नेपालगञ्ज-लखनऊ मैत्री बस सञ्चालन हुँदै

राँझा । भारतीय शहर लखनऊसम्म अब नेपालगञ्जबाट नेपाल-भारत मैत्री बस सञ्चालन हुने भएको छ । सरकारबाट अनुमति पाएको नेपालगञ्जस्थित भेरी यातायात प्रालिले भारतको उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौताअनुसार भदौ २२ गतेदेखि नेपालगञ्ज–लखनऊ नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्न लागेको हो । प्रालिका अध्यक्ष राजेन्द्र गिरीका अनुसार प्रत्येक दिन उत्तरप्रदेश परिवहन निगम र भेरी यातायात प्रालिको एक–एक बस नेपालगञ्जबाट लखनऊ र लखनऊबाट नेपालगञ्जका लागि सञ्चालन हुनेछन् । भेरी यातायातले भारतको लखनऊ, नयाँदिल्ली र हरिद्वारका लागि मैत्री बस सेवा सञ्चालन गर्न सरकारबाट अनुमति प्राप्त गरेको छ । सोही आधारमा पुसदेखि वैधानिकरूपमा नेपालगञ्ज–दिल्ली मैत्री बस सेवा सञ्चालन गर्दै आएकोे भेरी यातायातले अब उत्तर प्रदेशको राजधानी लखनऊका लागि नेपालगञ्जबाट सीधा बस सेवा सञ्चालन गर्न लागेको हो । बिरामी तथा किनमेल गर्न जानेहरुको सुविधालाई ध्यानमा राखी बस सेवा सञ्चालन गर्न लागेको अध्यक्ष गिरीले बताउनुभयो । अहिले सीमावर्ती भारतीय बजार रुपैडिहाबाट ट्याक्सी तथा बस चढेर लखनऊ जानु पर्ने बाध्यता छ । लखनऊबाट फर्किँदा रुपैडिहासम्म यातायातका साधन सहजरूपमा नपाउने र रुपैडिहाबाट फेरि अर्को सवारीसाधन चढेर नेपालगञ्ज आउनुपर्ने बाध्यता छ । “सीधा बस सेवा सञ्चालन भएपछि यो बाध्यता हटछ”, होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले भने । बस सेवाले नेपाल घुम्न आउने भारतीय पर्यटकलाई समेत सहज हुनेछ ।

अशोक लेलैण्डका गाडी किन्दा सप्तकोशीबाट ७० प्रतिशत कर्जा पाइने

काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (विराटनगर प्रधान कार्यालय रहेको) बीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नभिन सुवेदीर आईएमईमोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०% सम्मको कर्जा सुविधा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (विराटनगर प्रधान कार्यालय रहेको)बाट पाउने जनाइएको छ ।

यामाहा महा-एक्सेञ्ज मेला शुरु, १ लाखसम्म नगद छुट

काठमाडौँ । शनिबारदेखि यामाहा महा–एक्सेञ्ज मेला शुरु भएको छ । यो एक्सेञ्ज मेलाको उद्घाटन हिमाँसु सान् र यामाहा मिस नेपाल अनुष्का श्रेष्ठले संयुक्त रुपमा गरेकी हुन् । मोरङ अटो वक्र्सले रणनीतिक रुपमा यसलाई फेरि दोहोर्याएको छ । यामाहाको नयाँ मोडलहरुमा अधिक मात्रामा आकर्षण देखिएको छ । मोरङ अटो वक्र्सले हालैमात्र यामाहा एफजेड भि३ र एमटि १५लाई प्रस्तुत गरेको छ । यी दुवै बाइकहरुमा परिष्कृत एबिएस र यामाहाको आफ्नै प्रमाणित प्रविधि एफआई रहेका छन् । यो एक्सेञ्ज उत्सवको आकर्षण नै ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकलतथा स्कूटर दिएर बजार मुल्याङ्कनको सबैभन्दाउच्च रु.२०,०००/- अतिरिक्त ग्यारेन्टी मुल्यका साथनयाँ ब्राण्डको यामाहामाआफ्नो स्तरोन्नति गर्न पाउनु हो । ६ दिनसम्म चल्ने महा–एक्सचेञ्ज मेला भदौ १४ देखि १९ गतेसम्म राष्ट्रिय सभा गृहभवन काठमाडौंमा आयोजना हुँदैछ, जहाँ ग्राहकहरुलाई आश्चर्य चकितबनाउने कारोबार उपलब्ध हुनेछ । रु.१,००,०००/-सम्मको नगद छुट, सामग्रीहरु सित्तैंमा, स्थलगत फाइनान्स सुविधा र टेष्ट राइडमा आकर्षक उपहारहरु रहेका छन् । महा–एक्सेञ्ज मेलामा सेलिब्रेटी वाक–इन्, लाइसेन्स ट्रायल सित्तैंमा, टेष्ट राइड, हाँक्ने प्रतिस्पर्धाहरु, डोर प्राइज र फूड स्टलहरु पनिविशेष आकर्षण रहेका छन् । एक्सेञ्ज कारोबारका अलावा महा–एक्सेञ्ज मेलामाआउनु हुने ग्राहकहरुले सबै ब्राण्डका मोटरसाइकलहरुका लागि अन्य निःशुल्क सुविधाहरु जस्तैः सित्तैंमा बाइक धुने, निःशुल्क परीक्षण क्याम्प सेवापनि प्राप्त गर्नु हुनेछ । अब नयाँ बाइक र दशैंअफरको साथमा यो एक्सेञ्जले बाइकका शौखिनहरुलाई प्रमाणित यामाहा प्रविधिको उत्कृष्ट मोडलमा आफ्नो स्तरोन्नति गर्न एक मञ्च प्रदान गरेको जनाएको छ ।