नाडा अटो शोमा महिन्द्राका दुई नयाँ सहित ४ गाडी प्रदर्शनी हुने

काठमाडौं । नाडा अटो शोमा महिन्द्राले २ वटा नयाँ गाडी सहित ४ वटा गाडीहरु शोकेस गर्ने भएको छ । महिन्द्रा एण्ड महिन्द्राको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटले यही भदौ १० गते देखि शुरु हुने नाडा अटो शोमा बहुप्रतिक्षित एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो सहित टीयूभी ३०० र स्कर्पीयो पिकअप शोकेसमा राख्ने जनाएको हो । यस पटकको अटो शोमा महिन्द्राको सब फोर मिटर एसयूभी एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो विशेष आकर्षणको रुपमा रहनेछ । भारतीय बजारमा अध्याधिक रुचाइएको सबकम्प्याक्ट एक्सयूभी ३०० कम्पनीको लेटेस्ट डिजाइन र अध्याधुनीक सैग्मेन्ट फस्ट थूप्रै विशेषतासहित आएको यङ्ग एसयूभी हो । यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । एक्सयूभी ३०० मा थुप्रै सेग्मेन्ट फस्ट सेफ्टी फिचर समेत दिइएको छ । यसका साथै यसको ‘सिक्स स्पिड ट्रान्समिसन’ प्रणालीले कुशलापूर्वक इन्जिनको शक्ति उपयोग गर्छ र व्यापक सञ्चालनका तहहरूमा टर्क उपलब्ध गराइ रोमाञ्चकता प्रदान गर्ने कुरालाई सुनिश्चित गर्छ । सात एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० निकै सुरक्षीत गाडी बनेको छ । नयाँ एसयूभी १.२ लि टर्बो पेट्रोल इन्जिन जसमा ८१ केडब्लू (११० बीएचपी) पावर र २०० एनएम टर्क र १.५ लि टर्बो डिजल इन्जिन जसमा विद्युतीय भेरिएबल जिओमेट्री चार्टरसहित ८५.८ केडब्लू (११५ बीएचपी) पावर र ३०० एनएम टर्क गरी दुईवटा इन्जिन अफ्सनमा उपलब्ध रहने छ । एक्सयूभी ३०० कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वक सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ । त्यस्तै महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल हो, जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ । यो गाडि सार्क माछाबाट प्रेरित भएर बनाइएको एक आधुनिक मल्टि पर्पोज भेहिकल (एमपीभी) हो । होटल, ट्राभल एजेन्सी र फेमिली कारको रुपमा समेत प्रयोग हुन सकिने यो एमपीभी आधुनिक फिचरहरुले सुसज्जित रहेको कम्पनीले जनाएको छ । मराजोका सबै भेरिएन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिष्ट, स्टायडर्ड फिचरको रुपमा दुईवटा एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचरहरू रहेको छ । मराजो कारको क्याविनको छतमा एयर कन्डिसनिङ्ग भेन्ट सिस्टम रहेकोले पछाडि बस्ने यात्रुहरुलाई पनि एसिको हावा सजिलै पुग्नेछ । यो एमपीभीको सेन्टर कन्सोलमा ठूलो टचस्क्रिन सहितको इन्फोटेनमेन्ट सिस्टम रहेको छ । गाडीमा थ्री–स्पोक स्टेयरिङ्ग ह्वील रहेको छ, जसमा अडियो, ब्लू–टुथ टेलेफोर्निक र क्रूज कन्ट्रोलको सुविधा रहेको छ । महिन्द्रा मराजोमा नयाँ १.५ लिटरको ४ सिलिन्डर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका पिकअप मध्येको सबैभन्दा सफल पिकअप हो महिन्द्रा स्कर्पियो । अफरोड वा एडभेन्चर यात्राका लागि पिकअप एकदमै उपयोगी हुन्छ । किनकी पिकअपमा यात्रृका लागि आरामदायी सिटका साथै सामान राख्नका लागि पछाडिको भागमा ठूलो स्पेस रहेको हुन्छ । महिन्द्राको स्कर्पियो पिकअपमा सबै चक्कामा बराबर पावर डिष्ट्रिव्युट भएर गुड्ने भएकाले केही सामानसहित धेरै अफरोड यात्रा गर्नेहरु माझ लोकप्रिय भएको छ । स्कर्पियोको प्लेटफर्ममा बनेको महिन्द्रा पिकअपमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिन रहेको छ । नेपाली बजारमा स्कर्पियो पिकअप विभिन्न ३ भेरियन्टमा उपलब्ध छन् । स्कर्पियो पिकअप फूलअप्सन गाडी हो । डबल क्याबमा उपलब्ध पिकअप तीन मोडल एस–६ टूह्वील ड्राइभ, एस–६ फोरह्वील ड्राइभ र एस–१० छ । एस–१० मा ह्यान्ड रेस्ट, अटोमेटिक हेड ल्याम्प, क्रुज कन्ट्रोललगायत विशेषता रहेको छ । टियूभी ३०० नेपाली बजारमा परिचीत एसयूभी हो । यो एसयूभीमा ७ सिटिङ्ग क्यापासीटी भएको एक बोल्ड एसयूभी हो । रियर ह्वील ड्राइभ भएकोले यो एसयूभी नेपालका उकालो आरोलोका साथै कच्ची बाटाहरुमा एकदमै राम्रो प्रफर्मेन्स रहेको छ । चालीस लाखमै खरिद गर्न सकिने यो एसयूभीमा अगाडि दुबै साइडमा एयसब्याग, लेदर सिट, रुफ रेल, अलोय ह्वील र आकर्षक इन्टेरियर रहेको छ ।

‘बजाज भविष्यवाणी’, अब कति जितिन्छ, पहिल्यै देखिन्छ

काठमाडौँ । दशैं र तिहार पर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘अब कति जितिन्छ, पहिल्यै देखिन्छ’ भन्ने नारा सहित ‘बजाज भविष्यवाणी’ सार्वजनिक गरेको छ । दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई मोटरसाइकल किन्नु भन्दा अगाडि र किने पछि कति रकम जितिन्छ भनेर पहिल्यै थाहा पाउने अवसर प्रदान गरेको छ । बजाजको भविष्यवाणी क्याम्पेनमा ग्राहकहरुले बजाज मोटरसाइकल किन्नु अगाडि स्क्रयाच कार्ड प्राप्त गर्ने छन् । जसमार्फत उनीहरुले १ लाखसम्मको सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् । साथै बजाज मोटरसाइकलको खरिद पश्चात फेरी अर्को स्क्रयाच कार्ड प्राप्त गर्नेछन्, जसमा १ लाखसम्मको नगद छुट पाउने छन् । यस योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरेर मोटरसाइकल किन्नु अगाडि नै १ लाखसम्मको नगद जित्न सक्छन् । साथै खरिद गरेपछि पनि १ लाखसम्म नगद जित्न सक्छन् ।

नेपाली बजारमा टाटा एच फाइभको बुकिङ्ग खुल्ला

काठमाडौँ । टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा विहीबारदेखि बुकिङ्ग देखि खुल्ला भएको छ । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिका अनुसार भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना खहुने १४औं संस्करणको नाडा अटो शो २०१९ मा टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछ । भारतमा टाटा ह्यारियर पनि भनेर चिनिने टाटा एच फाइभ बुकिङ गर्नका लागि २५ हजार रुपैयाँ जम्मा गराउनु पर्ने हुनेछ । साथै सिप्रदीले ग्राहकहरूलाई टाटा एच फाइभ मन परेन भने १२० प्रतिशत बुकिङ्ग रिफन्ड गर्ने जनाएको छ । क्रियो टेक २.० लिटर टर्बाे डिजेल इन्जिनयुक्त टाटा एचफाइभ भारतीय बजारमा निकै चर्चित छ । एच फाइभमा रहेको इन्जिनले १३८ बीएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको ओमे गाडी एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो ।