जिप कम्पास ट्रायल हक सार्वजनिक, नेपाली बजार मूल्य एक करोड २४ लाख
काठमाडौं । नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिपको ‘ट्रायल रेटेड’ एसयूभी कम्पास ट्रायल हक सार्वजनिक गरेको छ । नयाँ कम्पास ट्रायल हकमा २.० लिटरको मल्टिजेट टर्बोडिजेल इन्जिन प्रयोग गरिएको छ, जसले अधिकतम १७० एचपीपावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । जिपले कम्पास ट्रायल हकमा पहिलो पटक ९ स्पिडको डिजेल अटोमेटिक ट्रान्समिसन भएको इन्जिन प्रयोग गरेको छ । जसले गर्दा यो एसयुभी कठोर भू–बनोटमा पनि गुडन सक्ने क्षमता राख्छ । नेपालमा जिप कम्पास ट्रायल हकको मूल्य एक करोड २४ लाख नब्बे हजार रुपैयाँ कायम गरिएको छ ।
टाटा एच फाइभ एसयूभी सार्वजनिक, शुरुवाती मूल्य रु. ५६ लाख ५५ हजार
काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरेको छ । सिप्रदीले भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भइरहेको नाडा अटो शो २०१९ मा टाटा एचफाइभ सार्वजनिक गरेको हो । भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको मूल्य नेपाली बजारमा शुरुवाती मूल्य ५६,५५०००/– (छपन्न लाख पच्पन्न हजार रुपैंया)तोकिएको छ । नेपाली बजारमा टाटा एचफाइभको बुकिङ्ग केही दिनअघि नै खुला गरिएको हो । बुकिङ्ग खुल्ला भए यता टाटा एच फाइभबारे बुझ्नका लागि सम्भावित खरिदकर्ताहरूबाट इन्क्वायरीहरू आइरहेको साथै सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेको कम्पनीले जनाएको छ । टाटा एच फाइभको डेलिभरी सेप्टेम्बरबाट सुरू हुने र पहिला बुक गर्नेलाई प्राथमिकता दिइने सिप्रदीले जनाएको छ । सो अवसरमा बोल्दै टाटा मोटर्सका प्यासेन्जर भेइकल्स इन्टरनेशनल बिजनेसका प्रमुख सुजन रोयले टाटा एच फाइभले नेपाली एसयूभी बजारमा आमूल परिवर्तन ल्याउने बताए । क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ । एचफाइभमा रहेको इन्जिनले १३८ बिएचपावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एचफाइभ ल्यान्डरोवरको डिएट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो । आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् । नेपाली बजारमा टाटा एच फाइभ सार्वजनिक गरिएको जानकारी दिँदै सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा एच फाइभ सर्वोत्कृष्ट उत्पादन भएको र नेपाली बजारमा लोकप्रिय हुने विश्वास व्यक्त गरे ।
महिन्द्राद्वारा नाडा अटो शोमा एक्सयूभी ३०० सार्वजनिक, मूल्य रु. ३९ लाख ७५ हजारदेखि ४१ हजार २४ हजार
काठमाडौं । महिन्द्रा ग्रुपको नयाँ कम्प्याक्ट एसयूभी, एक्सयूभी ३००( एसयूभी थ्री डबल ओ उच्चारण हुने) मंगलबार नाडा अटो शोमा सार्वजनिक भएको छ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोल डब्लू फोर वर्गका लागि रु ३९,७५,०००/– र डिजेल डब्लू फोर वर्गका लागि रु ४१,२५,०००/– तोकिएको छ । यी सवारीसाधनहरू नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुने जनाइएको छ । यो एक्सयूभी ३००, चित्ताकर्षक(हेड–टर्निङ) र चितुवाबाट प्रेरित डिजाइन, ‘फन टू ड्राइभ’ प्रदर्शन, उत्कृष्ट वर्गको सुरक्षा विशेषता, हाइ–टेक विशेषता वर्गमा पहिलो तथा वर्गीय परिभाषित आन्तरिक सजावट/बनावटले यसलाई रोमान्चक र बहृत् प्याकेजसहितको यो वर्गका सवारीसाधनमा एक मानकका रूपमा स्थापित हुनेछ । यो पेट्रोल र डिजेल इन्जिनका दुवै विकल्पमा उपलब्ध छ । कार्यक्रममा बोल्दै महिन्द्रा एन्ड महिन्द्राका अन्तर्राष्ट्रिय सञ्चालन (दक्षिण एसिया) विभागका उपाध्यक्ष सञ्जय जाधवले “एक्ययूभी ३०० बजार प्रवेश गराउनका र यो नेपाली जनतामाझ प्रस्तुत गर्नका लागि नाडा अटो शो सही अवसर भएको बताए । बजार प्रवेश समारोहमा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले झन्डै तीन दशकदेखि महिन्द्रासँग आवद्ध हुन पाउँदा अग्नि मोटर्स गौरवान्वित भएको बताउँदै एक्सयूभी ३०० नेपालमा सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए । एक्सयूभी ३०० तीन प्रकार डब्लु ४, डब्लु ६, डब्लु ८ मा उपलब्ध छ भने डब्लु ८ अफ्सनल प्याकमा पनि । यो एसयूभी ६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भर मा उपलब्ध छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ । यसै सालको फेबु्रवरीमा नेपालमा भएको महेन्द्र उदय मेलामा एक्सयूभी ३०० प्रस्तुत गरिएको थियो, जसलाई ग्राहकहरुले रुचाएको कम्पनीले जनाएको छ ।