अब नयाँ अत्याधुनिक मेसिन ल्याएर बनस्पति घ्यू उत्पादन गर्ने तयारी कर्पाेरेशनको छ । व्यापारमा ५७ वर्षको विरासत ५७ वर्षअघि अर्थात २०२० सालमा सर्वसाधारणलाई सस्तो मूल्य र सहज रुपमामा उपभोग्य वस्तु बिक्री गर्ने लक्ष्य लिएर साल्ट ट्रेडिङ कर्पाेरेशनको स्थापना भएको थियो । तत्कालीन राजा महेन्द्रको निर्देशनमा २०२० सालमा स्थापना भएको कर्पाेरेशन अहिले सर्वसाधरणको घरदैलोमा पुगेको छ । कर्पाेरेशनले सुरुमा नुन बिक्रीका हात हाल्यो । सन् १९६५ मा युनिसेफ, विश्व स्वास्थ्य संगठन जस्ता अन्तराष्ट्रिय संस्थाहरुसमेतको संलग्नतामा भएको अध्ययनले ५५ प्रतिशत नेपालीमा आयोडिनको कमी भएको देखायो । नुनमा आयोडिन मिसाएर बेच्ने र त्यसैको माध्यमबाट आयोडिन कमीको आवश्यकता परिपूर्ति गर्ने लक्ष्य सरकारले बनायो । र, नुन बेच्ने जिम्मा थियो–साल्ट ट्रेडिङ कर्पाेरेशनकै । ब्रजेशकुमार झा आयोडिनको कमीले सर्वसाधारणमा गलगाँढको समस्या भयावह थियो । सरकारले आयोडिनको कमी कम गर्न नूनमा आयोडिन मिसाएर बिक्री वितरण गर्ने योजना बनायो । त्यो योजना कार्यान्वयन गर्ने प्रभावकारी माध्यमको रुपमा कर्पाेरेशन आएको थियो । कर्पाेरेशनले नै आयोडिन मिसाइएको नुन बिक्री गर्ने जिम्मा पायो । आयोडिनयुक्त नुनकै कारण अहिले नेपालीमा आयोडिन कमीको समस्या छैन भनिन्छ । कर्पाेरेशनले स्थापनाकालमा राजधानीलगायत देशका प्रमुख नाकाहरु वीरगञ्ज र भैरहवाबाट करोबार सुरु गरेको थियो । मौसम, परिवेश, समय रुचि जस्ता कुराहरुले उपभोक्ताको चाहना परिवर्तन गर्छ । उपभोक्ताको चाहनामा आएको परिवर्तनलाई सम्बोधन गर्न सक्ने गरी उत्पादक र बिक्रेताले आफ्नो उत्पादनको स्वरुप र ढाँचा पनि परिवर्तन गर्न सक्नुपर्छ । यसैकारण कर्पाेरेशन पनि आवश्यक र बजारको माग अनुसार आफ्नो शैली र ढाँचा परिवर्तन गर्दै आएको छ । कुशल व्यवस्थापनका कारण साल्ट ट्रेडिङ पछिल्लो समय नयाँ गति र उचाइमा पुगेकोे छ । संस्थाले लामो फड्को मारेको छ । साल्ट ट्रेडिङको वर्तमान संरचना सार्वजनिक–निजी–साझेदारी (पीपीपी) को नमूना पनि बनेको छ । गुणस्तरीय नून र खाद्यपदार्थको बिक्री वितरणको परम्परागत ढाँचामा परिवर्तन गरी विविधीकरणको व्यापार थालेको छ । अहिले कृषि विकास केन्द्रमार्फत देशका झण्डै एक चौथाई किसानहरूलाई मल–खाद्य, वीउ–विजन, कृषि औजार पनि उपलब्ध गराउन थालेको छ । यसले आधुनिक कृषिको विकास र बाली विविधीकरणमा बल पुग्ने निश्चित छ । साल्ट ट्रेडिङले गुणस्तरयुक्त र सुपथ मूल्यमा आयोडिनयुक्त नून, चिनी, घ्यू, तेल, मैदा, पिठो, सुजी, चामल दालजस्ता खाद्य सामग्री बिक्री गरिरहेको छ । यस्तै, सरकारी अनुदानको मल, गैरअनुदानको मल, खाद्यान्न, गेडागुडी, खाना पकाउने ग्यास जस्ता दैनिक उपभोग्य वस्तुहरुको बिक्री वितरण पनि गर्दै आएको छ ।