सिजीको जुनसुकै सामान किन्दा २० प्रतिशत छुट
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीको कुनै पनि घरायसी सामान किन्दा ग्राहकले २० प्रतिशतसम्मको छुट पाउने भएका छन् । सिजीले पुस १२ गतेदेखि १८ गतेसम्म सीमित अवधिको लागि मात्र सामान खरिद गर्ने ग्राहकलाई सो मात्राको छुट दिने भएको छ । उक्त योजना पोखराको न्यूरोडस्थित डिजिटल साउण्ड एण्ड भिजन नामक डिलरको पसलमा मात्र लागू गरिएको छ । साथै यो योजना भरि उक्त पसलमा विभिन्न किसिमका रमाईला कार्यक्रम पनि हुने रहेको छ । उक्त कार्यक्रममा सहभागि भई ग्राहकले विभिन्न किसिममा आकर्षक उपहारहरु पनि सित्तैमा प्राप्त गर्न सक्नेछन् ।
हुन्डाई भेन्यु डिजिटल अभियानका पाँच विजेताको नाम घोषणा, दुईले जिते डोमेस्टिक र इन्टरनेसनल ट्रिपको प्याकेज
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोजना गरेको हुन्डाई भेन्यु डिजिटिल अभियानका पाँच भाग्यशाली विजेताहरुको नाम घोषणा गरेको छ । जसमध्ये लक्की ड्र मार्फत दुई भाग्यशाली विजेता छानिएका छन् । छानिएका दुई भाग्यशाली विजेता मध्ये करिम खानले धुलिखेलको डोमेस्टिक ट्रिप र बलराम विष्टले थाइल्याण्डको इन्टरनेसनल ट्रिपको प्याकेज जितेका छन् । त्यस्तै, बसन्त कुमार श्रेष्ठ,सुमन राज रिजाल र ईन्द्र बहादुर सुनुवार तीन भाग्यशाली विजेता बन्न सफल भएका छन् । विजेताहरुले आफ्ना जोडिका लागि पोखरा/ चितवन/नगरकोट/धुलिखेलमा डोमेस्टिक ट्रिप जितेका छन् । हुन्डाई भेन्युको प्रवर्धनका लागि आयोजना गरिएको अभियानमा ‘ स्पट दि भेन्यु’ र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ दुई प्रतियोगिताहरु मध्ये ‘स्पट दि भेन्यु’ मा १ सय ६ प्रतियोगीहरु र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ मा ७ सय १६ प्रतियोगीहरुले सहभागिता जनाएका थिए । स्पट भेन्यु खुला प्रतियोगिता थियो जसमा कुनै पनि व्यक्तिले हुन्डाई भेन्युका साथमा आफ्नो तस्विर लिई फेसबुकमा पब्लिक बनाई पोष्ट गर्नुपर्ने थियो । सो पोष्टमा अनिवार्य रुपमा ह्याज हुन्डाइ, ह्याज इन्टरनेशनल डेस्टिनेशन (सिंगापुर /मलेसिया /थाइल्याण्ड/ दुबई) र ह्याज डोमेस्टिक डेस्टिनेसन मा ( पोखरा /चितवन /नगरकोट /धुलिखेल) उल्लेख गर्नुपर्ने थियो । त्यसरी नै टेष्ट ड्राइभ भेन्यु एण्ड वीन प्रतियोगिता अन्तर्गत प्रतियोगीहरुले नेपालभरी रहेको कुनै पनि हुन्डाईको शोरुममा गई टेष्ट ड्राइभ गरेर सहभागिता जनाएका थिए । हुन्डाई भेन्युको २२ अगस्ट २०१९ मा नेपालमा विक्री वितरण शुरु गरिएको थियो । अटोमोवईल बजारमा राम्रो पकड भएको हुन्डाई भेन्युले हालै आयोजित आईसीओटि. वाई २०२० को अन्तर्गत भारतीय कार अफ दि ईयर अवार्ड पनि प्राप्त गरेको छ ।
रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच इकमर्श सम्झौता
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने सन्दर्भमा मोबाइलएप रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबीच सम्झौता भएको छ । एउटै प्लेटफर्मबाट विभिन्न किसिमका सेवा दिँदै आएको रिचार्जरलाई नेपाल भ्रमण वर्ष २०२० को इकमर्श पार्टनर बनाउने सन्दर्भमा सम्झौता भएको हो । सम्झौतापत्रमा रिचार्जरका तर्फबाट ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडर तथा नेपाल भ्रमण वर्ष २०२० सचिवालय सदस्य बच्चु नारायण श्रेष्ठले सम्झौता गरेका छन् । सम्झौताअनुसार रिचार्जरले आफ्नो व्यवसायिकअभियानका दौरान भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने किसिमका प्रवद्र्धनात्मकअभियान सञ्चालन गर्नेछ । भ्रमण वर्षलाई प्रवर्दन गर्ने योजना समेट्दै रिचार्जरले विभिन्न किसिमका अफर तथा इभेण्टहरुको आयोजना गर्नेछ । यसका लागि भ्रमण वर्ष सचिवालयले आवश्यक सहकार्य गर्नेछ । सम्झौतासँगै रिचार्जरले सचिवालयसँगको सहकार्यमा रिचार्जर बिग सेल २०२० को सुरुवात गर्दैछ । सोमबार साँझ पर्यटनमन्त्री योगेश भट्टराईले एक कार्यक्रमका बीच उक्त अभियानको सुरुवात गर्दैछन् । अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस् भन्ने नारा सहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकैस्थानमा उपलब्ध गराउँदै आएको छ । रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामानखरिद गर्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ । सेवा र किनमेलकालागि उपयोगी रिचार्जरमा ७० प्रतिशतसम्मको छुटमा सामानहरु किन्न सकिन्छ । त्यसैगरी विभिन्न बैंकहरुसँगको सहकार्यमा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा ग्याजेट, ईलोक्ट्रोनिक्स, टुर प्याकेज, फर्निचर लगायतका घरायसी उपयोगका सामानहरु पनिकिन्न सकिन्छ ।