टिभिएस अपाचेद्धारा पिपिएलका खेलाडी पुरष्कृत, तीन जनाले पाए नयाँ बाइक
कास्की । टिभिएस अपाचेले पिपिएल प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पुरष्कृत गरेको छ । प्रतियोगिताको मूख्य प्रायोजक रहेको टिभिएस अपाचेले टिभिएस अपाचे बाइकद्वारा पुरस्कृत गर्ने घोषणा गरे बमोजिम प्रतियोगितामा उत्कृष्ट साबित भएका ३ जना क्रिकेट खेलाडीहरुलाई पुरष्कृत गरेको हो । जस अनुसार प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ‘आरटीआर २०० ४भी’, म्यान अफ दी सिरिज रोहन मुस्तफाले ‘अपाचे१६० ४भी’ र उत्कृष्ट बलर करण के.सी.ले ‘अपाचे१६० २भी’ बाइक पाएका छन् । कम्पनीका उपाध्यक्ष दीपक अग्रवालको उपस्थितिबीच पुरस्कारका बाइकहरु सम्बद्ध खेलाडीलाई प्रदान गरिएको थियो । नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरु मध्येको एक प्रतियोगिता पिपिएल सम्पन्न भएको छ । नेपालभित्र खेलाइने यस प्रकारका प्रतियोगिताहरुलाई प्रवद्र्धन गर्ने उद्देश्य जगदम्बा मोटर्स प्रा.लि.ले लिँदै आएको छ । सोही उद्देश्य अनुरुपक्वीन्स इभेन्टको आयोजना रहेको पिपिएलमापनि टिभिएस अपाचेको साथ जगदम्बा मोटर्स प्रा.लि. जोडिएको थियो । जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक अग्रवालले भने, “वास्तवमा खेलाडीहरु आफ्नो उत्कृष्ट प्रदर्शनीबाट नै अन्यमाझ चिनिने गर्दछन्, त्यस्तै टिभिएस अपाचे पनि आफ्नो विश्वविख्यात प्रविधिको कारण अरुहरु माझ परिचित रहँदै आएको छ । पिपिएलका उत्कृष्ट खेलाडीहरुलाई तथा विजेता टिमलाई बधाई दिंदै आगामी दिनमा पनि यस्तै सफलताको कामना गर्दछु ।” पोखरामा सम्पन्न पिपिएल प्रतियोगिताको दोस्रो संस्करणमा टिभिएस अपाचे बाइक पावर्डतर्फको प्रायोजक रहेको थियो ।
इलेक्ट्रिक स्कूटरको प्रतिष्पर्धामा महिन्द्रा पनि आउने
काठमाडाैं । महिन्द्रा टू-व्हिलर्सले चाँडै नै इलेक्ट्रिक स्कुटरको उत्पादन सुरु गर्ने भएको छ । हालसालै मात्र महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्राले टू-व्हिलरतर्फ हात हाल्नु ठूलो भूल भएको बताएका थिए । तर यसका बावजुद पनि कम्पनीले आजको प्रतिष्पर्धी बजारमा इलेक्ट्रिक स्कुटर ल्याउन लागेको हो । महिन्द्राले उत्पादन सुरु गर्न लागेको सो स्कुटर उक्त ब्राण्डकै चर्चित स्कुटर ‘गस्टो’ मा आधारित हुनेछ । मूल्यका वारेमा अहिले केहि नबताइएको भएतापनि कम्पनीले सो स्कुटर अबको ६ महिना भित्रमा बजारमा ल्याइसक्ने खुलासा गरेको छ । भारतीय मिडियाहरुले चाहिँ लञ्च पश्चात् सो स्कुटरको मूल्य भारतीय बजारमा ८० हजार रुपैयाँ तोकिन सक्ने अनुमान गरेका छन् । महिन्द्राले आफ्नो इलेक्ट्रिक स्कुटरमा ३ किलोवाटको मोटर समावेश गर्नेछ भने सो स्कुटरले ५५ देखि ६० केएमपीएचको टपस्पीड प्रदान गर्नेछ । सो स्कुटरले फुल चार्जमा ८० किलोमिटरको रेञ्ज प्रदान गर्नेछ भनी आँकलन पनि गरिएको छ । त्यसैगरी कम्पनीले उक्त मोडेलमा एलईडी लाइटिङ्ग सिस्टम, फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, राइडर मोड्स र ब्लुटुथ कनेक्टिभिटी लगायतका विशेषताहरु पनि समावेश गर्नेछ भन्ने अनुमान विभिन्न भारतीय मिडियाहरुले गरेका छन् ।
करण चौधरी बने नाडाको उपाध्यक्ष, कार्यभार सम्हाल्नेमा हालसम्मकै कान्छा
काठमाडौं । सीजी मोटोकर्प तथा सीजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरी नेपाल अटोमोबाइल डिलर एसोसिएसन(नाडा)को उपाध्यक्षमा चुनिएका छन् । उनी नाडाको सवारी कमिटिका सभापतिमा समेत मनोनित भएका छन् । नाडामा कार्यभार सम्हाल्नेमा उनी हालसम्मकै कान्छा उपाध्यक्ष हुन् । उपाध्यक्षमा चयन भएसँगै चौधरीले भने- ‘अटोमोबाइल व्यवसाय संकटग्रस्त रहेको अवस्थामा पाएको नयाँ जिम्मेबारी चुनौतीपूर्ण छ तर यसलाई म सहर्ष स्वीकार्छु । अटोमोबाइल व्यवसायले गुमाएको गौरवलाई फर्काउन म सम्बन्धित सबै पक्ष र निकायसँग सहकार्य गर्नेछु । ’ नाडामा उनीसहित सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल दुई वर्षको हुनेछ । हालै नाडाको अध्यक्षमा निर्वाचित कुष्ण प्रसाद दुलालको कार्यसमितिमा मुलुकको आर्थिक वृद्धिमा अटोमोबाइल व्यवसायलाई साझेदारका रुपमा स्थापित गर्न प्रतिबद्ध नयाँ पुस्ताका अटोमोबाइल उद्यमीहरुको बाहुल्यता छ ।