टीभीएसको जुपिटर ग्रान्दे अब ब्लूतूथ कनेक्टिभिटीका साथ बजारमा
काठमाडौं । इन्डियन मोटरसाइकल कम्पनी टीभीएसले ब्लूतूथ कनेक्टिभिटी फिचरका साथ जुपिटर स्कुटरको ‘ग्रान्दे’ भेरियन्ट आज बिहिवार भारतमा सार्वजनिक गरेको छ । भारतीय बजारमा ५९,९०० मूल्य तोकिएको नयाँ ग्रान्दे एडिशन प्रिभियस जेनेरेशन जुपिटर ग्रान्देभन्दा २५२ भारतीय रुपैयाँले मात्र महँगो रहेको छ । टीभीएसले नयाँ जुपिटर ग्रान्देमा ब्लूटूथ कनेक्टिभिटी सहितको इन्स्ट्रुमेन्ट कन्सोल दिएको छ । एनटर्क १२५ मा पनि भएको यस फिचरलाई कम्पनीले ‘स्मार्टकनेक्ट’ नाम दिएको छ र यससँगै यो फिचर सेग्मेन्टकै पहिलो पनि बनेको छ । तर, ग्रान्दे एडिशनमा एनटर्क १२५ मा भएजस्तो फुल–डिजिटल नभएर सेमि–डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल चाहिँ समावेश गरिएको छ । टीभीएसको आधिकारिक स्मार्टफोन एप्लिकेशन मार्फत् आफ्नो फोनलाई स्कूटरमा पेयर गराएपछि यो कन्सोलले टेक्स्ट र कल नोटिफिकेशन जस्तो कुराहरु पनि डिस्प्ले गर्दछ । त्यसैगरी यो कन्सोलले स्पिड अलर्ट, हेल्मेट अलर्ट, साइड स्ट्याण्ड इण्डिकेटरजस्ता कुराहरु पनि डिस्प्ले गर्दछ । कस्मेटिक चेञ्जका रुपमा जुपिटर ग्रान्देमा नयाँ टेक ब्लू कलर, फ्रन्ट फेण्डरमा क्रोमको फिनिसि¨ र नयाँ किसिमका अलोए व्हिल्सहरु दिइएका छन् । स्कुटरमा सीबीएस युनिट सहित अगाडिको चक्कामा फ्रन्ट डिस्क ब्रेक र त्यसैगरी पछाडि भने ड्रम ब्रेक दिइएको छ । यो स्कुटरमा १०९.७ सीसीको सिङ्गल–सिलिण्डर एयर–कुल्ड इञ्जिन जडान गरिएको छ जसले ७.९९ पीएसको पावर र ८.४ एनएमको टर्क प्रोड्यूस गर्दछ ।
पियाजियो एपे सिटी डिलक्स नेपालमा सार्वजनिक
काठमाडौँ । एमभी दुगड ग्रुप नेपालले वीरगञ्जमा पियाजियो थ्री ह्वीलर्सको नयाँ मोडल पियाजियो एपे सिटी डिलक्सकोे उद्घाटन गरेको छ । उक्त नयाँ एपे सिटी डिलक्सका विशेषताहरुमा नयाँ ईन्जिन, पहिले भन्दाअधिक्तम बढी माइलेज, राम्रो ग्रेडिबिलिटि,आरामदायी साथै स्पेसियस यसकोआकर्षक लुक्स हुन् । उक्त कार्यक्रम पियाजियो भेइकल्स इण्डियाका उपाध्यक्षद्वय शूधान्सु अगर्वाल, एक्सर्पोट मेनेजर दीपककुमार, पियाजियोका हेड अफअपरेशन विजय महतो र दुगड ब्रदर्स एण्ड सन्सका जनरल मेनेजर वेदप्रकाश शर्माको बिशेष उपस्थितिमा सम्पन्न भएको थियो । सोहि दिनमा आफ्ना १०० भन्दा बढी ग्राहकहरुलाई पियाजियो एपे सिटी डिलक्सको सफल डेलिभरी समेत गरिएको एभभी दुडग ग्रुपका पीआर हेड बिमला थापाले बताइन् ।
टाटा एच फाइभ एसयूभीको विराटनगरमा सार्वजनिक, मूल्य ५६ लाख ५५ हजार
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले प्रिमियम एसयूभी टाटा एच फाइभ गोएल मोटर्स प्रा.लि. मार्फत विराटनगरमा सार्वजनिक गरेको छ । भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको मूल्य नेपाली बजारमा शुरुवाती मुल्य ५६ लाख ५५ हजार रुपैंया तोकिएको छ । नेपाली बजारमा टाटा एच फाइभको बुकिङ्ग केही दिनअघि खुला गरिएको हो बुकिङ्ग खुल्ला भए यता टाटा एच फाइभबारे बुझ्नका लागि सम्भावित खरिदकर्ताहरूबाट इन्क्वायरीहरू आइरहेको साथै सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेका छन्। । सिप्रदीको टाटा एच फाइभले नेपाली एसयूभी बजारमा आमूल परिवर्तन ल्याउने र नेपाली एसयूभीपारखीहरूले आकर्षक बनावट तथा खराब बाटोहरूमा पनि उच्च प्रदर्शन तथा राम्रो कन्ट्रोल गर्न सक्ने टाटा एच फाइभलाई मनपराउने विश्वास व्यक्त गरिएको छ । क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ। एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो । आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् । जान्नुहोस् टाटा मोटर्सका बारेमा ४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा मोटर्स लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो । ४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा ग्रुपको एक हिस्सा टाटा मोटर्स भारतकै र बृहत रेन्जमा इन्टिग्रेटेड, स्मार्ट तथा इमोबिलिटी सलुसनहरू प्रदान गर्ने एकमात्र ओइएम हो । बेलायतमा रहेको ज्यागुअर ल्यान्डरोभर तथा दक्षिण कोरियास्थित टाटा डेइवुसहित १०९ वटा सशक्त सहायक कम्पनीहरूको विश्वव्यापी संजालमार्फत टाटा मोटर्स बेलायत, दक्षिण कोरीया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसिया टाटा मोटर्स सञ्चालनमा छ । इन्जिनियरिङ तथा प्रविधिद्वारा संचालित अटोमेटिभ सलुसनहरू गर्नमा केन्द्रित टाटा मोटर्स भारतीय बजारमा कर्मर्सीयल गाडीको बिक्रेताका रुपमा अग्रस्थानमा छ भने प्यासेन्जर गाडीको अत्यधिक ब्रिकी गर्न सफल उत्कृष्ट चार कम्पनीहरूमा पर्दछ । जेननेक्स्ट कस्टमरहरूको अवधारणामा आधारित रही टाटा मोर्टसले सर्वोत्कृष्ट डिजाइन र भारत, बेलायत, ईटली तथा दक्षिण कोरियामा रहेका आर एण्ड डी सेन्टरहरूबाट अभिप्रेरित भई नयाँ नयाँ उत्कृष्ट उत्पादनहरू ल्याउने चाहना टाटा मोर्टसले लिएको छ । अन्तर्राष्ट्रिय स्तरमा टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, दक्षिण अमेरिका लगायत विश्वका विभिन्न देशहरुमा बिक्रीवितरण गरिन्छ ।