बजाजको ‘इन्ट्रासीटी दिमाग डामाडोल’ योजना
काठमाडौँ । बजाज थ्री ह्वीलर्सको आधिकारिक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रालिले दशैँ, तिहार र छठको बिशेष योजना ‘बजाज इन्ट्रासीटी दिमाग डामाडोल’ नामक क्याम्पेन सार्वजनिक गरेको छ । यो योजनाको ट्यागलाइन ‘उपहार र फाइदाको यस्तो तोलमोल, हुन्छ दिमाग डामाडोल’ रहेको छ । बजाज आरइका ग्राहकहरुले अधिक फाइदाहरुका साथै फ्रिमा सामसङ्गको ३२ इन्च टेलिभिजन प्राप्त गर्ने सक्ने सन्देश दिइएको छ । यस स्किम मार्फत म्याक्सीमा सी र बजाज आरईका ग्राहकहरुले कुनै पनि खरिदमा फ्रिमा ३२ इन्च सामसङ्ग टिभी पाउनुका साथै ४० हजार किमीसम्म अथवा २ वर्ष सम्मको वारेन्टी, निःशुल्क २ लिटरको सर्भो लुबरिकेन्ट र एक वर्षका लागि फ्रि एएमसी पाउने छन् । साथै बजाज आरईको खरिदमा ग्राहकहरुले २० लाखको जीवन बीमा र ५ लाखको स्वास्थ्य बीमा पाउने छन् ।
नाडा अटो शोमा टाटाका गाडी किन्दा यस्ता छन् अफर
काठमाडौँ । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४औं संस्करणको नाडा अटो शो २०१९ मा टाटा मोटर्सका गाडीहरू खरिद गर्ने ग्राहकहरूका लागि विशेष र अविश्वसनीय अफरहरू ल्याएको छ । सिप्रदीका अनुसार नाडा अटो शोमाटाटा एच फाइभ, टाटा एनआरजी, टाटाटिगोर, टाटाटियागो र टाटा नेक्सन बिक्रीमा राखिदैँ छन् । नाडा अटो शोमार्फत् टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछ । सिप्रदीले ल्याएको योजनाअनुरूप नाडा अटो शोमा राखिएका टाटाका जुनसुकै गाडी किन्ने ग्राहकहरूले प्रत्येक गाडीको खरिदमा विदेश भ्रमण, नगद छुट र स्योर सट पुरस्कार जित्नेछन्तथा लक्की ड्रमा समेत सहभागी हुन पाउनेछन् । नाडा अटो शोमा टाटाका जुनसुकै गाडीहरु बुकिङ गर्ने प्रत्येक ग्राहकले विदेश भ्रमणमा एक जोडीका लागि दुबई भ्रमणका साथमा बुर्ज अल अरबमा डिनर तथा वाटर प्लेन फ्लाईटको मजा लिन पाउनेछन् अथवा एक वर्ष बराबरको सडक कर छुटका साथमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् । त्यस्तै स्योर सट पुरस्कारअन्तर्गत टाटाका गाडीहरू बुकिङ गर्ने प्रत्येक ग्राहकहरूले बुकिङ गरेपछि तथा नाडा अटो शोमा गाडीहरू डेलिभरी गर्ने बेलामा आईफोन एक्सआर फोन प्राप्त गर्न सक्नेछन् । त्यस्तै नाडा अटो शोमा टाटका गाडीहरू बुकिङ गर्ने ग्राहकहरूमध्ये लक्की ड्र मार्फत् एकजनाले ५५ ईन्चको स्काइ वर्थ स्मार्ट टेलिभिजन जित्नेछन् ।
बाल्ट्राको डिलर मिट टूगेदर अहेड सम्पन्न
काठमाडौँ । बाल्ट्रा होम एप्लाइन्सेस्ले काठमाडौंको याक एण्ड यति होटलमा आफ्नो डिलर मिट सम्पन्न गरेको छ । डिलर मिटमा २५० भन्दा बढी काठमाडौंका डिलर तथा डिस्ट्रिब्यूटरहरुको उपस्थिति रहेको थियो । बाल्ट्राले आफ्नो डिलरहरुको निरन्तर साथ रसमर्थनको प्रशंसामा उक्त टूगेदर अहेड नामक इभेन्ट आयोजना गरेको थियो । उक्त इभेन्टको अवसर पारेर बाल्ट्राले आफ्नो बिग एप्लाईन्सेस्का नयाँ रेञ्जहरु लन्च गरेको थियो ।