टोयोटा मोटर्सको डिलर्स मिट सम्पन्न

काठमाडौं । टोयोटा मोटर्सका एकमात्र आधिकारिक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट (यू .टि .एस) द्वारा आयोजित टोयोटाको आधिकारिक डिलर भेला सम्पन्न भएको छ । उक्त मिट गत सोमबार पोखरास्थित होटल बाराहीमा सम्पन्न भएको हो । उक्त बैठकमा यू .टि .एस की प्रबन्ध निर्देशक रीतु वैद्य लगायत देशभरका टोयोटा थ्री एस डिलरहरुले सहभागिता जनाएका थिए । उक्त भेलाको उद्देश्य यूटिएसले वर्षौँदेखि ग्राहकहरुलाई प्रदान गर्दै आएको टोयोटाका सवारीहरुको बिक्री र सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउनु रहेको थियो । ग्राहक वर्गमाझ सर्वाधिक रुपमा लोकप्रिय रहेको ब्राण्ड टोयोटाले नेपालमा विगत ५० वर्षभन्दा बढी समय देखि विभिन्न मोडलका सवारीहरु बिक्री वितरण गर्दै आएको छ ।

मेगा बैंकद्वारा धापासीमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । मेगा बैंक नेपालले काठमाडौंको धापासीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकिङ साक्षरता अभियान संचालन गर्ने क्रममा बैंकले माई युथ क्लवसँगको सहकार्यमा काठमाडौंको धापासीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मेगा बैंककी दायित्व विभाग प्रमुख जेनु थापा, बचत निक्षेप विभागका इन्चार्ज सुजन पोखरेल, मोनिल थापा लगायतले वित्तीय साक्षरता सम्बन्धी कक्षा लिएका थिए । कार्यक्रममा मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा जानकारी गराइएको थियो ।

कैलाश विकास बैंकले कर्णाली प्रदेशका विद्यार्थीलाई दियो छात्रवृत्ति

काठमाडौं । कैलाश विकास बैंकले कर्णाली प्रदेशको कालीकोट जिल्लाका सामुदायीक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको छ । बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालीकोटको पहलमा कालीकोट जिल्लाका सामुदायीक विद्यालयहरुबाट एस.ई.ई परीक्षामा उत्कृष्ट अंक ल्याएका गरिब, जेहन्दार, आर्थिक अवस्था दयनिय भएका र आगलागी पीडित परिवारका केही विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त छात्रवृत्ती प्रदान गरेको हो । यसबाट पैसाको अभावले उच्च शिक्षा अध्ययनबाट वञ्चीत हुनु पर्ने अवस्थाका विद्यार्थीलाई केही मात्रामा भए पनि सहयोग हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए । १०२ शाखा र ४० वटा एटिएम मार्फत देशभरी वित्तीय सेवा विस्तार गरेको बैकको चुक्ता पुँजी झण्डै तीन अर्बको हाराहारीमा पुगेको छ । यस बैंकले हालसम्म ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । अब केही दिनमै प्राईम कमर्सियल बैंकसँग एकिकृत कारोवारको तयारीमा रहेको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोवाईल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, शेयर लगानीकर्ताहरुको लागि सि-आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।