सिद्धार्थ बैंकद्धारा निःशुल्क क्यान्सर जाँच शिविर
काठमाडौं । सिद्धार्थ बैंकले अन्नपुर्ण मिसाःपुचः र नेपाल क्यान्सर केयर फाउण्डेसनसँग सहकार्य गर्दै निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संयुक्त रुपमा आयोजना गरेको छ । बैंकले माघ ४ गते शनिबार काठमाडौं जिल्लाको ज्याठा, वडा नं २७ मा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा ९४ जना महिलाको पाठेघर परिक्षण गरिएको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जानेछ । हाल बैंकले १८० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०० एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
एनएमबि बैंकको धनगढी शाखा स्थानान्तरण
काठमाडौं । एनएमबि बैंक लिमिटेडले चौराहास्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ । उक्त कार्यालयको उद्घाटन बैंकका सञ्चालक राजेन्द्र काफ्ले तथा प्रदिपराज पाण्डेले गरेका हुन् । “सुदूर पश्चिममा अवस्थित उक्त प्रदेशका शाखाहरुमा सहजता प्रदान गर्न र विकासका अवसरहरुको सिर्जना गरी सबै क्षेत्र र वर्गसम्म बैकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले उक्त प्रदेश कार्यालयको स्थापना गरिएको हो”, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । बैंकले हाल १६३ शाखा, १३१ एटीएम, ५ एक्सटेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको छ ।
रिचार्जरले बिगसेल २०२० ल्याउँदै, विभिन्न अफर पाइने
काठमाडाैं । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै जनवरी २० का दिन मोबाइल एप रिचार्जरमा बिगसेल २०२० सञ्चालन हुँदैछ । उक्त दिन रिचार्जरले नेपाली बजारमा अहिले सम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउँदैछ । भ्रमण वर्ष सचिवालयको आधिकारिक ई कमर्श प्लेटफर्म समेत रहेको रिचार्जरमा जनवरी २० का दिन राती १२ बजेदेखि बिगसेल चल्नेछ । ह्याप्पीआवर अन्तरगत प्रत्येक घण्टाको अन्तरमा २०२० रुपैंयामा एक्स्क्लुसिभ अफरहरु उपलब्ध हुने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । उनले भने, ‘रिचार्जरको सञ्जाल बढाउने अभियानमा प्रयोगकर्ताहरुलाई हामी बजारको तुलनामा सस्तोमा वस्तु तथा सेवाहरु उपलब्ध गराउँदै छौं । रिचार्जरको मोबाइलएप डाउनलोड गरी खाता सञ्चालन गरी अफरबाट लाभान्वित हुन अनुरोध गर्दछु ।’ बिगसेलमामेगा डिल अन्तरगत ६० प्रतिशत सम्मको छुटमा वस्तु तथा सेवाहरु पाइनुका साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउण्ट पनिपाउन सकिन्छ । विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर अन्तर्गत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने छन् । भ्रमण वर्ष २०२० सचिवालयसँगको सहकार्यमा रिचार्जरले तीन वटा नयाँ प्रोडक्ट तथा सर्भिस पनि ल्याउँदैछ । जसमा डोमेस्टिक टूर प्याकेज, सोभिनियर्ज आइटम (नेपाली हस्तकलाका उत्पादन) र २४ सेभेन फूड सर्भिसमा एक्साइटिङ अफरहरु उपलब्ध हुनेछन् । जसमा२४ सेभेन फूड सर्भिस भने जनवरी २५ देखि मात्र सुरु हुनेछ ।