‘नाडा अटो शो’ मा स्काइवेल गाडी बुकिङ गर्दा सपरिवार युरोप जान पाइने
काठमाडौं । मंगलबारदेखि सुरु हुने ‘नाडा अटो शो २०२५’ मा स्काइवेलका गाडी बुकिङ गर्ने ग्राहकले सपरिवार युरोप भ्रमणको अवसर पाउने भएका छन् । स्काइवेलका लागि नेपालमा आधिकारिक वितरक जी मोटर्स प्रालिले ‘युरोप टुर फर फ्यामिली’ नामक अफर ल्याएको हो । कम्पनीका अनुसार अटो शो अवधिमा बुकिङ गर्ने ग्राहकले युरोप भ्रमणको पूर्ण प्याकेज प्राप्त गर्नुका साथै युरोपमै स्काइवेल गाडीको टेस्ट ड्राइभ गर्ने अवसर पनि पाउनेछन् । स्काइवेलको स्टल ‘एच १२’ मा गई गाडी बुकिङ गर्दा यो अफर उपलब्ध हुनेछ । यसबाहेक प्रत्येक गाडी बुकिङमा ग्राहकलाई आकर्षक ‘डायमण्ड नेकलेस’ उपहार दिइनेछ भने एकजना भाग्यशाली विजेताले रोलेक्स घडी जित्ने अवसर पनि पाउनेछन् । कम्पनीले अन्य विभिन्न बोनस अफरहरू समेत उपलब्ध गराउने जनाएको छ । यस्तै ग्राहकलाई ८० प्रतिशतसम्मको फाइनान्स सुविधा उपलब्ध गराइएको कम्पनीको भनाइ छ । साथै, पहिलो वर्षको सवारी कर कम्पनीले नै तिर्ने व्यवस्था गरिएको छ ।
दिपलको उड्ने ट्याक्सी नाडा अटो शोमा प्रधानमन्त्रीले सार्वजनिक गर्ने
काठमाडौं । मंगलबारबाट सुरु हुने नाडा अटो सो २०२५ मा दिपलको उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् । एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङलाई नाडा अटो शोमा प्रदर्शनीमा राख्न लागेको हो । एमएडब्लु वृद्धिले नेपालमै पहिलो पटक मानव आकारको ह्युमनोइड रोबोटहरु पनि प्रदर्शनीमा राख्नेछ जसले आगन्तुहरुसँग प्रत्यक्ष संवाद गर्दे मानिसहरुको जस्तो गतिविधि र संसार गर्नेछन् । यी नविनतम् प्रविधिले नाडा अटो सोलाई एउटा अटोमोबाइल प्रदर्शनीमा मात्र नभई एउटा नयाँ युगको आगमनको उत्सव बनाउनेछ । कम्पनीका अनुसार नयाँ प्रविधिहरुसँगै नाडा अटो सोमा दिपल तथा अवतारका फ्युचरिस्टिक कारहरु दिपल एस०५, एस०७ आईसीए, ई०७ र अल्ट्राप्रिमियम अवतार ११ प्रदर्शनीमा राखिनेछन् । गत साता नेपालमा धमाकेदाररुपमा सार्वजनिक भएको दिपल एस०५ ले केही दिनमै अत्याधिक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । लक्जरी, स्टाइल र टेक्नोलोजीको विशिष्ट सम्मीश्रणकै कारण यो नयाँ एसयुभी लोकप्रिय बन्न पुगेको हो । नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलका सबै इभीहरु नाडाको एवान र एटु स्टलमा प्रत्यक्ष रुपमा अनुभव गर्न सकिनेछ । नाडा अटो सो सधैं नयाँ प्रविधि प्रदर्शन गर्ने मञ्च रहँदै आएको छ । 'यस वर्ष प्रधानमन्त्रीज्यूबाटै नेपालको पहिलो उड्ने ट्याक्सी सार्वजनिक हुनु स्वंयमा एउटा ऐतिहासिक उपलब्ध हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘उड्ने कार, ह्युमनोइड रोबोट र दिपलका डिस्रप्टिक इभी लाइनअपलाई प्रदर्शनमा राखेर हामीले नेपालको मोबिलिटीको भविष्यलाई पुनपरिभाषित गर्दैछौं ।’
ह्युन्डाई नेपालद्वारा ‘दशैं-तिहार, १० गुणा उपहार’ अफर, १० लाखसम्म जित्ने अवसर
काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आगामी दशैं–तिहारलाई लक्षित गर्दै 'दशैं-तिहार, १० गुणा उपहार' अफर घोषणा गरेको छ । यस अफर अन्तर्गत, ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्म थप छुट जित्ने अवसर पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । ग्राहकहरूलाई थप प्रोत्साहन स्वरूप २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर समेत प्रदान गरिनेछ । यस्तै, हरेक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध हुने जनाएको छ । कम्पनीका अनुसार यसले ह्युन्डाई ब्रान्डको गुणस्तर, भरपर्दोपन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता झल्काउँछ । भदौ २ गतेदेखि लागू हुने यो अफरमार्फत कम्पनीले सबै अटोप्रेमी र सम्भावित ग्राहकलाई नजिकैको ह्युन्डाई शोरुममा पुगेर विशेष अफरको लाभ लिन आमन्त्रण गरेको छ ।