हेलिकप्टर जसरी उड्यो मोटरसाइकल, मूल्य ६ कराेड भन्दा बढी (भिडियोसहित)

काठमाडौं । त्यो समयको कल्पना गर्नुहोस् जब तपाईं एउटा बटनको सहारामा आफ्नो मोटरसाइकललाई हावामा उडाउँदै गन्तव्य सम्म पुग्नुहुन्छ । सडक जाममा परिएको वेला त यस्तो कल्पना झन् कसलाई पो नआउला र ! तर वास्तविक रुपमै त्यस्तो कल्पनालाई साकार तुल्याएको छ फ्रान्सको एउटा कस्टम अटोमोवाइल कम्पनीले, जसको नाम हो ‘ल्याजरेथ’ । यहि कम्पनीले निर्माण गरेको एउटा मोटरसाइकल अन्य मोटरसाइकल सरह गुड्न त सक्छ नै साथै हेलिकप्टर जसरी आकासमा उड्न पनि सक्छ । एलएमभि ४९६ नाम दिइएको यस मोटरसाइकलाई कम्पनीले केहि महिना अघि सफलतापूर्वक परिक्षण पनि गरेको थियो । यस्ता छन् विशेषता यस मोटरसाइकलमा चार वटा चक्काहरु रहेका छन् भने मसेराती कारको ५२०० सीसी भि८ इञ्जिन समावेश गरिएको छ । मसेराती आफ्नो अल्ट्रा लक्जरियसका साथै रफ्तार कारहरुका लागि प्रख्यात मानिन्छ । ल्याजरेथ एलएमभि ४९६ को सवै टायरहरुको बिचमा ९६००० आरपीएमको जेट टर्वाइन जडान गरिएको छ । यस मोटरसाइकलको सवैभन्दा राम्रो पक्ष भनेको यो राइड मोडबाट फ्लाइ मोडमा प्रवेश गर्न केवल ६० सेकेण्डको मात्र समय लाग्छ । कम्पनीले यसको परिक्षणको समयमा यसलाई एक मिटरको उचाइसम्म उडाएर देखाएको थियो । यस मोटरसाइकलको तौल जम्मा १४० के.जी मात्र रहेको छ भने फ्लाइट मोडमा चाहिँ यसले १२० के.जी सम्मको तौल लिएर उड्न सक्ने कम्पनीकाे  दावी छ । पोलिष्टर र कार्वन फाइवरको चेसिसमा निर्माण भएको हुनाले पनि यस मोटरसाइकलको तौल तुलनात्मक रुपमा कम रहेको हो । यसरी उड्छ मोटरसाइकल यस मोटरसाइकलमा जडित हाइड्रोलिक एक्यूएटर्सले चारओटा व्हिल्सलाई माथितर्फ मोडिदिन्छ । त्यसपछि सम्पूर्ण चक्काहरुमा भएको टर्बाइन चालु भएर मोटरसाइकललाई माथितर्फ धकेलिदिन्छ र यो उड्न थाल्छ । चेसिसको बिच भागमा समावेश गरिएका थप दुई जेटले मोटरसाइकललाई माथि उड्न थप वल प्रदान गर्छ जसका कारण यसले बढि वजन लिएर पनि उड्न सक्छ । कति पर्छ मूल्य ? कम्पनीले ल्याजरेथ एलएमभि ४९६ को मूल्य ५ लाख ६० हजार अमेरिकन डलर तोकेको छ, नेपाली रूपैयाँमा परिवर्तन गर्दा यसकाे मूल्य ६ कराेड रूपैयाँ भन्दा बढी पर्छ ।    

भक्स्वागन विन्टर अफर: आकर्षक नगद छुटदेखि १ वर्ष नि:शुल्क बीमा सम्म

काठमाडौं। भक्स्वागन नेपालको लागि अधिकारिक विक्रेता रहेको पूजा ईन्टरनेसनलले ‘ भक्स्वागन विन्टर अफर’ ल्याएको छ। जाडो र नयाँ वर्षको आगमनसँगै पूजा ईन्टरनेसलले ‘भक्स्वागन विन्टर अफर’ को ल्याएको हो। यो अफर डिसेम्बर २५ देखी जनवरी १५ सम्म रहने कम्पनीले जनाएको छ। यो अफर अन्तर्गत ग्राहकहरूले जर्मन टेक्नोलोजीको एक साँचो मास्टरपिसको स्वामित्व पाउनुको साथै आकर्षक नगद छुट, एक वर्ष नि: शुल्क बीमा, सजिलो वित्त र एक्सचेन्ज सुविधा, विदेश यात्रा, आगामी वर्षको सडक कर निशुल्क नेपालभरको भोल्क्स्वागनको सोरुमबाट २ वर्षको लागि असीमित किलोमिटर वारेन्टी रहेको छ। भक्स्वागनका कारहरू यसको उच्च गुणस्तर र यसको स्टाईल (निर्माण गुणवत्ता, सुरक्षा मानक, प्रदर्शन, आराम र शक्ति) को लागि परिचित छ। भक्स्वागनकाे विभिन्न आकारका कम्प्याक्ट, सानो र मध्यम आकारको यात्री कारहरू रहेका छन्।

रोयल इन्फिल्डका मोटरसाइकल सानो साइजमा आउँदै, हाेचा पुरूष र महिलाकाे चाहाना पूर्ति हुने

काठमाडौं । सामान्यतया रोयल इन्फिल्डको मोटरसाइकल भन्नासाथ झट्ट दिमागमा ठूला तथा वजनदार मोटरसाइकल नै आउने गर्दछन् । हो पनि, रोयल इन्फिल्डले हालसम्म आफ्ना जति पनि उत्पादन बजारमा ल्यायो ती सबै ३५० सीसी भन्दा माथिका मात्रै छन् । यत्तिका सीसीको मोटरसाइकललाई नेपालमा ठूलो मोटरसाइकलको संज्ञा दिइन्छ र यस्ता मोटरसाइकलहरु अलि हट्टाकट्टा युवाहरुका लागि मात्र उपयुक्त हुने गर्दछ । तर अब भने कम्पिटेटिभ मार्केटलाई मध्यनजर गर्दै रोयल इन्फिल्डले कम उमेरका युवाका साथै महिलाहरु प्रति पनि लक्षित गर्दै नयाँ सेग्मेन्टलाई बजारमा ल्याउने भएको छ । कम्पनीका अनुसार सो मोटरसाइकल थोरै वजन, कम सिट हाइट र कम पावर भएको हुनेछ जसले गर्दा साना जीउज्यान हुनेहरुले पनि सहजै चलाउन सक्नेछन् । हाल रोयल इन्फिल्डका कुल ग्राहकमध्ये मात्र ७ प्रतिशत महिला ग्राहक रहेका छन् । यो तथ्याङ्कले आजका दिनसम्म महिलाहरु रोयल इन्फिल्डतर्फ आकर्षित हुन नसकेको प्रष्टसँग दर्शाउँछ । रोयल इन्फिल्डले यी नयाँ मोटरसाइकलहरुलाई सन् २०२० को मध्यसम्ममा सार्वजनिक गर्ने अनुमान भारतीय मिडियाहरुले गरेका छन् । त्यसैगरी यी मोटर साइकलको मूल्य भारतीय बजारमा एक लाख १० हजार रुपैयाँदेखि लिएर एक लाख २० हजार रुपैयाँको हाराहारी पर्ने पनि आँकलन गरिएको छ । हाल रोयल इन्फिल्डले ३५० सीसी, ५०० सीसी र ६५० सीसीका मोटरसाइकलहरु उत्पादन गर्दै आइरहेको छ भने ती मध्ये क्लासिक ३५० लाई यस ब्राण्डको बेस्ट सेलिङ्ग मोडेल भनेर चिनिन्छ । रोयल इन्फिल्ड चेन्नई स्थित भारतीय मोटरसाइकल उत्पादक कम्पनी हो र यसको स्थापना सन् १९५५ सालमा इन्फिल्ड इण्डियाको नामबाट भएको थियो । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोवाइल्स प्रा.लि. रहेको छ भने कम्पनीले यस ब्राण्डका बुलेट ३५०, बुलेट इलेक्ट्रा ३५०, क्लासिक ३५०, थन्डरबर्ड ३५० एक्स र हिमालयन गरी ५ अलग मोडेलहरु हाल नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।